Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

जनताको काम हुँदै नभएको होइन, विषयगत काममा केही समस्या मात्रै हो-भुषाल

पुष्पा भुषाल

प्रतिपक्षलाई अहिलेको सरकार पपुलर होला कि भन्ने चिन्ता छ । त्यसैले सदन चल्न दिएको छैन । दुई-दुई पटक संसदको हत्या गरेको एमालेले सदन र सरकार चलेको हेर्नै चाहेको छैन । यी सबै घटनाक्रमले के पुष्टि गर्छ भने एमाले सत्ता छोड्नु परेको पीडाले छटपटाइरहेको छ ।

मन्त्रिपरिषद् विस्तारको विषयमा दलहरूबीच गृहकार्य भइरहेको छ । सरकार विस्तारमा बिलम्ब भएको सत्य हो । कार्यदल स्तरमा दलहरूबीच छलपल चलिरहेको छ ।

मेरो विचारमा मन्त्रालयको भागबण्डामा दलहरूबीच सहमति हुने वित्तिकै निकास पाउँछ । निकास दिने विषयमा मन्त्रालयमा मन्त्रीहरू गएपछि काम भइहाल्छ । मन्त्रालयबाट विषयगतरुपमा हुने काममा केही समस्या भएको छ । यसलाई दलका नेताहरूले अब छिट्टै सल्टाउनुपर्छ । यसो भन्दैमा जनताको काम हुँदै नभएको भने सत्य होइन । मन्त्रिपरिषद्ले पूर्णता पाएको भए अलग अलग विषयमा काम छिटो र छरितो तबरले हुन सक्थ्यो । सरकारले पूर्णता पाउनका लागि अहिले संसदमा बहुमत पनि पुगेको छ । मेरो विचारमा छिट्टै दलहरूबीच सहमति भएर निकास निस्केला ।

अर्ली इलेक्सन समस्या समाधानको अर्को विकल्प भएतापनि त्यता जान संविधानले हामीलाई रोकेको छ । संवैधानिक सर्वोच्चताका लागि हामीले यत्रो लडाईँ लडेका छौं । संविधान र कानून प्रतिकुल हुनेगरी अगाडि बढ्नु उचित हुँदैन । हामी संविधान र कानूनको प्रावधान हेरेर उचित निर्णय लिन्छौं ।

अहिले यसमा संविधानले नबोलेको कुरामा निर्णय लिनु उचित हुँदैन । संविधानलाई कार्यान्वयन गर्नु अहिलेको सत्ता गठबन्धनको दायित्व हो । सत्ता गठबन्धनमा नेताहरू को कता फर्केका छन् भन्दा पनि गठबन्धन दलको मिसन एउटै  हो । यसलाई भागबण्डामा दलहरूबीच कुरा नमिलेको भन्न मिल्दैन ।

केही कानूनी कठिनाइले सरकार विस्तारमा ढिला भएको हो । मन्त्रालयको विषयमा सबै मन्त्रालयको आ-आफ्नो विशेषता रहेको छ । कामै नलाग्ने मन्त्रालय किन राखिन्थ्यो र ? कुनै मन्त्रालयको बढि चाप होला, कुनैको कम होला । सबै मन्त्रालयको महत्व उत्तिकै छ । दलहरूबीच मन्त्रालयमा कुरा नमिलेर मात्र मन्त्रिपरिषद् विस्तारमा ढिला भएको भन्न मिल्दैन ।

अहिलेको सरकार विशेष परिस्थितिमा गठन भएकाले संविधान कार्यान्वय गर्नु सबैको दायित्व रहेको छ । चुनावको पूर्वसन्ध्यामा गठन हुन लागेको सरकार भएकाले यो सरकारलाई चुनौति छ र अवसर पनि । यो अवसरलाई गठबन्धन दलहरूले व्यवस्थापन गरेर लैजानुपर्छ । गठबन्धन सरकार गठन गर्न मात्र बनाएको होइन, यसले राजनीतिक, संवैधानिक र कानूनी दायित्व पनि निर्वाह गर्नुछ । सामूहिक उदेश्यका लागि अहिलेको सरकार गठन भएकाले सबैलाई मिलाएर जानुपर्छ ।

अर्ली इलेक्सनमा जाने कुरा संविधान अनुसार जाने हो । संविधान र कानून मिचेर सरकार अगाडि बढ्न सक्दैन । अहिलेको सरकारले संसदबाट पास भएको बजेट कार्यान्वयन गर्नुपर्नेछ, अवरुद्ध संसदलाई खुलाएर जनताका एजेण्डा स्थापित गर्नुछ । यी सबै जिम्मेवारीबाट सरकार भाग्ने कुरा हुँदैन । प्रतिपक्ष दलले अहिलेको सरकार जनादेशको सरकार होइन भनेर जुन आरोप लगाएको छ, त्यो सरासर गलत छ । जो संविधान र कानून मिच्ने उसले नै यस्ता आरोप लगाउन मिल्दैन । समस्यामा परेका जनताको आवाज उठाउने संसदलाई चल्न निदिने, अदालतमा विचाराधिन विषयलाई राजनीतिक एजेण्डा बनाउने, विभिन्न बहानाबाजी गरेर संसदलाई अवरुद्ध गर्ने कुरा एमालेको गैह्रराजनीतिक चरित्र हो ।

प्रतिपक्षलाई अहिलेको सरकार पपुलर होला कि भन्ने चिन्ता छ । त्यसैले सदन चल्न दिएको छैन । दुई-दुई पटक संसदको हत्या गरेको एमालेले सदन र सरकार चलेको हेर्नै चाहेको छैन । यी सबै घटनाक्रमले के पुष्टि गर्छ भने एमाले सत्ता छोड्नु परेको पीडाले छटपटाइरहेको छ ।

(भुषाल नेपाली काँग्रेसकी नेतृ हुन्)

Khabardabali Desk

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काभ्रेपलाञ्चोककी श्रद्धा: मेडिकल अध्ययनदेखि मिस्टर एण्ड मिस नेशनलसम्म

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका, रिठ्ठेमा जन्मिएकी श्रद्धा अधिकारी ‘मिस्टर एण्ड मिस नेशनल २०२४’ मा प्रतियोगी नम्बर २३ हुन् । गत...

दुर्गा प्रसाईमाथि कुटपिट

बागलुङ । बागलुङमा व्यवसायी दुर्गा प्रसाईंमाथि हातपात भएको छ ।  बागलुङमा आयोजित सभालाई सम्बोधन गर्न पुगेका उनलाई लोकतान्त्रिक चोकमा हातपात भएको हो ।...

भुटानी शरणार्थी प्रकरण : रायमाझि पुर्पक्ष थुनाको फैसला, खाँडका विषयमा राय बाझियो

काठमाडौं । भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोप बहादुर रायमाझीसहित ८ जनालाई पुर्पक्षका लागी थुनामा राख्ने आदेश सदर भएको छ ।  उच्च अदालत पाटनका...

एमालेको मेची–महाकाली अभियान सुरु

बैतडी । नेकपा एमालेले आजबाट मध्य पहाडी लोकमार्ग केन्द्रीत विशेष अभियान सुरु गरेको छ । एमालेका अध्यक्ष अध्यक्ष केपी शर्मा ओलीले बैतडीको झुलाघाटमा झन...

ल्यार्काल लामा आइविसिको सभापतिमा निर्बाचित

काठमाडौं। मंसिर ११ देखि भारतको नयाँ दिल्लीमा सुरुभएको विश्व बौद्ध शिखर सम्मेलनको तेस्रो महाधिवेशनबाट संविधानसभा सदस्य तथा लुम्बिनी विकास कोषका उपाध्यक...

दुर्गा प्रसाईको महंगो गाडीमा केपी ओली चढ्दै

काठमाडौं । राजतन्त्र फर्काउने अभियानका अभियान्ताका रुपमा चिनिएका दुर्गा प्रसाईले चढ्ने गरेको करिब ५ करोड रुपैँयाको ल्याण्डक्रुजर भि ८ गाडी केपी ओलीले ...

बल्खुमा फेरि तनाव : प्रहरीमाथि हातपात गरेपछि दुर्गा समथर्थकमाथि अश्रुग्याँस प्रहार

काठमाडौं । काठमाडौँको बल्खुमा प्रहरी र दुर्गा प्रसाईंको समूहबिच झडप भएको छ । प्रसाईका समर्थकले ब्यरिकेटमा बसिरहेका प्रहरीलाई हातपात गरेपछि  प्रहरीले प...

प्रधानमन्त्री प्रचण्ड सगरमाथाको आधारशिविर कालापत्थरमा

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सगरमाथाको आधारशिविर कालापत्थरबाट शान्तिदीप यात्रा तथा राष्ट्रिय झण्डोत्तलन कार्यक्रमको शुभारम्भ गर...

जापानविरुद्द नेपालको सान्त्वना जित

काठमाडौं । चार देशीय महिला टी–२० सिरिज अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले सान्त्वना जित निकालेको छ । आज भएको खेलमा जापानलाई ६७ रनले हराउँदै न...

लप्सीफेदीमा सुरक्षाकर्मी र स्थानीयबिच झडप, डीएसीसहित ३ घाइते

काठमाडौं । काठमाडौंको लप्सीफेदीमा स्थानीय र प्रहरीबिच झडप हुँदा डीएसपी सहित ३ प्रहरी घाइते भएका छन् ।  शंखरापुर नगरपालिका ३ लप्सीफेदीमा विद्युतप्रा...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies