काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन निर्धारित समयमै टुंगिन नसक्दा प्रतिनिधिसभा बैठक लगातार तेस्रो पटक स्थगित भएको छ। पार्टीका मन्त्री र सांसदहरू महाधिवेशनमै व्यस्त भएपछि संसदका महत्वपूर्ण विधेयक र बजेटसम्बन्धी कार्यसूची प्रभावित बनेका छन्। यसले सत्तारुढ दलको प्राथमिकता र संसदीय जिम्मेवारीमाथि प्रश्नसमेत उठाएको छ।
सभामुख डोलप्रसाद अर्यालको निर्देशनमा संघीय संसद् सचिवालयले शुक्रबार दोस्रो सूचना जारी गर्दै प्रतिनिधिसभा बैठक आइतबार बिहान ११ बजेसम्मका लागि सारेको जनाएको छ।
बैठकमा प्रधानमन्त्रीको तर्फबाट महालेखापरीक्षकको ६२औँ वार्षिक प्रतिवेदन पेश गर्ने, सार्वजनिक खरिद, सम्पत्ति शुद्धीकरण, सहकारी तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग सम्बन्धित संशोधन विधेयक दर्ता गर्ने कार्यसूची थियो। त्यस्तै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयकमाथिको छलफल तथा पारित गर्ने प्रस्ताव पनि पेश गर्ने कार्यक्रम थियो। तर सम्बन्धित मन्त्रीहरू महाधिवेशनमै केन्द्रित भएपछि बैठक बस्न सकेन।
रास्वपाले असार ७ देखि ९ गतेभित्र महाधिवेशन सम्पन्न गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो। तर केन्द्रीय समिति र पदाधिकारी चयनमा सहमति जुट्न नसक्दा महाधिवेशन लम्बिएको हो।
सभापति रवि लामिछानेले अधिकांश पदमा सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास गरे पनि त्यो सफल हुन सकेन। केन्द्रीय समिति चयनपछि पदाधिकारी पनि सहमतिमै टुंग्याउने प्रयास अन्ततः निर्वाचनमै पुगेपछि महाधिवेशन अपेक्षाभन्दा लामो समयसम्म तानिएको हो।
एउटा दलको आन्तरिक कार्यक्रमका कारण जनप्रतिनिधिहरूको सर्वोच्च थलो संसद पटक–पटक प्रभावित हुनु उचित हो वा होइन भन्ने बहस अहिले राजनीतिक वृत्तमा चर्किएको छ। विपक्षी मात्र होइन, सर्वसाधारणले पनि सत्तारुढ दलले पार्टीको आन्तरिक राजनीति र संसदीय जिम्मेवारीमध्ये कुनलाई प्राथमिकता दिएको हो भन्ने प्रश्न उठाउन थालेका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १३ गते, २०८३ - ०९:२८
विराटनगर । जेनजी आन्दोलनका क्रममा विराटनगरमा भएको आगजनी र तोडफोड घटनाका मुख्य अभियुक्त ताजिम अन्सारीलाई जिल्ला अदालत मोरङले पुर्पक्षका लागि थुनामा पठा...
आषाढ़ १३ गते, २०८३ - ०९:२३
विराटनगर । विराटनगरमा कांग्रेस नेता अभिषेक गिरीको घरमा प्रहरीले खानतलासी गरेको छ । शनिबार बिहान जिल्ला प्रहरी कार्यालय मोरङको प्रहरी टोलीले विराटनगर–१...
आषाढ़ १३ गते, २०८३ - ०९:२०
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आर्थिक अवस्था कमजोर भएका परिवारको घर–टहरा निर्माणमा श्रमदान गर्न आह्वान गरेका छन्। सामाजिक...
आषाढ़ १३ गते, २०८३ - ०९:१३
काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले आफ्नै मन्त्रालयका लागि योग्य सचिवको खोजी सामाजिक सञ्जालमार्फत गरेका छन्। मन्त्री पु...
आषाढ़ १३ गते, २०८३ - ०९:०३
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन निर्धारित समयमै टुंगिन नसक्दा प्रतिनिधिसभा बैठक लगातार तेस्रो पटक स्थगित भएको छ। पार्टीका ...
आषाढ़ १३ गते, २०८३ - ०८:५९
झापा । झापाको भद्रपुरमा दुई फरक घटनामा किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा भद्रपुर नगरपालिका–५ का १९ वर्...
आषाढ़ १३ गते, २०८३ - ०८:४७
काठमाडौं । कञ्चनपुर र कैलालीका विभिन्न स्थानबाट प्रहरीले खैरो हेरोइनसहित ६ जनालाई पक्राउ गरेको छ। पक्राउ परेकामध्ये एक जना १८ वर्षीय किशोरसमेत रहेका छ...
आषाढ़ १३ गते, २०८३ - ०८:४५
काठमाडौं । गायक अजय आरएन र चर्चित लोकदोहोरी गायिका शान्तिश्री परियारको स्वरमा नयाँ लोकदोहोरी गीत ‘पिर दियौ’ सार्वजनिक भएको छ। प्रेम, पीडा र भावनात्मक ...
आषाढ़ १३ गते, २०८३ - ०८:४३
काठमाडौं । एभरेष्ट सूर्य बोहरा निर्देशीत फिल्म ‘चमेलीको पोइ’ को नयाँ पोस्टरले चर्चा पाएको छ । १६ असोजबाट बिश्वब्यापी प्रदर्शनमा आउन लागेको फिल्मको शु...
आषाढ़ १३ गते, २०८३ - ०८:३९
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबार सार्वजनिक गरेको थोक मूल्यसूचीअनुसार सानो (लोकल) गोलभेडाको मूल्य प्रतिकिलो ८ देखि १० रुप...



प्रतिकृया लेख्नुहोस्: