Khabar Dabali १२ जेष्ठ २०८३ मंगलवार | 26th May, 2026 Tue
Investment bank

दीर्घकालीनरूपमा फोहर व्यवस्थापनस्थल बञ्चरेडाँडामा तत्काल फोहर व्यवस्थापन नहुने

खबरडबली संवाददाता

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले दीर्घकालीन फोहर व्यवस्थापनस्थल बञ्चरेडाँडामा तत्कालै फोहर व्यवस्थापनको काम सुरु नगर्ने भएको छ । सहरी विकस तथा भवन निर्माण विभागले महानगरलाई दीर्घकालीन फोहर व्यवस्थापनस्थल बञ्चरेडाँडामा पहिलो ‘सेल’ निर्माणको काम पूरा भएको जानकारी दिएको पनि दुई हप्ता बढी भइसकेको छ । 

यसअघि फोहर व्यवस्थापनस्थल छिटो निर्माण गर्न भन्दै आएको महानगरले तत्काल उक्त स्थानमा फोहर व्यवस्थापनको कम सुरु नगर्ने जनाएको छ । यसरी विभागले निर्माणको काम सम्पन्न गरी जिम्मा गरिसकेको अवस्था र महानगरले फोहर व्यवस्थापन कहिलेबाट गर्नेबारे यकिन नहुँदा दीर्घकालीनरूपमा फोहर व्यवस्थापनको काम अझै अन्योल भएको छ ।

विभागले गत भदौको तेस्रो साता सो सेल निर्माणको काम सम्पन्न भएको भन्दै औपचारिक जानकारी गराउँदै फोहर व्यवस्थापन गर्न सक्ने बताएको थियो । महानगरले भने निर्माणको काम सम्पन्न नभएको र स्थानीयवासीका केही मागका विषयमा थप छलफल गर्नुपर्ने भएकाले उक्त स्थानमा तत्काल फोहर व्यवस्थापन गर्न नसकिने महानगरको वातावरण विभागका प्रमुख हरिकुमार श्रेष्ठको भनाइ छ । 

 सहरी विकास मन्त्रालयले आफूसँग सम्बन्ध रहेको सेल निर्माणको काम एउटा सकिएको र अर्को सेल पनि जतिसक्दो छिटो पूरा गर्ने तयारी रहेको भन्दै अन्य काममा आफ्नो जिम्मेवारी नरहेको जनाएको छ । दुई हप्ताअघि नै पहिलो सेल निर्माणको काम सम्पन्न गरी जानकारी गराएर फोहर व्यवस्थापन गर्न सक्ने बताए पनि व्वस्थापनको काम सुरु गर्ने भनेर महानगरलगायत उपत्यकाका १७ वटै स्थानीय तहबाट जानकारी नआएको विभागका महानिर्देशक नवराज प्याकुरेलको भनाइ छ । 
 
उनले भने, “हामीले गर्ने काम सकेका छौँ, स्थानीयसँगको समन्वय र अन्य व्यवस्थापनको काम मिलाउने जिम्मा स्थानीय तहकै हो, त्यसैले अब फोहर व्यवस्थापन किन हुन सकेन भन्नेमा हाम्रो दोष छैन, विभागको काम अब सक्दो छिटो दास्रो सेल निर्माण सक्ने हो ।” विभागका अनुसार नियमितरूपमा काम गर्न पाए आगामी छ महिनाभित्र दोस्रो सेल र सोही स्थानमा कर्मचारी व्यवस्थापन गर्ने भवन निर्माणको कामसमेत पूरा हुनेछ । 

बञ्चरेडाँडामा दीर्घकालीन फोहर विसर्जन स्थान ९स्यानिटरी ल्याण्डफिल साइट० निर्माण गर्न विसं २०७६ वैशाख २२ गते एक वर्षभित्र काम सम्पन्न गर्ने गरी लुम्बिनी कोशी एण्ड न्यौपाने जेभी ९उपक्रम०सँग ठेक्का सम्झौता गरिएको थियो । सम्झौताअनुसार निर्माणको सम्पूर्ण काम गत वैशाखमा नै सकिनुपर्ने भए पनि पूर्णरूपमा काम अझै सकिएको छैन । 

बञ्चरेडाँडा पहिलो सेल निर्माणको काम पूरा नभएको र सिसडोलमा पुन: फोहर व्यवस्थापन गर्न मुस्किल परेकाले कामपासहित अरु स्थानीय तहको फोहर व्यवस्थापनमा थप समस्या चुलिएको जनाइएको छ । समन्वयबिना फोहरका गाडी बञ्चरेडाँडा जाँदा स्थानीयवासीले अवरोध गर्ने भन्दै स्थानीयवासी र सम्बन्ध भएका निकायसँग औपचारिक छलफल गरेर मात्र दीर्घकालीनरूपमा फोहर व्यवस्थानपमा काम गर्नुपर्ने कामपाको भनाइ छ । गत भदौ १ गतेदेखि रोकिएको काठमाडौँ उपत्यकाका स्थानीय तहको फोहर भदौ तेस्रो साताबाट उठ्न थालेको थियो । यसरी वर्षमा समय–समयमा फोहर नउठ्ने समस्या हरेक वर्ष नै उपत्यकाबासीले भोग्दै आएका छन् । 

सिसडोलमा विसं २०६२ मा दुई वर्षका लागि मात्र फोहर विसर्जन गर्न सकिने क्षमताको ल्याण्डफिल साइट निर्माण गरिएको थियो । पटकपटक त्यसैमा माटोले पुर्दै केही विस्तार गरेर अहिलेसम्म नै फोहर व्यवस्थापन गरिँदै आएको छ । हरेक दिन उपत्यकाबाट एक हजार २०० मेट्रिक टन फोहर सिसडोलमा विसर्जन हुन्छ । यसमध्ये सबैभन्दा बढी कामपाको ५०० मेट्रिक टन फोहर निस्किने गर्दछ । निजी र कामपाको गरी दैनिक कम्तीमा २०० गाडी फोहर लग्ने गरिएको छ । हाल फोहर व्यवस्थापन गरिँदै आएको सिसडोलभन्दा दुई किलोमिटर टाढा बञ्चरेडाँडामा दीर्घकालीन फोहर व्यवस्थापनस्थल निर्माण भइरहेको हो । निर्माण भइरहेको दीर्घकालीन ल्याण्डफिल साइट नुवाकोट र धादिङको सिमानामा पर्छ । हाल उपत्यकाबाट दैनिक उत्सर्जन हुने फोहरमध्ये करिब ७५ प्रतिशत सिसडोलमा व्यवस्थापन गरिँदै आएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रधानमन्त्रीज्यू सम्भवत: एक हप्ताभित्रै सदनमा आउनुहुन्छ : महामन्त्री बुर्लाकोटी

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सम्भवत: एक हप्ताभित्र प्रतिनिधिसभा बैठकमा उपस्थित हुने भएका छन्। मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा र...

'तमासा' शब्द असंसदीय होइन : सांसद खरेल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सांसद जगदीश खरेलले आफूले प्रयोग गरेको 'तमासा' शब्द संसदीय मर्यादा विपरीत नरहेको बताएका छन्। ...

संसदमा 'तमासा' शब्दलाई लिएर विवाद, सांसद जगदीश खरेलको अभिव्यक्तिमा नेकपाको नियमापत्ति

काठमाडौं । प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद जगदीश खरेलले विपक्षी दलहरूको विरोधलाई (तमासा) भनेपछि संसद्मा विवाद उत्पन्न भएक...

रास्वपा सांसदको अभिव्यक्तिलाई लिएर कांग्रेसको आपत्ति

काठमाडौं । प्रतिनिधिसभा बैठकमा रास्वपा सांसद जगदीश खरेलको अभिव्यक्तिलाई लिएर विवाद उत्पन्न भएपछि बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ। नेपाली कांग्...

तीन सरकारी साक्षीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ। तीन सरकारी साक्षी विप्लव पोख्रेल, प्रल्हाद गौतम र राजेश श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगक...

नेप्से ९.२४ अंकले घट्यो, कारोबार रकम पनि घट्यो

काठमाडौं । अघिल्लो दिन २७ अंकले बढेको सेयर बजार मंगलबार ९.२४ अंकले घटेको छ। यससँगै नेप्से परिसूचक २७७७ अंकमा झरेको छ। कारोबार रकम पनि घटेको छ। अघिल...

दक्षिण कोरियाको 'फ्लाइ ओभर'मा दुर्घटना हुँदा तीनको मृत्यु, तीन जना घाइते

सियोल । दक्षिण कोरियाको “फ्लाइ ओभर”मा भएको दुर्घटनामा तीन जनाको मृत्यु हुनुका साथै अन्य तीन जना घाइते भएको योन्हाप समाचार एजेन्सीले मङ्गलबार जनाएको छ ...

रास्वपा सांसद खरेलले 'प्रतिपक्षी दलहरूले तमासा देखाएको' भनेपछि हंगामा

काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा “पर्यटन विधेयक, २०८१” माथि छलफल चलिरहँदा विवाद उत्पन्न भएपछि बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ। संस्कृति, पर्यट...

हामी लोकतान्त्रिक मूल्यमान्यताको संरक्षण र राजनीतिक स्थिरता कायम गर्न पूर्ण रूपमा प्रतिबद्ध छौँ: प्रधानमन्त्री शाह

काठमाडौं ।  प्रधानमन्त्री वालेन्द्र शाहले वास्तविक र देखिने गरी नेपाली नागरिकको दैनिक जीवनस्तर उकास्न आफ्नो नेतृत्वको सरकार प्रतिबद्ध रहेको बताएका छन्...

१५ मिनेटका लागि प्रतिनिधि सभा बैठक स्थगित

काठमाडौँ । प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ । विपक्षी दलको अवरोधकाबीच बैठक अगाडि बढाएका सभामुख डोलप्रसाद अर्यालले होहल्ला चर्को सुन...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending