Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

खगोल विज्ञानमा अनुसन्धान गर्न सम्झौता

खबरडबली संवाददाता

काठमाडौं । नेपाल एष्ट्रोनोमिकल सोसाइटी (नासो) ले खगोल विज्ञानका विषयमा अनुसन्धान र ज्ञान आदानप्रदान गर्न दुबईस्थित एमआइटीवाइ विश्वविद्यालयसँग सम्झौता गरेको छ ।

सम्झौतापछि सोसाइटीले सो विश्वविद्यालयअन्तर्गतका क्याम्पसमा स्नातक तहमा अध्ययनरत अन्तरिक्ष विज्ञानका विद्यार्थीलाई यस क्षेत्रमा हासिल गरेका ज्ञानका विषयमा तालिम दिइएको छ । सोसाइटीले १४औँ वर्ष पूरा गरी १५औँ वर्ष प्रवेश गरेका अवसरमा आयोजित कार्यक्रममा अध्यक्ष सुरेश भट्टराईले सो विश्वविद्यालयसँग दुई वर्षअघि सम्झौता गरी यस क्षेत्रमा काम गर्ने जनशक्ति आदानप्रदान गर्ने वातावरण बनेको जानकारी दिए ।

सोसाइटीले दुबईका विद्यार्थीलाई क्षुद्रग्रह खोज्नसमेत सिकाएको छ । कोरोना महामारीका कारण नेपालले भने सो विश्वविद्यालयसँग सिक्ने अवसर नबनेको सोसाइटीले जनाएको छ । कार्यक्रममा दुबईको विश्वविद्यालयमा अन्तरिक्ष विज्ञानमा प्राध्यापन गर्दै आउनुभएका शरत्राज नन्दराजन अंसारी श्यामलाले दुई संस्थाबीचको सहकार्यले खगोल र अन्तरिक्ष विज्ञान विषयमा फाइदा पुगेको बताए ।

मेक इञ्जीनियरिङका अर्केट महर्जनले खगोल र अन्तरिक्ष विज्ञानको अध्ययन, अनुसन्धानमा टेलिस्कोपको उपयोगिताका बारेमा प्रकाश पारे । पुल्चोक इञ्जीनियरिङ क्याम्पसका उपप्राध्यापक डा सुदीप भट्टराईले नेपालमा अन्तरिक्ष विज्ञान अध्ययन, अध्यापन पुल्चोकमा भइरहेको जानकारी दिए । यस विषयमा चारवर्षे स्नातक तहमा अध्ययन गरिरहेका विद्यार्थीले एक वर्षपछि सो तह पूरा गर्न लागेको उनले सुनाए। त्रिभुवन विश्वविद्यालय त्रिचन्द्र क्याम्पसका उपप्राध्यापक दयानिधि छत्कुलीले नेपालमा खगोल विज्ञानको अध्ययन अध्यापन हुन थालेपछि यस विषयमा रुचि राख्नेको सङ्ख्या पनि बढ्दै गएको बताए।

सोसाइटीका आजीवन सदस्य प्रेमराज जोशीले सुदूरपश्चिम प्रदेशका विद्यालय तहका विद्यार्थीमा खगोल विज्ञानका विषयमा चासो बढेको बताए। विद्यार्थी र शिक्षकको पहुँचमा टेलिस्कोप नभएकाले अध्ययन अनुसन्धानमा बाधा पुगेको उनको भनाइ थियो ।

वि.सं. २०६४ मा नेपालमा खगोल तथा अन्तरिक्ष विज्ञानसम्बन्धी जनचेतनामूलक गतिविधि गर्ने उद्देश्यले सोसाइटीको स्थापना गरिएको थियो । सोसाइटीको स्थापनापछि यस क्षेत्रमा अध्ययन एवं अनुसन्धानका लागि वातावरण बनेको हो ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले संस्थापनमा आकांक्षी धेरै, इतरपक्ष प्यानलको तयारीमा

काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...

काठमाडौंमा आज न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस, देशभरको मौसम कस्तो रहन्छ ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...

डडेल्धुराबाट काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना

काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...

दक्षिण कोरियामा बढ्यो रोजगारी

सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...

अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य बढ्यो, पाउन्डको घट्यो

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...

सरकार र जेनजी प्रतिनिधिबीच भएको सम्झौतामा के छ ?

राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने

एनपीएल: फाइनल प्रवेशका लागि आज लुम्बिनी लायन्स र विराटनगर किङ्स भिड्दै

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत  दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...

धार्मिक सद्भावको अनुपमस्थल ‘कम्मर शाह मजार’

बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...

बडीमालिकाका सात वडा छाउपडी गोठमुक्त

बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...

‘प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण बनाइने’

काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending