Ntc summer Offer
Khabar Dabali ११ बैशाख २०८१ मंगलवार | 23rd April, 2024 Tue
NIMB

सहकारीमार्फत दूध बेचेरै किसानले एक वर्षमा कमाए ५ करोड

रासस

गलकोट । सहकारीमार्फत दूधको बजारीकरण गरी बागलुङका दुई पालिकाका किसानले एक वर्षमा रु पाँच करोड रकम भित्र्याएका छन् । बागलुङ नगरपलिका र काठेखोला गाउँपालिकाका १४ दुग्ध सहकारीमा आवद्ध किसानले आर्थिक वर्ष २०७७/७८ मा दूध बिक्री गरेर रु पाँच करोड १२ लाख २७ हजार आम्दानी गर्न सफल भएका छन् ।

सहकारीमार्फत सङ्कलन, प्रशोधन र बजारीकरण गर्दा यहाँका किसान दीर्घकालीनरूपमा नै आम्दानी गर्न सफल भएका हुन् । दूध उत्पादन गर्न सके बजारीकरणको जिम्मा सहकारीले लिने भएकाले आफूजस्ता किसानलाई सहज भएको काठेखोला–६ स्थित नमूना दुग्ध उत्पादक सहकारी संस्थाका उपाध्यक्ष तथा अगुवा कृषक बालानन्द कँडेलले बताए । 

चौधवटा सहकारीमा किसानले ल्याएको दूधलाई पुन: एकमुष्ट सङ्कलन, प्रशोधन तथा बजारीकरणको काम गर्दै आएको बागलुङ बजारस्थित बागलुङ दुग्ध उत्पादक सहकारी सङ्घले एक आवमा मात्रै किसानबाट रु पाँच करोड बढीको दूध खरिद गरेर बिक्री वितरण गरेको सहकारीका अध्यक्ष दीपक गौतमले बताए ।

“किसानले दूध उत्पादन गर्ने तर बजारको सुनिश्चितता नहुने मुख्य समस्या थियो, दूधलाई तापक्रम मिलाएर राख्नुपर्ने तथा दूध बिग्रेर खेर जाने समस्याका कारण किसानले दूध उत्पादनका लागि ठूलो लगानी गर्न नसकेको अवस्था थियो”, अध्यक्ष गौतमले भने, “किसान बिचौलियाको मारमा समेत पर्नाले धरासायी बन्ने अवस्थाको अन्त्य गर्न सहकारीमार्फत दूध सङ्कलन गरी सहकारीले नै घरघरमा पुर्‍याउने काम गर्दै आएको छ, अहिले सहकारीले किसानबाट सङ्कलन गरेको दुई हजार ५०० लिटर दूध दैनिक बिक्री भइरहेको छ, हामीले थोरै मुनाफा राखेर अरु रकम किसानलाई दिँदा किसानलाई दुग्ध व्यवसायप्रति उत्साह आएको छ ।” 

दूधलाई एकत्रित गर्ने ताजा दूध बिक्री गर्ने, बिक्री गरेर बचेको दूधको दुग्धजन्य पदार्थ जस्तै घ्यू, नौनी, छुर्पी, लस्सी, पनिरलगायतका काम गर्दै आएको अध्यक्ष गौतमले बताए । उनका अनुसार सहकारीले आव २०७७/७८ मा मात्रै किसानलाई रु पाँच करोड बढी दूध खरिदवापतको रकम भुक्तानी दिएको र सहकारी सङ्घसमेत रु ६० लाख खुद बचत गर्न सफल भएको छ । 

काठमाडौँमा निर्यात हुन्छ बागलुङको छुर्पी

बागलुङ दुग्ध उत्पादक सहकारी सङ्घमा झण्डै एक हजार ५०० किसानले धेरथोर दूध बजारीकरणका लागि पठाउँछन् । सङ्घले दूधसहित नौ प्रकारका दुग्धजन्य परिकार बिक्री तथा वितरणसमेत गर्दै आएको छ । 

त्यसमध्ये काठमाडौँ निर्यात हुने उत्पादन छुर्पी रहेको दुग्ध सहकारीका प्रबन्धक बैकुण्ठप्रसाद शर्माले जानकारी दिनुभयो । आव २०७७/७८ मा मात्रै रु २९ लाख ५५ हजारको दूधबाट बनेको परिकार छुर्पी बिक्री गरेको र अधिकांश छुर्पी काठमाडाँै निर्यात हुने उनको भनाइ छ । सहकारीले गत आवमा रु ४८ लाख ६६ हजारको दही, रु २० लाख ४४ हजारको घ्यू, रु २९ लाख १२ हजारको पनिर, रु एक लाख ८६ हजारको नौनी, रु एक लाख ९९ हजारको खुवा र रु आठ हजार ५६८ को लस्सी बिक्री गरेको छ । आफ्ना उत्पादनलाई बढाउँदै लैजाने र यस वर्ष रु ५० लाखको छुर्पी निर्यात गरी बागलुङलाई गुणस्तरीय छुर्पी उत्पादन हुने जिल्लाका रूपमा परिचय दिने सहकारी सङ्घको योजना रहेको अध्यक्ष गौतमले बताए । 

अहिले छुर्पीलाई सहकारी सङ्घले प्रतिकिलो रु एक हजार २०० मा बिक्री गर्दै आएको छ । सहकारीमा आवद्ध किसानले सहकारीमा आवद्ध भएर दूधको बजारीकरण गर्दा दूधको मूल्यमा समानता र बजारको सुनिश्चिता भएको बताएका छन् । सहकारी सङ्घमा १५ कर्मचारीले सङ्कलन भएको दूध बागलुङ बजारका घरघरमै लगेर बिक्री गरेर सेवा प्रदान गर्दै आएका छन् । सहकारीको उपयुक्त मोडलका रूपमा दूग्ध सहकारी विकास भएको र बागलुङ दुग्ध उत्पादक सहकारी सङ्घ देशकै नमूना दुग्ध उत्पादक सहकारी सङ्घका रूपमा स्थापित रहेको राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा सहकारी अभियानकर्मी रामबहादुर जिसीले जानकारी दिए  ।

कृषक सदस्यले उत्पादन गर्ने, सहकारी संस्थाले सङ्कलन गर्ने र सहकारी सङ्घले दुध तथा प्रशोधन गरी दुग्धजन्य पदार्थ बिक्री वितरण गरेर सहकारीको असल अभ्यास गरेको जिसीको भनाइ छ । “दैनिक एक हजार ५०० कृषकले आयआर्जन गर्ने अवस्था दुग्ध सहकारी सङ्घले गरेको छ, यसलाई थप व्यवस्थित गराउन सरोकारवालाले ध्यान दिनुपर्छ”, जिसीले भने ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies