काठमाडौँ । प्रहरी प्रधान कार्यालयले चाडबाड केन्द्रित सुरक्षा योजना बनाएर लागू गर्न मुलुकका ७७ वटै प्रहरी कार्यालय र मातहतका इकाइलाई निर्देशन दिएको छ ।
नजिकिँदै गरेको दशैँ, तिहार, छठ, इदलगायत चाडपर्व भयरहितरुपमा मनाउन विशेष सुरक्षा योजना बनाएर लागू गर्न निर्देशन दिइएको केन्द्रीय प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरले जानकारी दिए ।
“चाडपर्वमा कुनै पनि घटना हुन नपाउने गरी ठाउँअनुसारको योजना निर्माण गर्न भनेको छौँ”, प्रहरी त्यसतर्फ केन्द्रित भइसक्यो”, प्रवक्ता कुँवरले भने, “कुनै जिल्ला कार्यालयले लागू पनि गरिसके र बाँकीले लागू गर्ने तयारीमा छन् ।”चाडपर्वका बेला मुख्यगरी आर्थिक गतिविधिसँगै मानिसका आवश्यकतासमेत बढ्ने हुँदा बजारमा बढी चहलपहल हुन्छ । साथीभाइ भेटघाटका गतिविधिसमेत बाक्लिदा झै–झगडा तथा आपराधिक क्रियाकलाप हुनसक्छ ।
यस्तै तीव्र गतिमा सवारी साधन चलाउने र बढी यात्रु चढाउँदा दुर्घटना हुनसक्ने खतरासमेतलाई मध्यनजर गरी सुरक्षा योजना बनाउन भनिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । चोरी, अपहरण, कालोबजारी, चन्दा आतङ्कजस्ता आपराधिक क्रियाकलाप हुने भएकाले त्यस्ता गतिविधि हुन नपाउने गरी सुरक्षा योजना निर्माण गरी लागू गरिनेछ ।
काठमाडौँ उपत्यकाका तीन जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरमा भने शुक्रबारदेखि नै यो योजना लागू गरिएको छ । उपत्यकामा पाँच हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरी योजना कार्यान्वयन गरिएको रानीपोखरीस्थित महानगरीय प्रहरी कार्यालयले जनाएको छ ।
योजनाअन्तर्गत बढी भिडभाड हुने, आर्थिक गतिविधि बढी हुने क्षेत्र, बैंक तथा वित्तीयसंस्था र यातायात क्षेत्रमा निगरानी बढाउन थालिएको छ । ठाउँठाउँमा सुरक्षा जाँचका लागि चौकी बढाउने, सादा पोशाकमा समेत सुरक्षाकर्मी परिचालन गर्ने र तत्काल परिचालन हुने ९क्वीक रेष्पोन्स० टोली गठन गरिएको जनाइएको छ ।
यस्तै आकस्मिक जाँच तथा सार्वजनिक सवारी साधनमा समेत सादा पोशाकका सुरक्षाकर्मीले निगरानी गर्ने जनाइएको छ । चाडबाडमा घर फर्कने यात्रुको सुविधाका लागि ठाउँठाउँमा यात्रु सहायता कक्षा स्थापना गरी सहजीकरण गरिने र टिकटमा हुने कालोबजारी नियन्त्रणका लागि पनि प्रहरीको छुट्टै टोली परिचालन हुने जनाइएको छ । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २१ गते, २०८२ - १७:०१
रुपन्देही । दाङ निर्वाचन क्षेत्र नं ३ अन्तर्गतका दुई मतदान केन्द्रमा स्थानीयले मतदान बहिस्कार गरेका छन्। जिल्लामा तीन निर्वाचन क्षेत्र रहेका छन्। ...
फाल्गुन २१ गते, २०८२ - १७:००
काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनका क्रममा प्रधानमन्त्री, पूर्वराष्ट्रपति, पूर्वप्रधानमन्त्री तथा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूले मतदान गरे...
फाल्गुन २१ गते, २०८२ - १५:३५
काठमाडौँ । देशभर प्रतिनिधि सभा निर्वाचनका क्रममा युवापुस्ता केन्द्रमा देखिए पनि जेष्ठनागरिकहरूको सक्रिय सहभागिता पनि उल्लेखनीय देखिएको छ। आफ्नो सन्तति...
फाल्गुन २० गते, २०८२ - २२:०२
काठमाडौँ । निर्वाचन आयोगले भोलि फागुन २१ गते हुने मतदानमा खारेज भएका उम्मेदवारहरूको चिह्नमा मत नहाल्न सर्वसाधारणलाई आग्रह गरेको छ। मतपत्रमा यी चिह्नहर...
फाल्गुन २० गते, २०८२ - २१:५७
दोलखा । देशकै सबैभन्दा सुरक्षा संवेदनशील जिल्लामध्ये पर्ने दोलखामा प्रतिनिधि सभा निर्वाचनको लागि सुरक्षा व्यवस्था कडा पारिएको छ। जिल्लाभर ९५ मतदा...
फाल्गुन २० गते, २०८२ - २१:४९
जनकपुरधाम । सिरहाको गोलबजार नगरपालिका–११ मा दुई राजनीतिक पक्षबीच भएको झडपमा तीन जना घाइते भएका छन्। घाइतेमध्ये एक जना वडाध्यक्षसमेत रहेका छन्। घाइ...
फाल्गुन २० गते, २०८२ - २१:४०
कोलम्बो । अमेरिकाले श्रीलंका नजिकै हिन्द महासागरमा भारतबाट फर्किरहेको एक इरानी युद्धपोतलाई आक्रमण गरी डुबाएको छ । श्रीलंकाली सरकारले दिएको जानकारी अनु...
फाल्गुन २० गते, २०८२ - २१:३४
विराटनगर । मतदान केन्द्रमा खटिएका एक जना कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ । बुधबार मोरङको सुनवर्षी नगरपालिका वडा नम्बर ६ स्थित पटियापाडा माविको (ग)...
फाल्गुन २० गते, २०८२ - २१:३२
चितवन । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभा निर्वाचन शान्तिपूर्ण वातावरणमा सम्पन्न हुनेमा आफू विश्वस्त...
फाल्गुन २० गते, २०८२ - २१:२७
सिन्धुली । बिपी राजमार्गअन्र्तगत सिन्धुलीको कमलामाई नगरपालिका–४ हिरापानीमा बसले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ। आज दिउँसो काठमाड...



प्रतिकृया लेख्नुहोस्: