Khabar Dabali ४ असार २०८३ बिहीबार | 18th June, 2026 Thu
Investment bank

बेरोजगार बनेका सौराहाका होटल मजदूरलाई संरचना निर्माणमा लगाइने

खबरडबली संवाददाता

चितवन । बेरोजगार बनेका सौराहाका होटल मजदूरलाई विकास निर्माणमा परिचालन गरिने भएको छ । उनीहरुलाई पर्यटकीय प्रवद्र्धन गर्ने संरचना निर्माणमा लगाइने भएको हो ।

प्रधानमन्त्री युवा स्वरोजगार कार्यक्रम र पर्यटन बोर्डको सहयोगमा सौराहाको राप्ती किनारमा रहेको सौराहा भिजिटर सेन्टरलाई आकर्षक बनाउन लागिएको हो । रत्ननगर नगरपालिका र क्षेत्रीय होटल सङ्घ चितवनका अगुवाइमा काम गर्न लागिएको हो । 

नगरप्रमुख नारायण वनका अनुसार सो ठाउँमा झाडी फाँडेर तलाउ बनाइने छ । यससँगै तलाउ माथिबाट राप्तीको ढिकमा जाने गरी काठको पुल राखिने छ ।

भिजिटर सेन्टरमा आकर्षक बगैँचा बनाइने छ । सोही ठाउँमा सार्वजनिक शौचालय, बस्ने ठाउँलगायतका निर्माणका काम हुने छन् । उनले भने, “बेरोजगार रहेका मजदूरलाई काम दिइने छ भने सौराहा किनार आकर्षक बन्ने छ ।” प्रधानमन्त्री युवा स्वरोजगार कार्यक्रमबाट रु ९० लाख र पर्यटन बोर्डबाट रु ६० लाख बजेट निकासा भएको छ । यो रकममध्ये ७५ प्रतिशत मजदूरका लागि काम गरेबापत भुक्तानी गरिने छ । सो क्षेत्रमा रहेको सङ्ग्रहालयलाई पनि स्तरीय बनाइने छ ।

नगरप्रमुख वनका अनुसार एक व्यक्तिले दैनिक रु एक हजार ज्याला पाउने छन् । मजदूरले गर्ने काम बढी हुने गरी योजना बनाइएको छ । क्षेत्रीय होटल सङ्घ चितवनका अध्यक्ष दीपक भट्टराईका अनुसार सौराहाका होटल तथा रेष्टुराँमा पाँच हजार ५०० मजदूरले काम गर्दछन् । 

कोभिडसँगै न्यून मजदूरले काम पाएका छन् भने अधिकांश बिदामा रहेका छन् । यस संरचनामा काम गर्न सक्ने मजदूर मात्र एक हजारभन्दा बढी छन् । सङ्घले आह्वान गरेको सूचनामा हालसम्म ५०० ले काम गर्न इच्छा व्यक्त गर्दै नाम टिपाएका छन् । यसका लागि होटलले सिफारिस गर्नुपर्ने हुन्छ । 

उनले भने, “हाम्रो पहलका कारण धेरथोर सहयोग मजदूरलाई हुँदैछ ।” यससँगै राप्ती किनार पर्यटकका लागि अकर्षक बन्ने छ ।
 
भिजिटर सेन्टरसँगै बन्न लागेको तलाउमा उद्धार गरिएका गोहीलाई छाडिने छ । त्यहाँ माछा पनि राखिने भएको हुँदा यसले पर्यटकलाई थप अकर्षित बनाउने उनको भनाइ छ । सौराहाको होटल जङ्गल क्राउनका प्रमुख कार्यकारी अधिकृत सन्तोष गिरीले यसबाट बिदामा बस्न बाध्य भएका मजदूरलाई केही राहत हुने वताए । 

निषेधाज्ञासँगै होटल सञ्चालन हुन नसक्दा सञ्चालक र मजदूर दुवै मारमा परेको उनको भनाइ छ । पर्यटकीय क्षेत्र थप रमणीय बनाउँदै मजदूरलाई काम दिने गरी योजना बन्नुले सबैलाई ऊर्जा थपेको उनले जानकारी दिए ।
 
नगरपालिकाले भिजिटर सेन्टर नजिकै राप्तीको डिलमा १२० मिटर लामो पैदलमार्ग बनाइरहेको छ । राप्ती नदी किनारमा बसेर सूर्यास्थ र चितवन राष्ट्रिय निकुञ्जको रमणीय दृश्य हेर्न सकिने गरी पथ निर्माण गरिएको हो । त्यहाँबाट राप्ती नदीमा खेली रहेका गोहीसमेत देख्न सकिन्छ । सो पथमा ठूला ठूला तीनवटा ढुङ्गासमेत राखिएको छ । ती ढुङ्गामा संरक्षणका क्रममा ज्यान गुमाएका तल्लो तहका कर्मचारी र पर्यटनकर्मीको आकृति कुदिने छ । भुइँमा ढुङ्गा बिच्छ्याइँदै छ । छेउमा काठको रेलिङ रहने छ भने सो रेलिङमा जुटको डोरी बाँधिने छ । झण्डै रु ३१ लाखको लागतमा यो संरचना बनिरहेको नगर प्रमुख वनले जानकारी दिए ।
 
देशकै तेस्रो पर्यटकीय गन्तव्य सौराहाको पर्यटन प्रवद्र्धनका लागि स्थानीय सरकारको तर्फबाट सक्ने सहयोग नगरपालिकाले गरिरहेको उनले बताए। कोभिड घटेसँगै सौराहाका व्यवसायी उत्साहित भएका छन् । जङ्गल क्राउनका प्रमुख कार्यकारी अधिकृत सन्तोष गिरीले भने, “रुम बुकिङ्का लागि  जानकारी लिनेको संख्या बढेको छ । हामी आशावादी छौँ सौराहा अब पूर्ववत् अवस्थामा फर्कने छ ।” सौराहामा १२० पर्यटकीय होटल र १०० हाराहारी रेष्टुराँ छन् ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चिया उद्योग संकटमा, भारतसँग तत्काल वार्ताको पहल गर्न नारायणकाजी श्रेष्ठको आग्रह

काठमाडौं । पूर्व उपप्रधानमन्त्री तथा पूर्व परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ ले नेपालको चिया उद्योग बन्द हुने अवस्था सिर्जना भएको भन्दै संकट समाधानक...

नवप्रवर्तन मन्त्रालयलाई चार अर्ब बजेट, अधिकांश रकम कार्यक्रमविहीन

काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महाविर पुनले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि मन्त्रालयलाई करिब चार अर्ब रुपैयाँ बजेट विनियोजन गरि...

मनसुन विपद् व्यवस्थापनमा प्रविधि र द्रुत उद्धारमा जोड : गृहमन्त्री गुरुङ

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले यस वर्षको मनसुनजन्य विपद् व्यवस्थापनमा ‘मन्त्रीको निरीक्षणभन्दा जनताको सुरक्षा’लाई प्राथमिकतामा राखिएको बताएका छन्।...

इन्धनको मूल्य घटाउन सांसद ताहिर अली भाटको माग

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ताहिर अली भाटले प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्ति तत्काल संसद्को रेकर्डबाट हटाउन माग गरेको छन् । ...

प्रतिपक्षको रचनात्मक भूमिकालाई कमजोरी नठान्न सांसद मल्लको आग्रह

काठमाडौँ। प्रतिपक्षी दल नेपाली कम्युनिष्ट पार्टीका सांसद रमेश मल्लले प्रधानमन्त्री वालेन्द्र साहको विवादास्पद अभिव्यक्ति र सत्ताको दुरुपयोगलाई लिएर सर...

संवैधानिक निकायका प्रमुखहरूलाई प्रधानमन्त्री कार्यालय बोलाएर धम्क्याउने काम भयो: कांग्रेस

काठमाडौं । विपक्षी दलका सांसदहरूले आज पनि बालेन शाहको अभिव्यक्तिमाथि प्रश्न उठाउँदै जवाफ माग गरेका छन्। प्रतिनिधिसभाको बैठकमा बोल्दै संवैधानिक पदाधिका...

सुनसरीबाट २०.१७ ग्राम ब्राउन सुगरसहित चार पक्राउ

इनरुवा । सुनसरीको कोशी गाउँपालिका क्षेत्रबाट २० दशमलव १७ ग्राम ब्राउन सुगर सहित चार पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरी, कोशी प्रदेश प...

खोलामा नुहाउन गएकी वृद्ध मृत फेला

कपिलवस्तु। कपिलवस्तुको बुद्धभूमि नगरपालिका–९ स्थित गुडरुङ खोलामा नुहाउन गएकी  ८० वर्षीय वृद्ध मृत अवस्थामा फेला परेको छ । मृत्यु हुनेमा बुद्धभूमि न...

राप्रपा कार्यालय खाली गर्न राजेन्द्र लिङ्देनलाई राजभण्डारीको ३५ दिने अल्टिमेटम

काठमाडौं । राप्रपाका पूर्वउपाध्यक्ष दिलविकास राजभण्डारी ले पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन लाई पार्टी कार्यालय रहेको आफ्नो घर ३५ दिनभित्र खाली गर्न अ...

पाल्हीनन्दन गाउँपालिकाले ल्यायो ५१ करोड १२ लाखको बजेट

पश्चिम नवलपरासी। पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ५१ करोड १२ लाख रुपियाँ बराबरको बजेट सार्वजनिक गरेको छ। ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending