Khabar Dabali २१ फाल्गुन २०८२ बिहीबार | 5th March, 2026 Thu
Investment bank

मुख्यमन्त्री नियुक्ति असंवैधानिक भएको गठबन्धनको जिकिर

खबरडबली संवाददाता

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यलाई संविधानको धारा १६८(१) बमोजिम नयाँ मुख्यमन्त्री नियुक्ति गरी शपथ ग्रहण गराउने प्रदेश प्रमुखको निर्णय असंवैधानिक भएको सो प्रदेशका गठबन्धन दलहरुले जनाएका छन् ।

नेपाली कांग्रेस संसदीय दल प्रदेश नं १ का नेता राजीव कोइराला, नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो, नेकपा (एकीकृत समाजवादी) केन्द्रीय सदस्य एवं नेता राजेन्द्रकुमार राई र जनता समाजवादी पार्टी संसदीय दलका नेता जयराम यादवले आज संयुक्तरुपमा हस्ताक्षर गरी जारी विज्ञप्ति सो जिकिर गरिएको छ । प्रदेशसभामा बहुमत रहेको दल विभाजित भइसकेपछि नेकपा (एमाले) मा कति प्रदेशसभा सदस्य कायम छन् भत्रे परीक्षण नगरी हतारहतारमा नेकपा (एमाले) मै बहुमत रहेको भन्दै भीमप्रसाद आचार्यलाई मुख्यमन्त्री नियुक्ति गर्ने कार्य गलत भएको विज्ञप्तिमा उल्लेख छ । 

विज्ञप्तिमा नेकपा (एकीकृत समाजवादी)को पक्षमा प्रदेशसभाका १० सदस्यले सनाखत गरेबाट पनि मुख्यमन्त्रीको नियुक्ति बदर गर्नुपर्ने माग गरिएको छ । प्रदेशसभामा बहुमत गुमाइसकेर अल्पमतमा परेको र असंवैधानिक तवरले नियुक्ति भएको सरकारले कुनै दूरगामी असर पर्ने निर्णय नगर्न नगराउन सम्बन्धित सबैमा आग्रह गरिएको छ ।

“नेपाली जनताको बलिदानीपूर्ण सङ्घर्षबाट प्राप्त संविधान र संसद्को रक्षाको पक्षमा उभिने दलहरुको गठबन्धनलाई हामी प्रदेशसभामा समेत थप सशक्त र एकताबद्ध बनाएर आगाडि बढ्ने सहमति गर्दछौँ”, विज्ञप्तिमा उल्लेख छ । नयाँ दलमा प्रदेश नं १ बाट प्रदेशसभाका चार जना सदस्यहरू केन्द्रीय समितिमा रहेको र आयोगले नेकपा (एमाले) का प्रदेशसभा सदस्यहरुलाई नयाँ दल रोज्ने समय प्रदान गरिसकेको अवस्थामा प्रदेश सरकारले बहुमत गुमाइसकेको पनि विज्ञप्तिमा उल्लेख छ ।

संयुक्त गठबन्धनको आजको बैठकपछि कांग्रेस संसदीय दलका नेता राजीव कोइरालाले अल्पमतमा परिसकेको दलले सरकार बनाउने कार्य गलत हो भन्दै वर्तमान सरकारले दैनिक कार्य बाहेक अन्य ठूला निर्णय गर्न नहुने प्रतिक्रिया दिए ।

नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य राजेन्द्रकुमार राईले गठबन्धन प्रदेशमा मात्र नभएर केन्द्रीय तहमा पनि भइसकेकाले सोहीअनुसार कार्य गर्ने बताउँदै वर्तमान सरकारको नेतृत्व गर्ने दलका नेताले अन्य सदस्यहरुलाई विभिन्न प्रलोभन दिन खोजिरहेको आरोप लगाए । नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले सातै प्रदेशमा गठबन्धनका सरकार बत्रे र मन्त्रिपरिषद् विस्तार हुने भन्दै मुख्यमन्त्री सहमतिको आधारमा तय हुने प्रतिक्रिया दिए । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दाङका दुई मतदान केन्द्रमा स्थानीयद्वारा मतदान बहिस्कार

रुपन्देही ।  दाङ निर्वाचन क्षेत्र नं ३ अन्तर्गतका दुई मतदान केन्द्रमा स्थानीयले मतदान बहिस्कार गरेका छन्। जिल्लामा तीन निर्वाचन क्षेत्र रहेका छन्। ...

पूर्वप्रधानमन्त्री देउवा विदेशमा अन्य शीर्ष नेताहरूले गरे मतदान

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनका क्रममा प्रधानमन्त्री, पूर्वराष्ट्रपति, पूर्वप्रधानमन्त्री तथा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूले मतदान गरे...

सन्ततिको भविष्यका लागि जेष्ठनागरिक पनि मतदानमा

काठमाडौँ । देशभर प्रतिनिधि सभा निर्वाचनका क्रममा युवापुस्ता केन्द्रमा देखिए पनि जेष्ठनागरिकहरूको सक्रिय सहभागिता पनि उल्लेखनीय देखिएको छ। आफ्नो सन्तति...

खारेज भएका उम्मेदवारको चिह्नमा मत नहाल्न आयोगको आग्रह

काठमाडौँ । निर्वाचन आयोगले भोलि फागुन २१ गते हुने मतदानमा खारेज भएका उम्मेदवारहरूको चिह्नमा मत नहाल्न सर्वसाधारणलाई आग्रह गरेको छ। मतपत्रमा यी चिह्नहर...

दोलखामा सुरक्षा कडा, शान्तिपूर्ण मतदानको तयारी

  दोलखा । देशकै सबैभन्दा सुरक्षा संवेदनशील जिल्लामध्ये पर्ने दोलखामा प्रतिनिधि सभा निर्वाचनको लागि सुरक्षा व्यवस्था कडा पारिएको छ। जिल्लाभर ९५ मतदा...

सिरहाको गोलबजारमा दुई पक्षबीच झडप, तीन घाइते

जनकपुरधाम ।  सिरहाको गोलबजार नगरपालिका–११ मा दुई राजनीतिक पक्षबीच भएको झडपमा तीन जना घाइते भएका छन्। घाइतेमध्ये एक जना वडाध्यक्षसमेत रहेका छन्। घाइ...

श्रीलंका नजिकै इरानी युद्धपोतमा अमेरिकी आक्रमण, ८० नौसैनिकको मृत्यु

कोलम्बो । अमेरिकाले श्रीलंका नजिकै हिन्द महासागरमा भारतबाट फर्किरहेको एक इरानी युद्धपोतलाई आक्रमण गरी डुबाएको छ । श्रीलंकाली सरकारले दिएको जानकारी अनु...

मतदान केन्द्रमा खटिएका कर्मचारी नै पक्राउ परेपछि‍‍‍‍....

विराटनगर । मतदान केन्द्रमा खटिएका एक जना कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ । बुधबार मोरङको सुनवर्षी नगरपालिका वडा नम्बर ६ स्थित पटियापाडा माविको (ग)...

शान्तिपूर्ण निर्वाचनमा संयोजक प्रचण्ड विश्वस्त

चितवन । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभा निर्वाचन शान्तिपूर्ण वातावरणमा सम्पन्न हुनेमा आफू विश्वस्त...

सिन्धुलीमा बसको ठक्करबाट एक जनाको मृत्यु

सिन्धुली । बिपी राजमार्गअन्र्तगत सिन्धुलीको कमलामाई नगरपालिका–४ हिरापानीमा बसले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ। आज दिउँसो काठमाड...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE