धनगढी । कैलाली जिल्लाका विभिन्न पालिकामा रहेका छाडा चौपाया स्थानीयवासीको कुटाइ र लखेटाइमा परेर बिजोक भएको छ । छाडा चौपायाले बालीनाली खाइदिएको झोकमा स्थानीयवासीले भाला, लौरी तथा विभिन्न घरेलु हतियारले प्रहार गरेर घाइते बनाएकाले तिनकोे बिजोक भएको हो ।
दूध दिन छोडेपछि गाईलाई एकठाउँमा लगेर छोड्दा तिनले दिनरात अन्नबाली खान थालेकाले विभिन्न उपाय लगाएर धपाउने गरिएको स्थानीय किसान बताउँछन् । घोडाघोडी नगरपालिका– १का रमेश जोशी अहिले सडकमा रगताम्मे भएका गाई देख्दा दु:ख लाग्ने गरेको बताए ।
पशुको के दोष दूध खाउन्जेल पाल्ने अनि पछि छोड्नेलाई पो कारवाही हुनुपर्ने उनको भनाइ थियो । हिन्दू धर्ममा गाईको धेरै महत्व रहेकामा यस्तो स्थितिमा पुर्याउनु पाप लाग्ने घोडाघोडी नगरपालिका–१ व्यवसायी हरिलाल सापकोटाको गुनासो थियो । “ गाईको सेवा गर्न नजान्ने मान्छेको जन्म निरर्थक हुने, सन्तान नभएकाले गाईको सेवा गरे सन्तान हुने, गोबरले लिपेको स्थानमै बालक जन्मदा राख्ने र गोबरले लिपेर चोख्याउने भन्ने संस्कार सिक्यौँ र भोग्यौ तर अहिले त्यति पवित्र गाई सडकमा रगताम्मे भएर पल्टेको देख्दा साँच्चै कलियुग आएछ भन्ने भान हुन्छ”, उनले भने ।
चार वर्ष अगाडि स्थानीय तहको निर्वाचनका बेला यहाँका जनताको सबैभन्दा टाउको दुखाइ बनेको छाडा गाईलाई व्यवस्थापन गर्ने भन्दै जनताका भोट माग्न आएका निर्वाचित जनप्रतिनिधि अहिले समयअवधि सकिन लाग्दासमेत व्यवस्थापन गर्नु त परै जाओस् गाईको विजोक हुनाका साथै स्थानीयवासिन्दामा पनि समस्या थपिँदै गएको व्यवसायी सापकोटाले बताए ।
घोडाघोडी नगरपालिका–१० का युवा यम कार्कीले रातभर जाग्राम बसेर बाली बचाउनुपर्ने अवस्था आउँदा पनि जनताका समस्या समाधान गर्नतर्फ राज्यका कुनैपनि निकायले चासो नदिएको गुनासो गरे ।
नेपालको राष्ट्रिय जनावर रहेको गाईलाई लक्ष्मी माताको रूपमा पूजा गरिन्छ तर अहिले त्यही गाईको बिजोक हेर्नुपर्ने अवस्था एकातिर छ भने अर्कोतिर आफ्नो बालिनाली संरक्षण गर्नुपर्ने बाध्यताले सताएको अर्का किसान हर्क खड्काले बताए ।
गाईको व्यवस्थापन गरी किसानलाई भोकमरीबाट बचाउन स्थानीय सरकारले पहल गर्नुपर्नेमा उनले जोड दिए । पुच्छर काटिएका, पेटमा भाला घोपिएका, टाउकोमा बञ्चरो प्रहार भएका गाई जीवन र मृत्युको दोसाँधमा छट्पटिँदासमेत मानिसमा दयाभाव हराएको देख्दा अचम्म लाग्ने गरेको स्थानीयवासी कैलाश दाहालले बताए । आफूले उब्जाएको अन्न र फलफूल खाएर सत्यानाश पारेका कारण मानिसमा दया र करुणा हराए पनि स्थानीय सरकारले गाईको व्यवस्थापन नगर्नु दु:खद भएको उनको भनाइ थियो ।
जिल्ला समन्वय समितिका सभापति सूर्यबहादुर थापाका अनुसार जिल्लाका १३ पालिकाका प्रमुख र उपप्रमुखसँग गाई व्यवस्थापनका लागि छलफल भइरहे पनि पनि कसरी गर्ने भन्ने निर्णयमा नपुगिएकाले व्यवस्थापनमा अझै केही समय लाग्नेछ । थौरै सङ्ख्यामा भए पनि एक–दुईपालिकालाई जिम्मा दिएर व्यवस्थापन गर्नुस् भन्थ्ये तर छाडा चौपाया हजारौँको सङ्ख्यामा हुनु र दिन प्रतिदिन बढ्दै जानाले समस्या भएको उनको भनाइ थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...




प्रतिकृया लेख्नुहोस्: