Khabar Dabali २१ फाल्गुन २०८२ बिहीबार | 5th March, 2026 Thu
Investment bank

एमाले अनुशासित र एकताबद्ध बनाउने ओलीको घोषणा

फाइल तस्बिर
खबरडबली संवाददाता

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई अनुशासित र एकताबद्ध बनाउने बताएकका छन् । काठमाडौँ महानगर कमिटीले आज यहाँ आयोजना गरेको बृहत् कार्यकता भेलालाई आज सम्बोधन गर्दै पार्टीलाई एकताबद्ध बढाएर मुलुककै ठूलो पार्टी बनाउने धारणा राखे ।

“पार्टीलाई निष्ठावान, व्यक्तिगत स्वार्थमा कुद्ने नभई पार्टीको आर्दश उद्देश्य र कर्तत्वप्रति निष्ठावान बनाइने छ”, उनले भने, “पार्टी अब अनुशासित र एकताबद्ध हुनेछ ।”

नेता ओलीले आगामी निर्वाचनपछि पार्टीको सरकार बन्ने र मेलम्चीको पानी काठमाडौँमा आउनेसमेत बताए । उनले आफूहरू जनताका बीचमा गएर आफूले गरेका राम्रो कामको प्रचार गरेर निर्वाचनमा जाने बताए । उनले सत्तापक्षका गठबन्धनविरुद्ध आफ्नो पार्टी एक्लै निर्वाचनमा जानेसमेत बताए ।

“उहाँहरूलाई मोर्चा कसेर एमालेका विरुद्ध चुनाव लड्न आग्रह गर्न चाहन्छु, त्यसैले मिलेर आए जमानत जोगिन्छ”, उनले भने, “एमाले कुनै वैशाखी टेकेको पार्टी होइन । जनता र देशको विकास गर्ने पार्टी हो । त्यसका कारण पार्टी एक्लै चुनाव लडछ र चुनाव जित्ने छ ।”

उनले चीनसँग कुनै पनि सीमा विवाद नभएको र सीमा सम्बन्धमा छानबिन समिति बनाउन कुनै आवश्यक नभएको जानकारी दिए । उहाँले एमालेले केही गलत व्यक्तिलाई उम्मेदवार बनाएको हुनाले एमालेको  सरकार ढलेको आरोप लगाए । पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका ओलीले आफू अलि धेरै थकित भएर सामान्य ज्वरो आएको जानकारी दिए । रासस

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

देशभर ६० प्रतिशत मतदान: निर्वाचन आयोग

काठमाडौं । बिहीबार सम्पन्न भएको प्रतिनिधिसभा निर्वाचनमा करिब ६० प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ । निर्वाचनपछि पत्रकार सम्मेलन गर्दै कार्यवाह...

काठमाडौंमा कहाँ कहाँ हुँदैछ मतगणना ?

काठमाडौँ  ।  प्रतिनिधिसभा सदस्यको निर्वाचन आज सम्पन्न भएसँगै मतगणना तयारी भइरहेको छ । काठमाडौँको क्षेत्र नं १ को मतगणना सहकारी विभागमा हुँदैछ । त्य...

दाङका दुई मतदान केन्द्रमा स्थानीयद्वारा मतदान बहिस्कार

रुपन्देही ।  दाङ निर्वाचन क्षेत्र नं ३ अन्तर्गतका दुई मतदान केन्द्रमा स्थानीयले मतदान बहिस्कार गरेका छन्। जिल्लामा तीन निर्वाचन क्षेत्र रहेका छन्। ...

पूर्वप्रधानमन्त्री देउवा विदेशमा अन्य शीर्ष नेताहरूले गरे मतदान

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनका क्रममा प्रधानमन्त्री, पूर्वराष्ट्रपति, पूर्वप्रधानमन्त्री तथा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूले मतदान गरे...

सन्ततिको भविष्यका लागि जेष्ठनागरिक पनि मतदानमा

काठमाडौँ । देशभर प्रतिनिधि सभा निर्वाचनका क्रममा युवापुस्ता केन्द्रमा देखिए पनि जेष्ठनागरिकहरूको सक्रिय सहभागिता पनि उल्लेखनीय देखिएको छ। आफ्नो सन्तति...

खारेज भएका उम्मेदवारको चिह्नमा मत नहाल्न आयोगको आग्रह

काठमाडौँ । निर्वाचन आयोगले भोलि फागुन २१ गते हुने मतदानमा खारेज भएका उम्मेदवारहरूको चिह्नमा मत नहाल्न सर्वसाधारणलाई आग्रह गरेको छ। मतपत्रमा यी चिह्नहर...

दोलखामा सुरक्षा कडा, शान्तिपूर्ण मतदानको तयारी

  दोलखा । देशकै सबैभन्दा सुरक्षा संवेदनशील जिल्लामध्ये पर्ने दोलखामा प्रतिनिधि सभा निर्वाचनको लागि सुरक्षा व्यवस्था कडा पारिएको छ। जिल्लाभर ९५ मतदा...

सिरहाको गोलबजारमा दुई पक्षबीच झडप, तीन घाइते

जनकपुरधाम ।  सिरहाको गोलबजार नगरपालिका–११ मा दुई राजनीतिक पक्षबीच भएको झडपमा तीन जना घाइते भएका छन्। घाइतेमध्ये एक जना वडाध्यक्षसमेत रहेका छन्। घाइ...

श्रीलंका नजिकै इरानी युद्धपोतमा अमेरिकी आक्रमण, ८० नौसैनिकको मृत्यु

कोलम्बो । अमेरिकाले श्रीलंका नजिकै हिन्द महासागरमा भारतबाट फर्किरहेको एक इरानी युद्धपोतलाई आक्रमण गरी डुबाएको छ । श्रीलंकाली सरकारले दिएको जानकारी अनु...

मतदान केन्द्रमा खटिएका कर्मचारी नै पक्राउ परेपछि‍‍‍‍....

विराटनगर । मतदान केन्द्रमा खटिएका एक जना कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ । बुधबार मोरङको सुनवर्षी नगरपालिका वडा नम्बर ६ स्थित पटियापाडा माविको (ग)...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE