Khabar Dabali २२ फाल्गुन २०८२ शुक्रबार | 6th March, 2026 Fri
Investment bank

एमसिसी अनुमोदन हुनेमा अमेरिका आशावादी

खबरडबली संवाददाता

काठमाडौं । नेपाल सरकारले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) का विषयमा उठिरहेका प्रश्नबारे प्रस्ट पार्न अमेरिकालाई पत्र लेखेको विषयलाई नेपालस्थित अमेरिकी दूतावासले परियोजना अनुमोदनका पक्षमा सकारात्मक कदम भनेको छ। 

एमसिसीकी उपाध्यक्ष फतिमा सुमारको नेपाल भ्रमणको मिति नजिकिँदै गर्दा अर्थ मन्त्रालयले शुक्रबार नेपालस्थित अमेरिकी दूतावासमार्फत एमसिसीलाई पत्र लेख्दै नेपालमा जनस्तर तथा राजनीतिक तहमा उठेका प्रश्नबारे स्पष्ट पार्न आग्रह गरेको छ। संसद्बाट अनुमोदन हुनुपर्ने विषयमा राजनीतिक सहमति नजुटेपछि परियोजना अघि बढ्न नसकेको अवस्थामा सरकारको पत्राचारले आशा जगाएको दूतावासले जनाएको छ।

‘एमसिसीले नेपालको अर्थ मन्त्रालयबाट शुक्रबार पत्र प्राप्त गरेको छ। यो अनुमोदनका लागि सकारात्मक कदम हो,’ दूतावासका एक अधिकारीले भने। उनले नेपाली जनतासँग खुला र पारदर्शी संवादका लागि एमसिसी तयार रहेको पनि बताए। 

५० करोड अमेरिकी डलरको उक्त परियोजना नेपालमा लागु गर्ने विषयमा नेपाल सरकारसँग सन् २०१७ मै सम्झौता भए पनि राजनीतिक तथा जनस्तरमा समेत विभिन्न प्रश्न तथा आशंका उत्पन्न भएपछि यो विषय अघि बढ्न सकेको छैन। एमसिसी कार्यान्वयनका विषयमा जानकारी लिन उपाध्यक्ष सुमार अर्को साता नेपाल आउने तय भएपछि सरकारले यो विषयमा सहमति जुटाउन छलफल तीव्र बनाएको छ। यो समाचार आजको नागरिक दैनिकमा छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

झापा–५ मा मतपेटिका संकलन हुँदै, सर्वदलीय बैठकको निर्णयपछि मतगणना सुरु

काठमाडौं । झापा निर्वाचन क्षेत्र नम्बर ५ मा मतदान सकिएसँगै मतपेटिका संकलनको काम भइरहेको छ। निर्वाचन कार्यालयका अनुसार आजै सर्वदलीय बैठक बस्नेछ र बैठकक...

प्रतिनिधिसभा निर्वाचनः छिटपुट घटनाबाहेक शान्तिपूर्ण रूपमा मतदान सम्पन्न

काठमाडौं । निर्वाचन पर्यवेक्षण समिति, नेपालले प्रतिनिधि सभा निर्वाचन देशभर छिटपुट घटनाबाहेक शान्तिपूर्ण, व्यवस्थित र उत्साहजनक रूपमा सम्पन्न भएको जनाए...

दोलखाको तामाकोशी–४ मा रोकिएको मतदान पुन: सुरु

दोलखा । दोलखाको तामाकोशी गाउँपालिका–४, मालुस्थित मतदान केन्द्रमा रोकिएको मतदान केहीबेर अघि पुन: सुरु भएको छ। प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेका ...

दाङमा ५१ प्रतिशत मतदान

घोराही। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत दाङ ५१ प्रतिशत मतदान भएको छ । दिउँसो ४ बजेसम्म ५१।५ प्रतिशत अर्थात दुई लाख २२ हजार १२ मत खसेको हो । जसमा  ...

अपरान्ह ४ बजेसम्म ४५ प्रतिशत मतदान

काठमाडौँ। निर्वाचन आयोगका अनुसार बिहीबार अपरान्ह ४ बजेसम्म ४५ प्रतिशत मतदान भएको छ ।  आयोगका अनुसार उपत्यकामा अपरान्ह ४ बजेसम्म ५४ प्रतिशत मत खसेको...

गृहमन्त्री अर्यालसहित उच्च अधिकारीबाट उपत्यकाका मतदान स्थलको अनुगमन

काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याल, गृहसचिव राजकुमार श्रेष्ठ र सुरक्षा निकायका प्रमुखसहितको टोलीले काठमाडौँ उपत्यकाका विभिन्न मतदान स्थलको स्थलगत नि...

ताप्लेजुङमा ४७ प्रतिशत मत खस्यो

फुङलिङ। ताप्लेजुङमा बिहीबार दिउँसो ३:३० बजेसम्ममा ४७ प्रतिशत मत खसेको छ ।  प्रमुख जिल्ला अधिकारी शिवराज सेढाइँका अनुसार ४२ हजार ४५४ मत खसेको छ । जस...

मतपेटिका लुटिएपछि दोलखाको तामाकोशी–४ मा मतदान स्थगित

काठमाडौं । दोलखाको तामाकोशी गाउँपालिका–४ मा मतपेटिका लुटिएको घटनापछि रोकिएको मतदान अझै सुरु हुन सकेको छैन। हराएका मतपत्रसमेत पूर्ण रूपमा फेला नपरेकाले...

प्रधानमन्त्री कार्की र कतारका समकक्षी अल–थानीबिच टेलिफोन वार्ता, नेपालीको हेरचाहप्रति कृतज्ञ छु

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले कतारका समकक्षी शेख मोहम्मद बिन अब्दुलरहमान अल–थानीसँग टेलिफोन वार्ता गरेको छिन् । प्रधानमन्त्री कार्कीले आज...

भद्रकाली मतदान केन्द्रमा मतदान गर्दै नेपाली सेना

काठमाडौँ। काठमाडौँको भद्रकालीस्थित अस्थायी मतदान केन्द्रमा नेपाली सेनाले मतदान गरेका छन् । निर्वाचन आयोगले भद्रकाली मतदान केन्द्रलाई अस्थायी मतदान केन...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE