अहिलेको एमाले विशुद्ध पुरानो एमाले होइन । यो माओवादीसहितको नयाँ विकसित एमाले हो । पुरानो एमालेको विधान, राजनीतिक प्रतिवेदन र वैचारिक धरातलमा उभिएर पार्टी अगाडि बढ्न सक्दैन ।
राजनीतिक पार्टीभित्र विवाद, समस्या आउनु कुनै नौलो विषय होइन । गतिशिल पार्टीमा नयाँ-नयाँ विवाद आउँछ । त्यसलाई आन्तरिकरुपमा छलफल र बहसबाट टुंग्याउन सकिन्छ, टुंग्याउनुपर्छ । एमालेभित्र अहिले जुन किसिमको वैचारिक र संगठनात्मक विवाद भएको छ, त्यसलाई नेकपा हुँदाकै राजनीतक-वैचारिक र संगठानिक प्रतिवेदनमा टेकेर समस्याको समाधान खोज्नुपर्छ । हाम्रो तर्क पनि यही हो । अहिलेको एमाले विशुद्ध पुरानो एमाले होइन । यो माओवादीसहितको नयाँ विकसित एमाले हो । पुरानो एमालेको विधान, राजनीतिक प्रतिवेदन र वैचारिक धरातलमा उभिएर पार्टी अगाडि बढ्न सक्दैन ।
अहिलेको राजनीतिक उपलब्धि भनेको माओवादी जनयुद्ध, जनआन्दोलन र मधेश आन्दोलनबाट प्राप्त भएको उपलब्धि हो । त्यसैले यसलाई समेटेर जानुपर्छ । सबैले विगतमा गरेका कमिकमजोरीहरू स्वीकार गरी गम्भीर समिक्षा गरेर जानुपर्छ । यस्तो अभ्यासले सबैको अविभावक बन्न सकिन्छ ।
यस्तै संगठनात्मक विषयमा पनि सबैलाई समेटेर जानुपर्छ । पार्टीलाई अब पुरानो ढंगबाट होइन नयाँ ढंगले अगाडि बढाउनुपर्छ । अहिले सुदूरपश्चिम, बागमती र प्रदेश १ का केही जिल्लामा समस्या देखिएको छ । यसलाई पार्टीभित्र आन्तरिक छलफल र सहमति गरी समस्याको समाधान खोजिनुपर्छ । यो कुनै ठुलो विवाद होइन । विधान महाधिवेशन अघि नै यसलाई समाधान गर्न सकिन्छ ।
(थापा माओवादी पृष्ठभूमिबाट एमाले प्रवेश गरेका नेता हुन्)
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ ६ गते, २०७९ - १५:३७
काठमाडौं । देशभर भएका ११ वटा उपमहानगरमध्ये पहिलो पटक नेतृत्वमा महिला मेयर पाएको छ । हेटौंडा उपमहानगरपालिकाले महिला मेयर जिताएको हो । एकीकृत समाजव...
जेष्ठ ६ गते, २०७९ - १२:१९
वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–२७ मा नेपाली कांग्रेसको विजय उत्सवमा एमालेले आक्रमण गर्दा ६ जना घाइते भएका छन् । वडा नम्बर २७ को अध्यक्ष जितेपछि बि...
जेष्ठ ६ गते, २०७९ - १२:१२
हेटौंडा । बागमती प्रदेशको आज बसेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् बैठकले जेठ १३ गते बिहान ११ बजे वर्षे अधिवेशन आह्वानका लागि प्रदेश प्रमुखको कार्यालयम...
जेष्ठ ६ गते, २०७९ - १२:०३
राजविराज । राजविराज नगरपालिकाको प्रमुख तथा उपप्रमुखमा जसपाका उम्मेदवार निर्वाचित भएका छन् । निवर्तमान नगरप्रमुख शम्भुप्रसाद यादवलाई फराकिलो मतान्त...
जेष्ठ ६ गते, २०७९ - ११:३३
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी विश्वकप छनोट लिग–२ अन्तर्गत यूएई र स्कटल्याण्डसँगको सिरिजका लागि रोहित पौडेललाई उपकप्तान नियुक्त गरेको ...
जेष्ठ ६ गते, २०७९ - १०:४७
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहनगर झापाको दमक नगरपालिकाको प्रमुखमा राप्रपाले बाजी मारेको छ । राप्रपाका उम्मेदवार रामकुमार थापा...
जेष्ठ ३ गते, २०७९ - १६:०२
काठमाडौं । भरतपुर महानगरालिकामा रेणुले तिन अंकको अग्रता लिएकी छिन् । मतगणना सुरु भएदेखिनै १०० भन्दा कम अंकले कहिले एमालका उम्मेदवार विजय सुवेदी त ...
जेष्ठ ३ गते, २०७९ - १५:५०
सिन्धुपाल्चोक । चौतारा साँगाचोकगढी नगरपालिकामा माओवादी केन्द्रले जितेको छ । नगरको प्रमुखमा माओवादी केन्द्रका केन्द्रीय सदस्य कृष्णप्रसाद सापकोटा विजयी...
जेष्ठ ३ गते, २०७९ - १२:४७
काठमाडौं । काठमाडौं महानगरपालिकाको जारी मत गणनामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले ५ हजार ५८ मतको अग्रता बनाएका छन् । सुरुवातदेखि नै अग्रता...
जेष्ठ ३ गते, २०७९ - ११:५५
काठमाडौं । प्रमुख सत्ताघटक दल नेपाली कांग्रेसले यो समाचार तयार पार्दासम्म १०६ वटा सथनीय तहमा जित निकालेको छ । १०६ मध्य ६८ वटा तहमा गठबन्धनको सहयोग...
प्रतिकृया लेख्नुहोस्: