दमौली । पक्की पुलको विकल्पमा निर्माण गरिएको अस्थायी डाइभर्सन बगाएपछि तनहुँको व्यास नगरपालिका–१३ बेलवासका कृषक जोखिमपूर्ण तरिकाले खोला तरेर दूध बिक्री गर्न बाध्य भएका छन् ।
गत असार १७ गते आएको बाढीले व्यास नगरपालिका–१ र १३ जोड्ने छाब्दीखोलाको पुल बगाएपछि नगरपालिकाले असार २७ गते अस्थायी डाइभर्सन बनाएको थियो । उक्त डाइभर्सन पनि सोमबारको बाढीले बगाइदिएपछि कृषक थप मारमा परेका हुन् । छाब्दीखोलामा १८ वर्ष अगाडि पक्की पुल निर्माण भएको थियो ।
अस्थायी डाइभर्सन निर्माणपछि केही सहज भएको यहाँका कृषकलाई पुन: सास्ती भएको बेलवासका कृषक राजन सापकोटाले जानकारी दिए । “पुल भत्किए लगत्तै पनि यहाँका कृषकले दु:ख पाए, अहिले फेरि दु:ख भयो,” उनले भने, “पुल भत्किएको दश दिनपछि अस्थायी डाइभर्सन बनेकाले सहज भएको थियो, फेरि खोला तरेरै दूध बिक्री गर्न आउनुपरेको छ ।”
दूधको क्यान बोकेर खोला तर्दा जोखिम भएको उनले बताए । “केही दिनदेखि परेको झरीले छाब्दीखोला बढेपछि डाइभर्सन पनि बगायो, अहिले क्यान बोकेर खोला तर्नुपर्दा जोखिम छ”, उनले भने । छिटोभन्दा छिटो पक्की पुल निर्माण नभएसम्म यहाँका कृषकलाई सास्ती भइरहने सापकोटाको भनाइ छ ।
बेलबासमा ६० भन्दा बढी कृषकले दैनिक रुपमा दूध बिक्री गर्ने गर्दछन् । यहाँबाट दैनिक डेढ लाख भन्दा बढीको दूध बिक्री हुन्छ । “डाइभर्सन भत्किएसँगै पशुलाई खुवाउने दाना ढुवानीमा पनि समस्या आउन सक्छ”, उनले भने, “कृषकको समस्यालाई सरोकारवालाले छिटो समाधान गर्नेतर्फ लागोस् ।”
बेलबासबाट दैनिक दुई हजार लिटर भन्दा बढी दूध उत्पादन हुने र उक्त दूध सबै सदरमुकामस्थित डेरीबाट बिक्री हुने गरेकामा खोलाको पुल र डाइभर्सन बगाएपछि कृषक मारमा परेको बेलबास दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष लक्ष्मीकान्त मिश्रले जानकारी दिए ।
डाइभर्सन बगाएपछि स्थानीयवासीलाई वारपार गर्न पनि समस्या भएको स्थानीयवासी मेघराज आचार्यले बताए । “यस्तो पीडा यहाँका जनताले कति दिन सहने हो”, उनले भने, “समस्याका बारेमा सबै जानकार भए पनि समाधानमा किन ढिला भइरहेको छ बुझ्न सकेका छेनौं ।”
पुल भत्किएर डाइभर्सन बनेपछि यातायात पनि सञ्चालन भइरहेको थियो । तर डाइभर्सन पनि बगाएपछि यातायात अवरुद्ध भएको छ । बुद्धसिं मार्ग अन्तर्गत गर्ने यस ठाउँमा यातायात अवरुद्ध भएपछि दक्षिण भेगसँगको सम्पर्क टुटेको स्थानीयवासी यामबहादुर आलेले बताए । यही पुल हुँदै व्यास–१३ को बेलवास, पोखरीभञ्ज्याङ, व्यास–१४ को केशवटार, सुढे, ऋषिङको हुस्लाङ, गुम्लेक, देवघाट, आँबुखैरेनी, बन्दीपुरलगायतका ग्रामीण भेगका बासिन्दा आवतजावत गर्दथे ।
यस ठाउँमा बेलिब्रिज जडानका लागि पूर्वाधार निर्माणको काम भइरहेको छ । भानु नगरपालिका–३ तुरतुरेमा रहेको बेलिब्रिज झिकेर यहाँ राख्नका लागि दुवैतर्फ जीप तयार भइसकेको पूर्वाधार विकास कार्यालयका प्रमुख ओमराज ढुङ्गानाले जानकारी दिए । तर तुरतुरेमा रहेको बेलिब्रिजको केही भाग गत भदौ १ गते बगाइदिएको छ । “बेलिब्रिजको केही भाग ल्याइसकिएको थियो, केही भने मस्र्याङ्दीमा आएको बाढीले बगाइदियो, त्यसकारण पनि केही ढिला हुनगएको छ”, उनले भने, “अब अर्को ठाउँबाट ल्याउनका लागि सम्बन्धित निकायमा ध्यानाकर्षण गराएका छौ ।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...




प्रतिकृया लेख्नुहोस्: