दमौली । केही दिनदेखि परेको वर्षाका कारण पहिरो जाँदा दुई जिल्ला जोड्ने सडक अवरुद्ध भएको छ । निरन्तरको झरीका कारण ठाउँ–ठाउँमा पहिरो गएपछि तनहुँ र स्याङ्जा जोड्ने सडक अवरुद्ध भएको हो । तनहुँको शुक्लागण्डकी दुलेगौँडा ढोरबाराही मोटर मार्गको जुडीफाँट–चिसापानी सडकखण्डको एक दर्जन ठाउँमा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । सडक अवरुद्ध हुँदा स्थानीयवासी मर्कामा परेका छन् ।
पहिरोले सडक अवरुद्ध भएपछि चिसापानी आसपासबाट चल्ने सवारी भानुमति उक्लेर भिमाद हुँदै यात्रा गर्न बाध्य भएको हरिनास गाउँपालिकाका उपाध्यक्ष झनमाया पराजुलीले बताए । “सडक अवरुद्ध हुँदा दुई जिल्लाको जनजीवन प्रभावित भएको छ, निर्माण हँुदै गरेको सडकको धेरै ठाउँमा पहिरो खसेको छ”, उनले भने ।
गत असारको सुरुमै यो सडकखण्डमा दर्जनभन्दा बढी स्थानमा पहिरो गएको थियो । झण्डै एक हप्तापछि पहिरो हटाएर सडकमा सवारी चल्न मिल्ने बनाइएको थियो । अहिले लगातार परेको अविरल वर्षाले सडक अवरुद्ध भएको पराजुलीले जानकारी दिए ।
तनहुँको शुक्लागण्डकी नगरपालिका–१० जुडीफाँटदेखि स्याङ्जाको हरिनास गाउँपालिकाको केन्द्र चित्रेभञ्ज्याङ जोड्ने यो सडक कालोपत्रेका लागि स्तरोन्नतिको काम भइरहेको छ । प्रदेश सरकारको लगानीमा क्याङ्दी खोलामा ४० मिटर लामो पक्की पुल र १६ किलोमिटर सडक कालोपत्रेको काम भइरहेको छ । रु ३२ करोड ६५ लाख ४७ हजार १४९ मा पुल र सडकको काम गोल्डेनगुड बानियाँ जेभीले गरिरहेको छ ।
पटक–पटक पहिरोले सडकमा क्षति पुग्दा निर्माण कम्पनीले करोडौँको नोक्सानी बेहोर्नुपरेको छ । असारमा मात्रै निर्माण कम्पनीले रु एक करोडको क्षति भोगेको आयोजनाका व्यवस्थापक सन्तोष खड्काले जानकारी दिए । अहिले सडकमा एक दर्जनभन्दा बढी स्थानमा पहिरो झरेर बाटो पुरिएको छ । उनका अनुसार चार ठाउँमा ग्याबिन जाली र चार किलोमिटर ग्राभेल बगाएको छ । “यसपालि पनि कम्पनीलाई रु एक करोडको हाराहारीमा क्षति भएको छ, क्षतिको विवरण सङ्कलन गरिरहेका छौँ”, उनले भने, “विवरण सङ्कलन सकेपछि छिट्टै सडक खुलाएर सवारी चल्न मिल्ने बनाउँछौ ।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ३२ गते, २०८३ - २१:२७
काठमाडौं । धादिङमा निरन्तर पहिरो खसिरहेपछि देशकै व्यस्त पृथ्वी राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ। प्रशासनले यात्रुको सुरक्षालाई मध्यनजर गर्दै अर्को स...
आषाढ़ ३२ गते, २०८३ - २१:१३
ललितपुर । बुद्ध एयरका पाइलट आदित्य कसजु पत्नीमाथि कुटपिट गरेको आरोपमा पक्राउ परेका छन्। उनी हाल ललितपुरको प्रहरी वृत्त, सातदोबाटोको हिरासतमा रहेका छन्...
आषाढ़ ३२ गते, २०८३ - २१:०५
अर्घाखाँची । अर्घाखाँचीमा विद्यालयबाट घर फर्किरहेका एक विद्यार्थीमाथि बाँदरले आक्रमण गर्दा उनी घाइते भएका छन्। छत्रदेव गाउँपालिका–४ स्थित कालिका बो...
आषाढ़ ३२ गते, २०८३ - २०:५६
काठमाडौं । सरकारले साउन १ गतेदेखि देशभरका निजी अस्पताल, नर्सिङ होम, पोलिक्लिनिक, प्रयोगशाला, निजी मेडिकल कलेज तथा अन्य निजी स्वास्थ्य संस्थामा उपचार ग...
आषाढ़ ३२ गते, २०८३ - ०८:५५
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्यसूची सार्वजनिक गरेको छ। समितिका अनुसार गोलभेडा, आलु, प्याज, तरका...
आषाढ़ ३२ गते, २०८३ - ०८:४२
काठमाडौं । नेपालमा बर्डफ्लु (एभियन इन्फ्लुएन्जा) को संक्रमण फैलिँदै जाँदा करिब डेढ खर्ब रुपैयाँको कुखुरा उद्योग गम्भीर संकटमा परेको छ। संक्रमणका कारण ...
आषाढ़ ३२ गते, २०८३ - ०८:३४
उजाडिँदै लमजुङका गाउँ : ताल्चा लागेका घर, बाँझिँदै खेत र हराउँदै संस्कृति
आषाढ़ ३२ गते, २०८३ - ०८:०७
काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेललाई एकै दिन दुई छुट्टाछुट्टै भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ। गैरकानुनी ...
आषाढ़ ३२ गते, २०८३ - ०८:०२
काठमाडौं । नेपाली कांग्रेसले सातै प्रदेशमा नेकपा एमालेसँगको सत्ता सहकार्य अन्त्य गर्ने निर्णय गरेसँगै लुम्बिनी प्रदेश सरकार पनि संकटमा परेको छ। क...
आषाढ़ ३२ गते, २०८३ - ०७:५२
बागलुङ । लगातारको वर्षापछि खसेको पहिरोका कारण कालीगण्डकी करिडोरको बागलुङ खण्ड गएरातिदेखि पूर्ण रूपमा अवरुद्ध भएको छ। जैमिनी नगरपालिका–८ बेलबगर क्षे...



प्रतिकृया लेख्नुहोस्: