Ntc summer Offer
Khabar Dabali ११ बैशाख २०८१ मंगलवार | 23rd April, 2024 Tue
NIMB

एमसीसी श्रीलङ्कामा जस्तै सरकारले नो भन्न सक्नुपर्छ : डा के.सी.

डा. सुरेन्द्र केसी

मेरो विचारमा एमसीसीलाई तन्काउनु र फन्काउनु पर्नेमा केही जटिल नै छैन । श्रीलङ्काले जसरी नो भन्दिए पुग्छ । नेताहरु मनपरी गर्ने तर विरोध गर्न नसक्ने नेपाली जनता भेडा हुन् । एउटा विषयलाई लिएर मुुलुक नै दुई कित्तामा बाँडिनु पर्ने, रातोपिरो हुनुपर्ने । लाठीमुङ्

नेपाली जनताको भावना बुझ्ने हो भने एमसीसी कुनै हालतमा पास नगर्नुपर्ने हो । तर, तीनै जनताले चुनेका प्रतिनिधिहरु त्यहाँ छन् । त्यसैले उनीहरुले जे चाहे त्यहि गर्छन् हामी बोल्नुको के अर्थ हुन्छ ? सार्वभौमसत्ता जनताले योग्य छ भनेर उनीहरुलाई संसद र सरकारमा पठाएका हुन् । यसमा कि त हामीले पहिल्यै तिमिहरु योग्य छैन भन्नु पथ्र्यो । उनीहरुलाई जिताएर पठाउनुहुने थिएन । होइन भने यीनीहरुलाई नै बारम्बार सत्तामा पठाउने अनि राम्रो काम गरेन भनेर आक्रोसित हुनुको के अर्थ छ र ? नेताहरुलाई घेराउ गर्नुपर्नेमा अमेरिकन दुतावास घेर्न जाने, उनीहरुको कार्यकर्ता बोल्नुपर्नेमा आम जनता बोल्नु पर्ने यो सब उल्टो गतिमा मुलुक गइरहेको छ  । उनीहरु बोनाफाइट प्रतिनिधि हुन् । नेपाली जनताले उनीहरुलाई त्यहाँ पठाएको हो । भित्रभित्रै अनुचित साँठगाँठ गर्दैनन् भन्ने हाम्रो विश्वास हो । आम जनताको विश्वास घात गर्छन् भने त्यसको परिणाम भोग्नुपर्छ । 

अफगानिस्थानमा विदेशी सेनाको परेडले कस्तो असर गर्यो त्यो सबैले बुझेकै छन् । नेपालमा पनि त्यस्तै परिणाम भोग्ने दिन आउन सक्छ । दुष्परिणामको मूल्याङन गर्ने आधिकारिक निकाय हामी होइन । अब उनीहरु नै देशलाई प्रतिकुल हुने काम गर्छन् भने कसलाई दोष दिने ? कि त हामीले प्रतिनिधि बदल्नु सक्नु पर्यो, कि त नियति भोग्नु पर्यो ।

विरोध गरेरमात्र होइन अब आम जनताले आत्मासमिक्षा गर्नुपर्यो । हामीले कस्तालाई जिताएर पाठायौं ? कहाँ भोट हाल्यौं ? भविष्यमा यस्ता दुर्घटना ननिम्ताउन जागरुक र सचेत हुनुको विकल्प छैन । हामीले शत्तापक्षको खबरदारी गर्दै आएको तीस वर्ष भयो तर उनीहरुले हामीमाथि के आरोप लगाए भने यो सबै पद पाउनका लागि हो भन्ने अर्थमा बुझे । चौतर्फि विरोध हुँदा हुँदै पनि एमसीसी संसदबाट पास गरिन्छ भने यसलाई नियति सम्झिनु पर्छ ।  नियति भोग्दै जानुको कुनै विकल्प छैन । कि सहि प्रतिनिधित्व, कि बुहार्तन खप्नु बाहेक विकल्प छैन । 

मेरो विचारमा एमसीसीलाई तन्काउनु र फन्काउनु पर्नेमा केही जटिल नै छैन । श्रीलङ्काले जसरी नो भन्दिए पुग्छ । नेताहरु मनपरी गर्ने तर विरोध गर्न नसक्ने नेपाली जनता भेडा हुन् । एउटा विषयलाई लिएर मुुलुक नै दुई कित्तामा बाँडिनु पर्ने, रातोपिरो हुनुपर्ने । लाठीमुङ्ग्रो खानुपर्ने यस्तो पनि शासक हुन्छ ? केपी ओली प्रतिगामी भए भनेर अग्रगामी सरकार ल्याएको होइन ? एक महिना नबित्दै सत्ताको उन्माद देखिसक्यो । कसैले कुकर्म गर्छ भने त्यसको फल कहिल्यै सुकर्म हुँदैन । नेपाली जनताले यो बुझ्न आवश्यक छ । 

(डा. के.सी. राजनीतिक विश्लेषक एवं इतिहासविद् हुन्)

Tags mcc
Khabardabali Desk

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काभ्रेपलाञ्चोककी श्रद्धा: मेडिकल अध्ययनदेखि मिस्टर एण्ड मिस नेशनलसम्म

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका, रिठ्ठेमा जन्मिएकी श्रद्धा अधिकारी ‘मिस्टर एण्ड मिस नेशनल २०२४’ मा प्रतियोगी नम्बर २३ हुन् । गत...

दुर्गा प्रसाईमाथि कुटपिट

बागलुङ । बागलुङमा व्यवसायी दुर्गा प्रसाईंमाथि हातपात भएको छ ।  बागलुङमा आयोजित सभालाई सम्बोधन गर्न पुगेका उनलाई लोकतान्त्रिक चोकमा हातपात भएको हो ।...

भुटानी शरणार्थी प्रकरण : रायमाझि पुर्पक्ष थुनाको फैसला, खाँडका विषयमा राय बाझियो

काठमाडौं । भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोप बहादुर रायमाझीसहित ८ जनालाई पुर्पक्षका लागी थुनामा राख्ने आदेश सदर भएको छ ।  उच्च अदालत पाटनका...

एमालेको मेची–महाकाली अभियान सुरु

बैतडी । नेकपा एमालेले आजबाट मध्य पहाडी लोकमार्ग केन्द्रीत विशेष अभियान सुरु गरेको छ । एमालेका अध्यक्ष अध्यक्ष केपी शर्मा ओलीले बैतडीको झुलाघाटमा झन...

ल्यार्काल लामा आइविसिको सभापतिमा निर्बाचित

काठमाडौं। मंसिर ११ देखि भारतको नयाँ दिल्लीमा सुरुभएको विश्व बौद्ध शिखर सम्मेलनको तेस्रो महाधिवेशनबाट संविधानसभा सदस्य तथा लुम्बिनी विकास कोषका उपाध्यक...

दुर्गा प्रसाईको महंगो गाडीमा केपी ओली चढ्दै

काठमाडौं । राजतन्त्र फर्काउने अभियानका अभियान्ताका रुपमा चिनिएका दुर्गा प्रसाईले चढ्ने गरेको करिब ५ करोड रुपैँयाको ल्याण्डक्रुजर भि ८ गाडी केपी ओलीले ...

बल्खुमा फेरि तनाव : प्रहरीमाथि हातपात गरेपछि दुर्गा समथर्थकमाथि अश्रुग्याँस प्रहार

काठमाडौं । काठमाडौँको बल्खुमा प्रहरी र दुर्गा प्रसाईंको समूहबिच झडप भएको छ । प्रसाईका समर्थकले ब्यरिकेटमा बसिरहेका प्रहरीलाई हातपात गरेपछि  प्रहरीले प...

प्रधानमन्त्री प्रचण्ड सगरमाथाको आधारशिविर कालापत्थरमा

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सगरमाथाको आधारशिविर कालापत्थरबाट शान्तिदीप यात्रा तथा राष्ट्रिय झण्डोत्तलन कार्यक्रमको शुभारम्भ गर...

जापानविरुद्द नेपालको सान्त्वना जित

काठमाडौं । चार देशीय महिला टी–२० सिरिज अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले सान्त्वना जित निकालेको छ । आज भएको खेलमा जापानलाई ६७ रनले हराउँदै न...

लप्सीफेदीमा सुरक्षाकर्मी र स्थानीयबिच झडप, डीएसीसहित ३ घाइते

काठमाडौं । काठमाडौंको लप्सीफेदीमा स्थानीय र प्रहरीबिच झडप हुँदा डीएसपी सहित ३ प्रहरी घाइते भएका छन् ।  शंखरापुर नगरपालिका ३ लप्सीफेदीमा विद्युतप्रा...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies