Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

एमसीसी जस्ताको तस्तै पारित गर्नु हुन्न, संशोधन आवश्यक छ : डा. आचार्य

डा .सूर्यराज आचार्य

यो आइपिएसको रणनीति मात्र होइन, अमेरिकाले एसियान नेटो बनाउने छलफल गर्दै छ । अबको द्वन्द भनेको शक्तिराष्ट्र चीन र अमेरिकाबीच एशिया केन्द्रीत हुँदैछ । अहिले मुलुकमा एमसीसीको पक्ष विपक्ष दुवैतिर भ्रम रहेको देखिन्छ ।

एमसीसी अन्र्तगर्त आउन लागेको रकम ट्रान्समिसन लाइन विस्तार र सडकको स्तरउन्नतीका लागि हो । यो हाम्रो प्राथमिकताको विषय हो । हाम्रो विद्युत प्राधिकरणले बनाउँदा २२–२५ अर्बको लगानी हो । यो भनेको नेपाल सरकारले प्रत्येक वर्ष ५ अर्ब लगानी गर्यो भने सम्पन्न हुने कुरा हो । ४०० केबिका आयोजनाहरु सरकार आफैले बनाउन सक्छ । माथिल्लो तामाकोशी बनिसकेपछि प्राधिकरणले खर्च गर्ने ठाउँ छैन भन्ने सुनिन्छ । पहिला सरकारले यो कुरा बुझ्नु पर्यो । एमसीसीको कुरा गर्दा ट्रान्समिसनको लाइनलाई जोड्नु पर्ने कुरै छैन । हामीलाई ट्रान्समिसन लाइन चाहिएको हो । अहिले जसरी एमसीसी ल्याउन खोजिएको छ त्यो नेपालका लागि आवश्यक छैन किनभने अमेरिकाले हामीलाई अनुदान दिने हो भने त्यो अनुदानको सम्झौता अन्य देशले दिने अनुदान सम्झौता जस्तै हुनुपर्छ । 

जस्तै हाम्रा मित्रराष्ट्र चीन, भारत, जापान लगायतले ठुलठुला राजमार्ग, जलविद्युत बनाएका छन्, त्यसरी नै अमेरिकाले बनाउनु पर्छ । यसको अर्थ अमेरिकाको सहयोग चाहिदैन भनेको होइन । हाम्रा लागि उनीहरुको सहयोग पनि अति आवश्यक छ । तर, अहिलेसम्म पूर्वाधार विकासमा आएको सम्झौतालाई संसदमा जानु परेको छैन । र, लान आवश्यक नै छैन । यो अर्थमन्त्रालयले मात्र स्वीकृति दिए पनि हुन्थ्यो । किन दिएन ? यसका केही कारण छन् । यो सम्झौताको धारा ७.१ मा नेपालको कानून एमसीसी सम्झौता बाझियो भने लागू हुने भनिएको छ । यस हिसाबले धेरै ठाउँमा बाझिने कुराहरु छन् । सम्झौताको धारा ३.३ मा त अमेरिकाको मिलिनियम च्यालेन्ज ऐन २००३ को दफा ६ को ६०७ को व्यवस्थाहरु लागू हुन्छ भनेर लेखेको छ । 

अहिले नेताहरुले कहाँ अमेरिकाको कानून लागू हुन्छ भनेर सफेद झुट कुरा गरिरहनुभएको छ । उहाँहरुले जनतालाई झुक्याउँदै हुनुहुन्छ । अमेरिकी संसदले पास गरेको हुनाले नेपालको संसदमा लानु परेको भन्ने कुरा गरिरहनुभएको छ । त्यो ढाँट कुरा हो । संसदले पास गरेको होइन । एमसीसी बोर्डले पास गरेको हो । अर्को यहाँ राजनीतिक अस्थिरता छ त्यही भएर सदनमा लान खोजिएको हो भन्ने तर्क छ, त्यो पनि ढाँट कुरा हो । नेपालको सदनमा लानुको अर्थ यो सम्झौतामा हाम्रो कानूनसंग बाझिने ठाउँठाउँमा बुँदाहरु छन् । 

२५ अर्ब रुपैयाँमा टा«न्समिसन लाइन हामी आफै बनाउन सक्छौं भने अनुदानको नाममा सम्झौता हाम्रो कानूनभन्दा माथि हुने, हाम्रो सार्वभौमसत्ता, हाम्रो स्वाधिनतामाथि आँच आउने कुरा कदापी स्वीकार्य हुँदैन । त्यसैले यो सम्झौता जस्ताको तस्तै पास गर्न आवश्यक छैन । यसलाई नेपाल सरकारले हामी लिदैनौं भन्न सक्नु पर्यो । होइन यी बुँदाहरुमा चाहिँ संशोधन गर्र्छौ, अन्य देशले दिएको सम्झौता जस्तै बनाउँछौं  भन्यो भने संसदमा जानै पर्दैन ।
त्यसकारण पहिलो कुरा ट्रान्समिसन लाइन हामी आफै बनाउन सक्छौं । दोस्रो कुरा अमेरिका लगायत अन्य मित्रराष्ट्रको सहयोग लिनुपर्छ तर लिदाखेरी यस्ता किसिमका संसदबाट अनुमोदन गर्ने वा सन्धिको मान्यता पाउने गरी अनन्तकालसम्म बुँदाहरु लाग्ने गरी साहयता लिन उपयुक्त छैन ।

अमेरिकाले जसरी पनि संसदमा लानुपर्छ । यो सम्झौता जस्ताको तस्तै पास गर्नुपर्छ भनेर अडान लियो भने धन्यवाद भनेर अस्वीकृत गर्नुपर्छ । 

यद्यपी एमसीसी अमेरिकी सुरक्षा रणनीतिको एउटा औजार हो । अमेरिकाको परराष्ट्र रणनीति र सुरक्षा रणनीति एउटा औजार हो भन्ने उल्लेख छ । अमेरिकाको सरकारी दस्तावेजमा ठाउँठाउँमा लेखिएको छ । त्यसमाथि अमेरिकाका उच्च अधिकारीहरुले नै यो आइपीएसको एक अंग हो भनेर बोलिसकेका छन् । यति प्रष्टरुपमा तथ्यहरु सार्वजनिक भइसक्दा समेत नेता र बुद्धिजिविहरुको कपटी देख्दा उदेक लाग्दो छ । 

कांग्रेसका नेता एवं पूर्वअर्थमन्त्री डा. रामशरण महत जस्ता नेताले समेत ढाँटको राजनीति गर्नु उहाँलाई पटक्कै सुहाउँदैन । आम जनतालाई ढाँट्ने काम नगर्नुहोस । यस्ता कपटि कुराले व्यक्तिगतरुपमा पनि उहाँहरुलाई हित गर्दैन र मुलुकलाई पनि हित गर्दैन । एमसीसी नेपाली काँग्रेसका नेताहरुले व्याख्या गर्ने होइन । आइपिएस अन्र्तगर्तका अमेरिकी उच्च अधिकारीले बोलेका कुरा हुन् । यहाँका नेताहरुले जस्तो हावा कुरा उनीहरुले गर्दैनन् । 

यो आइपिएसको रणनीति मात्र होइन, अमेरिकाले एसियान नेटो बनाउने छलफल गर्दै छ । अबको द्वन्द भनेको शक्तिराष्ट्र चीन र अमेरिकाबीच एशिया केन्द्रीत हुँदैछ । अहिले मुलुकमा एमसीसीको पक्ष विपक्ष दुवैतिर भ्रम रहेको देखिन्छ । विपक्षीले सेना आउँछ, मिसाइल आउँछ, ट्रान्समिसन लाइनको जग्गा उनीहरुको हुन्छ भन्ने पनि भ्रम छरेका छन् ।  यस्तै सरकारको पक्षबाट यो विकासको योजना बाहेक केही होइन भन्ने कुरा पनि भ्रम हो । यो कपटि कुरा हो । यस्ता कुराले मुलुलाई दुरगामी प्रभाव र संकट उत्पन्न हुन्छ । 

(डा. आचार्य नेपाल सरकारका पूर्वसचिव एवं पूर्वाधार बिज्ञ हुन्)

Tags mcc
Khabardabali Desk

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दुर्गा प्रसाईमाथि कुटपिट

बागलुङ । बागलुङमा व्यवसायी दुर्गा प्रसाईंमाथि हातपात भएको छ ।  बागलुङमा आयोजित सभालाई सम्बोधन गर्न पुगेका उनलाई लोकतान्त्रिक चोकमा हातपात भएको हो ।...

भुटानी शरणार्थी प्रकरण : रायमाझि पुर्पक्ष थुनाको फैसला, खाँडका विषयमा राय बाझियो

काठमाडौं । भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोप बहादुर रायमाझीसहित ८ जनालाई पुर्पक्षका लागी थुनामा राख्ने आदेश सदर भएको छ ।  उच्च अदालत पाटनका...

एमालेको मेची–महाकाली अभियान सुरु

बैतडी । नेकपा एमालेले आजबाट मध्य पहाडी लोकमार्ग केन्द्रीत विशेष अभियान सुरु गरेको छ । एमालेका अध्यक्ष अध्यक्ष केपी शर्मा ओलीले बैतडीको झुलाघाटमा झन...

ल्यार्काल लामा आइविसिको सभापतिमा निर्बाचित

काठमाडौं। मंसिर ११ देखि भारतको नयाँ दिल्लीमा सुरुभएको विश्व बौद्ध शिखर सम्मेलनको तेस्रो महाधिवेशनबाट संविधानसभा सदस्य तथा लुम्बिनी विकास कोषका उपाध्यक...

दुर्गा प्रसाईको महंगो गाडीमा केपी ओली चढ्दै

काठमाडौं । राजतन्त्र फर्काउने अभियानका अभियान्ताका रुपमा चिनिएका दुर्गा प्रसाईले चढ्ने गरेको करिब ५ करोड रुपैँयाको ल्याण्डक्रुजर भि ८ गाडी केपी ओलीले ...

बल्खुमा फेरि तनाव : प्रहरीमाथि हातपात गरेपछि दुर्गा समथर्थकमाथि अश्रुग्याँस प्रहार

काठमाडौं । काठमाडौँको बल्खुमा प्रहरी र दुर्गा प्रसाईंको समूहबिच झडप भएको छ । प्रसाईका समर्थकले ब्यरिकेटमा बसिरहेका प्रहरीलाई हातपात गरेपछि  प्रहरीले प...

प्रधानमन्त्री प्रचण्ड सगरमाथाको आधारशिविर कालापत्थरमा

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सगरमाथाको आधारशिविर कालापत्थरबाट शान्तिदीप यात्रा तथा राष्ट्रिय झण्डोत्तलन कार्यक्रमको शुभारम्भ गर...

जापानविरुद्द नेपालको सान्त्वना जित

काठमाडौं । चार देशीय महिला टी–२० सिरिज अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले सान्त्वना जित निकालेको छ । आज भएको खेलमा जापानलाई ६७ रनले हराउँदै न...

लप्सीफेदीमा सुरक्षाकर्मी र स्थानीयबिच झडप, डीएसीसहित ३ घाइते

काठमाडौं । काठमाडौंको लप्सीफेदीमा स्थानीय र प्रहरीबिच झडप हुँदा डीएसपी सहित ३ प्रहरी घाइते भएका छन् ।  शंखरापुर नगरपालिका ३ लप्सीफेदीमा विद्युतप्रा...

क्रिकेटर मोहम्मद शामीलाई पक्राउ नगर्न मुम्बई पुलिसलाई दिल्ली पुलिसको रोचक आग्रह

काठमाडौं । मानिसहरुबिच सोसल साईड एक्समा दिल्ली पुलिसको एउटा आग्रह देखेर चर्चापरिचर्चा चलिरहेको छ ।  बुधबार भारतमा जारी एकदिवसीय क्रिकेट अन्तर्गत भा...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies