Khabar Dabali २१ फाल्गुन २०८२ बिहीबार | 5th March, 2026 Thu
Investment bank

एमसीसी लागू भए अमेरिकी सेना आउँछ- भीम रावल

खबरडबली संवाददाता

काठमाडौँ । एमाले उपाध्यक्ष भीम रावलले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) सम्झौताको तुलना सन् १९५० को नेपाल–भारत सन्धिसँग गरेका छन् । १९५० को सन्धिको उदाहरण दिँदै उनले एमसीसी सम्झौता पनि त्यस्तै भएको जिकिर गरे ।

कार्की ब्यांकेट बबरमहलमा शनिबार एमालेद्वारा आयोजित एमसीसीलगायत पार्टीको आगामी रणनीतिबारे विशेष अन्तर्क्रिया कार्यक्रममा रावलले १९५० को सन्धिले नेपाली भूमि भारतीय कब्जामा गएजस्तै एमसीसी सम्झौताले नेपाल अमेरिकाको अधीन रहनुपर्ने तर्क गरे ।

‘यसको विभिन्न धारामा नेपालको स्वतन्त्रता र स्वाधीनतामाथि आँच आउने कुराहरु छ । सम्झौता असीमित समयसम्म नेपालमा हुने भन्ने छ । मिलिनियम च्यालेञ्ज कर्पोरेशनको स्वामित्व हुने, उसको अधीनमा हुने भन्ने छ । भोलि नेपाल सरकारले त्यो प्रसारण लाइनमा मर्मत गर्नुपर्‍यो भने गर्न सक्दैन । एमसीसीको अनुमति लिनुपर्छ । अनि नेपालको भूमि विदेशीहरुको कब्जामा गएन ? १९५० को असमान सन्धि के हो ? यो सन्धि नेपाली भूमिमा भारतीय कब्जा हो । नेपालको अधीनमा छैन । एमसीसी पनि त्यस्तै हो,’ उनले भने ।

रावलले सम्झौतामा अमेरिकी कानुन मान्नुपर्ने उल्लेख गरिएको भन्दै भविष्यमा अमेरिकाले सेना नेपाल पठाउने कानुन बनाए त्यो पनि मान्नुपर्ने र त्यहीँ कानुनको बलमा अमेरिकी सेना नेपाल आउनसक्ने अनुमान गरे ।

‘सम्झौतामा नेपालको कानुनभन्दा माथि हुने, अमेरिकी संघीय कानुन मान्नुपर्ने भनेको छ । अहिलेको अमेरिकी कानुन पनि मान्नुपर्छ । भविष्यमा कुनै कानुन बनाए त्यो पनि मान्नुपर्छ । अमेरिकाले भविष्यमा नेपालमा सेना राख्नुपर्छ भन्ने कानुन बनायो भने त्यो नेपालले मान्नुपर्छ । अनि नेपालको स्वतन्त्रता रहन्छ ? केका लागि सत्तामा बस्नेहरु यो सम्झौता पास गराउन टाउको फोडेर लागिपरेका छन् ?’ उनले प्रश्न गरे ।  

रावलले अस्थिर राजनीति भएका बेला एमसीसी सम्झौता गरिएको भन्दै अहिले अस्थिर राजनीति भएकै बेला पास गराउने षडयन्त्र भइरहेको र यसमा देशभक्त नेपाली जनता सजग हुनुपर्ने आह्वान गरे । नेपालले स्वतन्त्र परराष्ट्र नीति अपनाएको भन्दै एमसीसी सम्झौतामा जानेवित्तिकै त्यो कायम नरहने उनले चेतावनी दिए । उनले नेपाली जनतालाई नझुक्याउन पनि आग्रह गरे ।

नेता रावलले सम्झौतामा भारतसँग सहमति लिनुपर्ने भन्दै राखिएको प्रावधानमा पनि आपत्ति जनाए । यो सम्झौता अमेरिकासँग गरिएको हो कि भारतसँग भन्दै उनले प्रश्न गरे । दुई देशबीच मात्रै विकासका लागि गरिएको सम्झौता हो भने भारतलाई किन जोडियो भनी उनले प्रश्न गरे । यसले नेपाल भन्ने देश स्वतन्त्र छैन भन्ने देखाउने रावलको तर्क छ । ‘अनि भारत र अमेरिका मिलेर नेपालमा दाइँ गर्ने कुरा देशभक्त नेपालीलाई स्वीकार्य हुन्छ ? के नेपाल विदेशीको उपकरण हो ?’ उनले प्रश्न गर्दै भने ।

पूर्व–पश्चिम विद्युत प्रसारण लाइनमा सिन्धुपाल्चोक नजोडिएको, तर एमसीसीमा जोडिएको र त्यो चीनसँग जोडिएको हुनाले एमसीसीमा समावेश गरिएको उनको दाबी छ ।

रावलले एमसीसीभित्र थुप्रै गोप्य सम्झौता भएको र कार्यान्वयन सम्झौता अझ खतरनाक रहेको टिप्पणी गरे । ‘यो भन्दा देशको स्वाधीनतामाथिको प्रहार के हुनसक्छ ?, उनले प्रश्न गरे, ‘रेडियो, टेलिभिजनबाट विज्ञापन गरेर जनतालाई भ्रम छरिएको छ । कुनै देशले दिने अनुदानको बारेमा अर्को देशले यसरी झ्याली पिटेको देख्नुभा’छ कहिले ? योभन्दा राष्ट्रको अपमान के हुन्छ ?’

रावलले एमसीसी सम्झौता असमान रहेको, सार्वभौम समानताको सिद्धान्तअनुरूप नभएको र यसमा भएका कतिपय प्रावधानले नेपालको आत्मनिर्णयको अधिकार र स्वाधीनता कमजोर बनाउने पनि उल्लेख गरे । अमेरिकाबाट सहायता लिनु नपर्ने भनेर आफूले नभनेको, तर आफ्नो मातृभूमिको चिरहरण गरेर यो सम्झौता लागू गर्न नसकिने उनको भनाइ छ । सम्झौतामा व्यापक संशोधनको आवश्यकता रावलले औंल्याए । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काठमाडौंमा कहाँ कहाँ हुँदैछ मतगणना ?

काठमाडौँ  ।  प्रतिनिधिसभा सदस्यको निर्वाचन आज सम्पन्न भएसँगै मतगणना तयारी भइरहेको छ । काठमाडौँको क्षेत्र नं १ को मतगणना सहकारी विभागमा हुँदैछ । त्य...

दाङका दुई मतदान केन्द्रमा स्थानीयद्वारा मतदान बहिस्कार

रुपन्देही ।  दाङ निर्वाचन क्षेत्र नं ३ अन्तर्गतका दुई मतदान केन्द्रमा स्थानीयले मतदान बहिस्कार गरेका छन्। जिल्लामा तीन निर्वाचन क्षेत्र रहेका छन्। ...

पूर्वप्रधानमन्त्री देउवा विदेशमा अन्य शीर्ष नेताहरूले गरे मतदान

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनका क्रममा प्रधानमन्त्री, पूर्वराष्ट्रपति, पूर्वप्रधानमन्त्री तथा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूले मतदान गरे...

सन्ततिको भविष्यका लागि जेष्ठनागरिक पनि मतदानमा

काठमाडौँ । देशभर प्रतिनिधि सभा निर्वाचनका क्रममा युवापुस्ता केन्द्रमा देखिए पनि जेष्ठनागरिकहरूको सक्रिय सहभागिता पनि उल्लेखनीय देखिएको छ। आफ्नो सन्तति...

खारेज भएका उम्मेदवारको चिह्नमा मत नहाल्न आयोगको आग्रह

काठमाडौँ । निर्वाचन आयोगले भोलि फागुन २१ गते हुने मतदानमा खारेज भएका उम्मेदवारहरूको चिह्नमा मत नहाल्न सर्वसाधारणलाई आग्रह गरेको छ। मतपत्रमा यी चिह्नहर...

दोलखामा सुरक्षा कडा, शान्तिपूर्ण मतदानको तयारी

  दोलखा । देशकै सबैभन्दा सुरक्षा संवेदनशील जिल्लामध्ये पर्ने दोलखामा प्रतिनिधि सभा निर्वाचनको लागि सुरक्षा व्यवस्था कडा पारिएको छ। जिल्लाभर ९५ मतदा...

सिरहाको गोलबजारमा दुई पक्षबीच झडप, तीन घाइते

जनकपुरधाम ।  सिरहाको गोलबजार नगरपालिका–११ मा दुई राजनीतिक पक्षबीच भएको झडपमा तीन जना घाइते भएका छन्। घाइतेमध्ये एक जना वडाध्यक्षसमेत रहेका छन्। घाइ...

श्रीलंका नजिकै इरानी युद्धपोतमा अमेरिकी आक्रमण, ८० नौसैनिकको मृत्यु

कोलम्बो । अमेरिकाले श्रीलंका नजिकै हिन्द महासागरमा भारतबाट फर्किरहेको एक इरानी युद्धपोतलाई आक्रमण गरी डुबाएको छ । श्रीलंकाली सरकारले दिएको जानकारी अनु...

मतदान केन्द्रमा खटिएका कर्मचारी नै पक्राउ परेपछि‍‍‍‍....

विराटनगर । मतदान केन्द्रमा खटिएका एक जना कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ । बुधबार मोरङको सुनवर्षी नगरपालिका वडा नम्बर ६ स्थित पटियापाडा माविको (ग)...

शान्तिपूर्ण निर्वाचनमा संयोजक प्रचण्ड विश्वस्त

चितवन । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभा निर्वाचन शान्तिपूर्ण वातावरणमा सम्पन्न हुनेमा आफू विश्वस्त...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE