डोटी । जिल्लाको पूर्वीक्षेत्रमा पर्ने बोगटान फुड्सिल गाउँपालिकाले यस वर्षको दसैँ बिदा घटाएर पालिकाभरिमा रहेका सबै सामुदायिक विद्यालय सञ्चालन गर्ने भएको छ ।
कोरोना महामारीका कारण लामो समय विद्यालय बन्द हुँदा विद्यार्थीको पढाइमा निकै घाटा भएको जनाउँदै यो वर्षको दसैँ बिदामा विद्यालय सञ्चालन गर्न सबै सामुदायिक विद्यालयलाई पत्राचार गरिएको शिक्षा, युवा तथा खेलकुद शाखाका संयोजक खेमबहादुर साउँदले जानकारी दिए ।
उनका अनुसार यो वर्ष यहाँका सामुदायिक विद्यालयमा विगतका वर्ष जस्तो दसैँ बिदा नदिइने र दसैँ बिदा असोज २६ गतेदेखि ३१ सम्म मात्र बिदा दिइने छ । जिल्लामा दसैँ बिदा घटाएर विद्यालयमा नियमित पठनपाठन सुचारु गर्न पत्राचार गर्ने बोगटान फुड्सिल गाउँपालिका पहिलो गाउँपालिका रहेको भन्दै यहाँका अभिभावक तथा विद्यार्थी निकै खुशी भएको स्थानीय प्रकाश बमले बताए ।
उनले भने, “कोरोना महामारीले विद्यालय बन्द हुँदा पढाइ भएको थिएन, अझ दसैँमा पनि धेरै बिदा दिएको भए विद्यार्थी पढाइ नै बिर्सिने सम्भवना थियो, पालिकाले दसैँ बिदामा पनि पढाइ सुचारु गर्न पत्र पठाएको छ, यो राम्रो कुरा हो ।” रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख ११ गते, २०८१ - २१:३४
काठमाडौं । महानायक राजेश हमालले तीन सयभन्दा बढी चलचित्रमा काम गरिसकेका छन् । उमेरले ६० वर्ष हाराहारीमा रहेका फिट्नेसमा ध्यान दिएकै कारण उनी तीन बीस उ...
बैशाख ११ गते, २०८१ - २१:१८
ललितपुर । ललितपुरको भैसेपाटीमा फिल्म ‘एक्टर’को शुभसाइत गरिएको छ । आज बिहान कार्यविनायक मन्दिरमा वैदिक विधिद्वारा हवन गर्दै फिल्मको शुभसाइत गरिएको हो...
बैशाख ११ गते, २०८१ - २१:०५
काठमाडौं । नेकपा (एमाले) पोलिटव्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतविरुद्ध शोभा पाठक सुनियोजित ढंगले लागेको पुष्टि भएको छ । जिल्ला सरकारी वकिल कार...
बैशाख ११ गते, २०८१ - १६:२३
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको सल्लाहकार परिषदको अध्यक्षमा राजेशकाजी श्रेष्ठ चयन भएका छन् । चेम्बरका पूर्वअध्यक्ष समेत रहेका श्रेष्ठ सल्लाहकार पर...
बैशाख ११ गते, २०८१ - १६:०९
काठमाडौं । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी नेपाल आइपुगेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा दुई दिने भ्रमणमा आएका थान...
बैशाख ११ गते, २०८१ - १५:५९
जनकपुर । जनकपुरको रामानन्दचोकमा रहेको होटेल होलिडे एण्ड गेष्ट हाउसमा एक महिला र पुरुष मृत अवस्थामा भेटिएका छन् । महोत्तरीको पिपरा गाउँपालिका ३ का ...
बैशाख ११ गते, २०८१ - १५:३७
चितवन । सैँतिस वर्षअघि भारत, म्यानमार र थाइल्याण्डबाट हात्ती उपहार लिएर स्थापना गरिएको हात्ती प्रजनन केन्द्र खोरसोर सौराहाले अहिले कतारलाई दुई वटा हात...
बैशाख ११ गते, २०८१ - १५:३४
मकवानपुर। मकवानपुरको हेटौँडा उपमहानगरपालिका –१० गोरक्षश्वर मन्दिर परिसरमा ५२ फिट अग्लो हनुमानको मूर्ति स्थापना गरिएको छ । मूर्ति निकै कलात्मक र आकर्षक...
बैशाख ११ गते, २०८१ - १५:१३
महिलाको सकुशल उद्धार हुँदा पुरुष बेपत्ता
बैशाख ११ गते, २०८१ - १५:०७
काठमाडौं । वैशाख १६ र १७ गते हुन लागेको तेस्रो लगानी सम्मेलनका क्रममा १४८ आयोजनाको प्रस्ताव तयार पारिएको छ । मंगलबार काठमाडौंमा बसेको लगानी बोर्डको ब...
प्रतिकृया लेख्नुहोस्: