सभामुख र विपक्षी दल एमालेको द्वन्दका कारण प्रतिनिधिसभामा मुडभेडको स्थिति सिर्जना भएको छ । आफुले निष्कासन गरेको १४ जना सांसदलाई सभामुखले कारवाही नगरी दल फुटाउने षड्यन्त्र गरेको आरोप लगाउँदै प्रमुख प्रतिपक्षी दल एमाले निरन्तर संसद अवरोध गर्दै आएको छ ।
सरकारमा रहँदा राष्ट्रपतिसँगको मिलेमतोमा संविधान विपरित दुई दुई पटक संसद विघटनको असफल प्रयास पछि प्रतिपक्षमा पुगेको एमालेले नै सर्वोच्चबाट पुर्नस्थापित संसद लगातार अवरुद्ध गर्दा समस्या जटिल बन्दै गएको छ ।
एमालेले रचनात्मक प्रतिपक्षको भुमिका खोजी भईरहेको बेला संसदमा अराजक गतिविधि जारी राखेपछि सभामुख अग्निप्रसाद सापकोटाले सोमबार सर्वदलीय बैठक आह्वान गरेका थिए । तर, आफ्ना माग वार्ता र छलफलबाट हल गर्नुको साटो सभामुखले बोलाएको बैठक नै बहिस्कार गर्नु एमालेको अलोकतान्त्रिक र अराजनीतिक चरित्र उदाङ्गो भएको कतिपयले आरोप लगाएका छन् ।
आफैले सभामुख विरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेर आफै संसद अवरुद्ध गर्न मिल्छ कि मिल्दैन ? के एमालेले आरोप लगाए जस्तै सभामुख सापकोटाले संविधान विपरित काम गरेका हुन् त ? यसै विषयमा खबरडबलीका संवाददाता गणेश पाण्डेले नेकपा एमालेकी नेतृ पद्मा अर्याल, नेकपा माओवादी केन्द्रकी नेतृ ओनसरी घर्ती र नेकपा एकीकृत समाजवादीकी नेतृ कल्याणिकुमारी खड्कासंग बहस गरेका छन्–
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २९ गते, २०८१ - १५:५२
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधनजस्तो जटिल र संवेदनशील विषयमा खेलवाड नगर्न आग्रह गरेका छन् ।समावेशीतालाई खारेज गर्ने...
आषाढ़ २९ गते, २०८१ - १२:१९
काठमाडौं। असार : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नैतिक प्रश्न उठ्ने गरी तदर्थ सरकार चलाउन आफूलाई कुनै रूचि नभएको प्रष्ट पार्नुभएको छ । प...
बैशाख २८ गते, २०८१ - ०८:३९
काठमाडाैं । राइटपाथ करियर काउन्सिलिङले यहि आउदाे वैशाख २९ गतेदेखि जेठ ८ गतेसम्म देशका प्रमुख सहरहरूमा 'ग्राण्ड एजुकेशन कन्क्लेभ' आयाेजना गर्ने...
बैशाख २७ गते, २०८१ - १५:४१
काठमाडौं । नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघले नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई कर्पोरेट एक्सिलेन्सी अवार्डबाट सम्मानित गरेको...
बैशाख १८ गते, २०८१ - १७:२८
काठमाडौं । ‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ भन्ने मूल नारा सहित आगामी वैशाख २० गते मनाउन लागिएको राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस ...
बैशाख २ गते, २०८१ - १५:०८
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका, रिठ्ठेमा जन्मिएकी श्रद्धा अधिकारी ‘मिस्टर एण्ड मिस नेशनल २०२४’ मा प्रतियोगी नम्बर २३ हुन् । गत...
माघ ४ गते, २०८० - १५:२२
बागलुङ । बागलुङमा व्यवसायी दुर्गा प्रसाईंमाथि हातपात भएको छ । बागलुङमा आयोजित सभालाई सम्बोधन गर्न पुगेका उनलाई लोकतान्त्रिक चोकमा हातपात भएको हो ।...
मंसिर १५ गते, २०८० - १६:२५
काठमाडौं । भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोप बहादुर रायमाझीसहित ८ जनालाई पुर्पक्षका लागी थुनामा राख्ने आदेश सदर भएको छ । उच्च अदालत पाटनका...
मंसिर १४ गते, २०८० - १०:१५
बैतडी । नेकपा एमालेले आजबाट मध्य पहाडी लोकमार्ग केन्द्रीत विशेष अभियान सुरु गरेको छ । एमालेका अध्यक्ष अध्यक्ष केपी शर्मा ओलीले बैतडीको झुलाघाटमा झन...
मंसिर १४ गते, २०८० - १०:०५
काठमाडौं। मंसिर ११ देखि भारतको नयाँ दिल्लीमा सुरुभएको विश्व बौद्ध शिखर सम्मेलनको तेस्रो महाधिवेशनबाट संविधानसभा सदस्य तथा लुम्बिनी विकास कोषका उपाध्यक...
प्रतिकृया लेख्नुहोस्: