काठमाडौँ । नेपाली कांग्रेसको भदौ १८ गतेदेखि सुरु भएको १४औँ महाधिवेशनअन्तर्गत वडा अधिवेशन आज पनि जारी छ । वडा अधिवेशनका क्रममा आज झापा र मुस्ताङ गरी दुई जिल्लाको कार्यक्रम भएको समितिका संयोजक महादेवप्रसाद यादवले जानकारी दिए ।
शुक्रबार ३५ जिल्लाको वडा अधिवेशन सम्पन्न भएको थियो । पार्टीले क्रियाशील सदस्यताको सूची दिएका जिल्लामध्ये ३७ जिल्लाको वडा अधिवेशन सम्पन्न भएको छ । कांग्रेसले भदौ १८ अघि ५६ जिल्लाका क्रियाशील सदस्यको सूची बुझाएको थियो ।
आज डढेल्धुराका क्रियाशील सदस्यको सूची समितिलाई प्राप्त हुने जानकारी आएको संयोजक यादवले बताए । बेलुकीसम्म पनि सूची प्राप्त नभएको समितिले जनाएको छ । डढेल्धुरा प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको गृह जिल्ला हो । क्रियाशील सदस्य सार्वजनिक भएका बाँकी जिल्लाको वडा अधिवेशन छिटो गर्न समितिले पार्टीलाई निर्देशन दिएको छ ।
क्रियाशील सदस्यको सूची सार्वजनिक हुन बाँकी रहेका २१ जिल्लामा तत्काल निर्वाचन अधिकृत खटाउन सक्ने गरी तयारी अवस्थामा रहेको समितिले जनाएको छ । क्रियाशील सदस्यको सूची सार्वजनिक भएको दुई घण्टाभित्र जिल्ला निर्वाचन अधिकृतको जिम्मेवारी दिएर खटाउन सकिने गरी तयारी भएको छ ।
कांग्रेसले ७५३ वटै स्थानीय तहको अधिवेशन भदौ २७ गते गर्ने निर्वाचन तालिका सार्वजनिक गरेको छ । त्यसअघिसम्म ७७ वटै जिल्लाका सबै वडाको अधिवेशन सक्ने गरी काम गर्न निर्वाचन समितिले पार्टीको ध्यानाकर्षण गराउँदै आएको छ ।
करिब नौ लाखको सङ्ख्यामा रहेका कांग्रेस क्रियाशील सदस्य पार्टीको गाउँ÷नगर वडा अधिवेशनका मतदाता हुन् । क्रियाशील सदस्यले आफ्नो वडाको वडा समिति र क्षेत्रीय प्रतिनिधिको चयन गर्छन् । वडा अधिवेशनले आफूमध्येबाट सभापति एक, उपसभापति दुई, सचिव दुई र सहसचिव दुई गरी सात पदाधिकारी निर्वाचित गर्ने कांग्रेसको विधानमा व्यवस्था छ । यसबाहेक मतदाता सङ्ख्याको अनुपातका आधारमा वडा सदस्य र क्षेत्रीय प्रतिनिधि निर्वाचित हुने छन् ।
मुलुकभरका सबै छ हजार ७४३ वडामा अधिवेशन सम्पन्न हुँदा ४७ हजार २०१ पदाधिकारी र सदस्य एक लाख २१ हजार ६८१ निर्वाचित हुने समितिका संयोजक यादवले जानकारी दिनुभयो । यसबाहेक मनोनित हुनेको सङ्ख्या थप रहेको छ । त्यस्तै देशभरका वडाबाट एक लाख १४ हजार ५७५ क्षेत्रीय प्रतिनिधि निर्वाचित हुने छन् ।
महाधिवेशनअन्तर्गत गाउँ÷नगर वडा अधिवेशन आज भदौ १८, गाउँ÷नगरपालिका अधिवेशन भदौ २७, प्रदेशसभा क्षेत्रीय अधिवेशन आगामी असोज १ र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन÷एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज ५ गते तोकिएको छ ।
यसैगरी कांग्रेसले एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १०, प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्म र केन्द्रीय महाधिवेशन आगामी मङ्सिर ९ देखि १३ गतेसम्म तय गरेको छ ।
मुलुक सङ्घीय संरचनामा गइसकेपछि पार्टीको तल्लो तहसम्म निर्वाचनमार्फत आन्तरिक प्रजातन्त्रको अभ्यास गर्ने कांग्रेस पहिलो पार्टी बनेको छ । यसअघि कांग्रेसको १३औँ महाधिवशेन २०७२ साल फागुनमा काठमाडौँमा सम्पन्न भएको थियो । वडा अधिवेशन गर्न तोकिएको भदौ १८ को मिति नाघिसक्दासमेत २० जिल्लाका क्रियाशील सदस्यको सूची अझै सार्वजनिक नभएकामा सम्बन्धित जिल्लाका कार्यकर्ता निराश बन्न थालेका छन् । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २१ गते, २०८२ - १७:०१
रुपन्देही । दाङ निर्वाचन क्षेत्र नं ३ अन्तर्गतका दुई मतदान केन्द्रमा स्थानीयले मतदान बहिस्कार गरेका छन्। जिल्लामा तीन निर्वाचन क्षेत्र रहेका छन्। ...
फाल्गुन २१ गते, २०८२ - १७:००
काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनका क्रममा प्रधानमन्त्री, पूर्वराष्ट्रपति, पूर्वप्रधानमन्त्री तथा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूले मतदान गरे...
फाल्गुन २१ गते, २०८२ - १५:३५
काठमाडौँ । देशभर प्रतिनिधि सभा निर्वाचनका क्रममा युवापुस्ता केन्द्रमा देखिए पनि जेष्ठनागरिकहरूको सक्रिय सहभागिता पनि उल्लेखनीय देखिएको छ। आफ्नो सन्तति...
फाल्गुन २० गते, २०८२ - २२:०२
काठमाडौँ । निर्वाचन आयोगले भोलि फागुन २१ गते हुने मतदानमा खारेज भएका उम्मेदवारहरूको चिह्नमा मत नहाल्न सर्वसाधारणलाई आग्रह गरेको छ। मतपत्रमा यी चिह्नहर...
फाल्गुन २० गते, २०८२ - २१:५७
दोलखा । देशकै सबैभन्दा सुरक्षा संवेदनशील जिल्लामध्ये पर्ने दोलखामा प्रतिनिधि सभा निर्वाचनको लागि सुरक्षा व्यवस्था कडा पारिएको छ। जिल्लाभर ९५ मतदा...
फाल्गुन २० गते, २०८२ - २१:४९
जनकपुरधाम । सिरहाको गोलबजार नगरपालिका–११ मा दुई राजनीतिक पक्षबीच भएको झडपमा तीन जना घाइते भएका छन्। घाइतेमध्ये एक जना वडाध्यक्षसमेत रहेका छन्। घाइ...
फाल्गुन २० गते, २०८२ - २१:४०
कोलम्बो । अमेरिकाले श्रीलंका नजिकै हिन्द महासागरमा भारतबाट फर्किरहेको एक इरानी युद्धपोतलाई आक्रमण गरी डुबाएको छ । श्रीलंकाली सरकारले दिएको जानकारी अनु...
फाल्गुन २० गते, २०८२ - २१:३४
विराटनगर । मतदान केन्द्रमा खटिएका एक जना कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ । बुधबार मोरङको सुनवर्षी नगरपालिका वडा नम्बर ६ स्थित पटियापाडा माविको (ग)...
फाल्गुन २० गते, २०८२ - २१:३२
चितवन । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभा निर्वाचन शान्तिपूर्ण वातावरणमा सम्पन्न हुनेमा आफू विश्वस्त...
फाल्गुन २० गते, २०८२ - २१:२७
सिन्धुली । बिपी राजमार्गअन्र्तगत सिन्धुलीको कमलामाई नगरपालिका–४ हिरापानीमा बसले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ। आज दिउँसो काठमाड...



प्रतिकृया लेख्नुहोस्: