Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

युनिटीका मुख्य नाइके पाँच वर्षपछि पक्राउ

१६ साउन, काठमाडौं । नेटवर्किङ व्यवसायको नाममा झन्डै चार लाख सर्वसाधारणबाट तीन अर्ब ७९ करोड ठगी गर्ने युनिटी इन्टरनेसनलका मुख्य नाइके पाँच वर्षपछि पक्राउ परेका छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ कम्पनीका तत्कालीन प्रबन्ध निर्देशक विष्णु क्षेत्री र निर्देशक कृष्ण क्षेत्रीलाई प्रहरीले बिहीबार भारतमा पक्राउ गरेर शुक्रबार काठमाडौं ल्याएको छ । हिमाञ्चल प्रदेशको कुल्लु सहरबाट उनीहरूलाई पक्राउ गरिएको हो । नेपालमा ठगी गरेको पैसाले उनीहरूले त्यहाँ व्यवसाय गर्दै आएका थिए । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले भारतीय प्रहरीको सहयोगमा उनीहरूलाई पक्राउ गरी प्लेनमार्फत काठमाडौं ल्याएको हो । शुक्रबार उनीहरूलाई पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिएको छ । पत्रकार सम्मेलनमा कोट लगाएर उपस्थित भएका क्षेत्री दाजुभाइको अनुहारमा कुनै ग्लानि देखिँदैनथ्यो । हाँसी–हाँसी उनीहरू पत्रकारमाझ उपस्थित भए । सर्वसाधारणको अर्बौँ रुपैयाँ ठगी गर्नेलाई पक्राउ गर्नु ठूलो उपलब्धि भएको महानगरीय प्रहरी आयुक्त एआइजी विज्ञानराज शर्मा बताए । झन्डै चार लाख सर्वसाधारणलाई ठगी गरेका उनीहरू भारतमा रासनकार्डसमेत लिएर बस्दै आएका थिए । विष्णु क्षेत्री भने वेलावेलामा नेपालसमेत आउने गरेको अनुसन्धानबाट खुलेको छ । क्षेत्री दाजुभाइलाई अदालतले समेत दोषी ठहर गरी तीन–तीन वर्ष कैद र दुई करोड १२ लाख रुपैयाँका दरका जरिवानाको फैसला सुनाएको थियो । पक्राउ परेकालाई अदालतमार्फत जेल चलान गरिने अपराध महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालले बताए । ललितपुर प्रहरीले २८ जेठ ०६७ मा युनिटी इन्टरनेसनलका एक सय १२ जनाविरुद्ध ठगी मुद्दा दायर गरेको थियो । त्यसमाथि १७ चैत ०७० मा फैसला सुनाउँदै ललितपुर जिल्ला अदालतले मुख्य सञ्चालक १२ जनालाई दोषी ठहर गरेको थियो । अदालतले संस्थाका अध्यक्ष काशीराज गुरुङ, सञ्चालकहरू नेत्र राजवंशी, भीमबहादुर गुरुङ, इन्द्रबहादुर विक, विष्णु क्षेत्री, कृष्ण क्षेत्री, महेन्द्र केसी, शिशिर योगी, लोकबहादुर, विश्वनाथ गौतम, घनश्याम बस्ताकोटी र गोविन्द ज्ञवालीलाई पनि दोषी ठहर गरेको थियो । जरिवानासहित उनीहरूबाट जनही दुई करोड १२ लाख ५२ हजार पाँच सय ५२ असुल गर्न आदेश दिएको थियो । क्षेत्री दाजुभाइबाहेकका सबै यसअघि नै पक्राउ परिसकेका छन् । उनीहरूले विनाअनुमति बैंकिङ, बिमा तथा स्वास्थ्यसम्बन्धी काम गर्दै आएका थिए । सुरुमा प्रतिव्यक्ति ११ हजार रुपैयाँ उठाएका उनीहरूले पछि १५ हजार उठाएका थिए । तीन लाख ७६ हजार सर्वसाधारणसँग पैसा उठाइएको थियो । उक्त रकम विनाअनुमति युनिटी हाइड्रोपावर र युनिटी वाटर कम्पनी स्थापना गरी लगानी गरेका थिए । फिना बहुउद्देश्यीय सहकारी संस्थाको नाममा पनि उनीहरूले केही रकम उठाएका थिए । यसरी डुबेको थियो युनिटी ०६४ भदौमा एस्योरेन्स युनिटी इन्टरनेसनलको नाममा कम्पनी रजिस्ट्रार कार्यालयमा दर्ता गरेर नेटवर्किङ व्यवसाय सुरु गरिएको थियो । काशी गुरुङ, विष्णु क्षेत्री, कृष्ण क्षेत्री, नेत्र राजवंशी, इन्द्रबहादुर विक र महेन्द्र केसी मिलेर स्थापना गरिएको उक्त कम्पनीलाई पछि युनिटी इन्टरनेसनलका नाममा चलाउन थालियो । सुरुमा प्रतिव्यक्ति १० हजार रुपैयाँ उठाएर सदस्य बनाउन थालियो । आफूले जति धेरै सदस्य बनायो त्यति धेरै पैसा पाइने योजना बनाएर जिल्ला–जिल्लामा नेटवर्क बढाउन थालियो । आकर्षक प्रस्ताव राखेपछि विदेशमा रहेका हजारौँ नेपालीसमेत युनिटीका सदस्य बने । बिरामी हुँदा निस्शुल्क उपचार हुने भन्दै पनि सदस्य बनाइयो । त्यसका लागि जिल्ला–जिल्लामा अस्पताल पनि स्थापना गरिए । विभिन्न पार्टीका नेताहरूलाई प्रभावमा पारेर उनीहरूले कारोबार बढाउँदै लगेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending