डोटी । जिल्लाको पूर्वीक्षेत्रमा पर्ने बोगटान फुड्सिल गाउँपालिकाले यस वर्षको दसैँ बिदा घटाएर पालिकाभरिमा रहेका सबै सामुदायिक विद्यालय सञ्चालन गर्ने भएको छ ।
कोरोना महामारीका कारण लामो समय विद्यालय बन्द हुँदा विद्यार्थीको पढाइमा निकै घाटा भएको जनाउँदै यो वर्षको दसैँ बिदामा विद्यालय सञ्चालन गर्न सबै सामुदायिक विद्यालयलाई पत्राचार गरिएको शिक्षा, युवा तथा खेलकुद शाखाका संयोजक खेमबहादुर साउँदले जानकारी दिए ।
उनका अनुसार यो वर्ष यहाँका सामुदायिक विद्यालयमा विगतका वर्ष जस्तो दसैँ बिदा नदिइने र दसैँ बिदा असोज २६ गतेदेखि ३१ सम्म मात्र बिदा दिइने छ । जिल्लामा दसैँ बिदा घटाएर विद्यालयमा नियमित पठनपाठन सुचारु गर्न पत्राचार गर्ने बोगटान फुड्सिल गाउँपालिका पहिलो गाउँपालिका रहेको भन्दै यहाँका अभिभावक तथा विद्यार्थी निकै खुशी भएको स्थानीय प्रकाश बमले बताए ।
उनले भने, “कोरोना महामारीले विद्यालय बन्द हुँदा पढाइ भएको थिएन, अझ दसैँमा पनि धेरै बिदा दिएको भए विद्यार्थी पढाइ नै बिर्सिने सम्भवना थियो, पालिकाले दसैँ बिदामा पनि पढाइ सुचारु गर्न पत्र पठाएको छ, यो राम्रो कुरा हो ।” रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ९ गते, २०८३ - २०:०१
श्रेष्ठको दाबी– सदस्य वा प्रतिनिधि होइन, ‘हेर्न मात्रै गएको हुँ’
आषाढ़ ९ गते, २०८३ - १९:५५
यातना दिएर पक्राउ गरियो यो प्रतिशोध हो, गैरकानुनी हो
आषाढ़ ९ गते, २०८३ - १९:५२
‘समाचारको सत्यता परीक्षण नगरी हटाउन लगाउनु प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप’
आषाढ़ ९ गते, २०८३ - १९:४८
हुलाकी राजमार्गमा भएको दुर्घटनापछि चालक डा. राजेन्द्र चौधरी प्रहरी नियन्त्रणमा
आषाढ़ ९ गते, २०८३ - १९:४३
रवि लामिछानेको राजनीतिक प्रतिवेदनमा प्रत्यक्ष निर्वाचित कार्यकारी, पूर्ण समानुपातिक निर्वाचन र प्रदेश संरचना पुनर्संरचनाको एजेन्डा
आषाढ़ ९ गते, २०८३ - ०९:३३
जनकपुरधाम । नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गरिएको आठ वर्ष बितिसक्दा पनि धनुषाको एक मुसहर बस्तीका बासिन्दा अझै खुला स्थानमा शौच गर्न बाध्य छन्। ...
आषाढ़ ९ गते, २०८३ - ०९:३३
नवलपुर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको गैंडाकोट नगरपालिका–१० पितौजीमा ईभी हाइस दुर्घटना हुँदा आठ जना घाइते भएका छन्। पोखराबाट कपिलवस्तुतर्फ ज...
आषाढ़ ९ गते, २०८३ - ०९:२८
काठमाडौं । सुर्खेतबाट पक्राउ परेका नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई प्रहरीले स्थलमार्ग हुँदै काठमाडौं ल्याइरहेको छ। सम्पत्ति शुद्धीकरणसम्बन्धी ...
आषाढ़ ९ गते, २०८३ - ०९:२५
काठमाडौं । अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रूपमा आयोजना गरिरहेको फिफा विश्वकप २०२६ को समूह चरण अन्तिम मोडमा पुगेसँगै नकआउट चरणको तस्वीर क्रमशः स...
आषाढ़ ९ गते, २०८३ - ०९:२३
भक्तपुर । भक्तपुर नगरपालिका–१ स्थित नगरकोटमा गएराति करिब १० बजे सामान्य विवादका क्रममा भएको झैझगडामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । जिल्...



प्रतिकृया लेख्नुहोस्: