Khabar Dabali २९ फाल्गुन २०८२ शुक्रबार | 13th March, 2026 Fri
Investment bank

प्रतिव्यक्ति प्रतिवर्ष ९२ लिटर दूध सेवन गर्नुपर्नेमा ७५ लिटर मात्र दूध सेवन

रासस

वीरगञ्ज । नेपालमा प्रतिव्यक्ति प्रतिवर्ष ९२ लिटर दूध सेवन गर्नुपर्नेमा नेपालमा हाल ७५ लिटर मात्र सेवन हुने गरेको तथ्याङ्कले देखाएको छ । अब आगामी दिनमा कम्तीमा बालबालिकाका लागि मात्र भए पनि प्रतिवर्ष ९२ लिटर पुर्‍याउनुपर्ने अनिवार्यता देखिएकाले सरोकारवाला यसमा लाग्नुपर्ने नेपाल डेरी एशोसिएशनले निष्कर्ष निकालेको हो ।

विश्वमा कुनै पनि बालबालिकाले दूध तथा दुग्ध पदार्थ सेवनबाट बञ्चित हुन नपरोस् भनेर स्कुल दूध दिवस सेप्टेम्बर महिनाको अन्तिम बुधबारका दिन विगत २१ वर्षदेखि विश्वभर सन् २००० देखि भव्यताका साथ मनाउने गरिन्छ । नेपालमा विसं २०७३ देखि नेपाल डेरी एशोसिएशनले पहिलोपटक सुरु गरेको थियो । विसं २०७८ मा छैटौँ विश्व स्कुल दूध दिवसका अवसरमा यस वर्ष एशोसिएशनका सबै प्रदेश, जिल्ला, पालिकालगायत ठाउँमा विभिन्न कार्यक्रम गरी मनाउने तयारी गरिएको एशोसिएशनका केन्द्रीय महासचिव प्रल्हाद दाहालले जानकारी दिए ।

यता बागमती प्रदेशमा भने राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक राजेन्द्र यादवको प्रमुख आतिथ्यतामा काठमाडौँका विभिन्न विद्यालयमा बालबालिकालाई दूध सेवन गराई सरोकारवाला निकायको सहयोग र सहभागितामा मनाइने कार्यक्रम तय गरिएको एशोसिएशनले जनाएको छ ।

दूधलाई पूर्ण भोजनका रूपमा लिइन्छ । मानिसको जन्मने बेलाको प्रथम आहार दूध नै हो । जन्मेको छ महिनासम्म बच्चालाई दूध मात्र दिइन्छ र दूध मानिसको जीवनको महत्वपूर्ण कुरा हो । जन्मेको दिनदेखि मर्ने बेलासम्म र मरिसकेपछि पनि हाम्रो संस्कारका लागिसमेत दूधको आवश्यकता पर्दछ । विश्व इतिहास हेर्दा पनि जो जति विश्व प्रख्यात भए ती अधिकांश व्यक्ति शाकाहारी विशेषगरी दूध सेवनलाई महत्व दिने कुराको पुष्टि भइसकेको छ ।

गौतमबुद्धदेखि महात्मा गान्धि र वर्तमान भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसम्म सबैले दूधलाई प्राथमिकताका साथ लिइने गरेको पाइन्छ । यस अर्थमा पनि के पुष्टि हुन्छ भने दूध सेवन गर्दा मानिसको दिमागमा सकारात्मक सोचको विकास हुने र दिमाग तेजिलो हुने कुरा वैज्ञानिकले पुष्टि गरिसकेका छन् । जापान, कोरिया र चीनजस्ता विकसित देशमा बालबालिकालाई दूध सेवन अनिवार्य गरिएको छ । 

बालबालिकालाई दूधको महत्वबारे बताउँदै अनिवार्य दूध सेवन गर्न प्रेरित गर्नुपर्छ । दूधबारे अभिभावकले र शिक्षक शिक्षिकाले पनि राम्रोसँग बुझेर सबै बालबालिकालाई दूध तथा दुग्ध पदार्थ सेवन गराउनुपर्ने छ । विद्यार्थीलाई दैनिकरूपमा दूध र दुग्ध पदार्थ सेवन गर्दा हुने फाइदाको बारेमा पनि शिक्षक शिक्षिकाको भूमिका महत्वपूर्ण हुनेछ । साथै विद्यालयले पनि दूध सेवनमा प्राथमिकता दिन अभिभावकलाई दूधको जानकारीसहित आग्रह गर्नुपर्छ ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: