डोटी । जिल्लाका नौवटै स्थानीय तहले एकै वर्षमा बैठक भत्तावापत रु एक करोडभन्दा बढी खर्च गरेको पाइएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनअनुसार सबै स्थानीय तहले आर्थिक वर्ष २०७५/७६ मा बैठक भत्तावापत मात्रै रु एक करोड ९० लाख ६१ हजार ५२ खर्चेका हुन् ।
कार्यालयले वेबसाइटमार्फत सार्वजनिक प्रतिवेदनअनुसार जिल्लाको शिखर नगरपालिकाले सबैभन्दा बढी रु ३९ लाख, दिपायल सिलगढी नगरपालिकाले रु २९ लाख ४३ हजार ५००, पूर्वीचौकी गाउँपालिकाले रु १८ लाख ९७ हजार ३१२, सायल गाउँपालिकाले रु १७ लाख ३० हजार ५०० र केआइसिंह गाउँपालिकाले रु २१ लाख ३६ हजार ४०० बैठक भत्तामा खर्च गरेको पाइएको हो ।
यसैगरी जोरायल गाउँपालिकाले रु २६ लाख नौ हजार ३००, बडिकेदार गाउँपालिकाले रु १२ लाख ३६ हजार र आदर्श गाउँपालिकाले रु २६ लाख आठ हजार ४० खर्च गरेकाले प्रतिवेदनमा बैठक भत्ता नियमसङ्गत नभएको उल्लेख गरिएको छ ।
सुदूरपश्चिम प्रदेशसभाले निर्माण गरेको स्थानीय तहका पदाधिकारी तथा सदस्यको सेवा सुविधासम्बन्धी ९पहिलो संशोधन० ऐन, २०७६मा स्थानीय तहका पदाधिकारीले बैठक भत्तावापत रु एक हजार लिन पाउने र एक महिनामा दुई पटकभन्दा बढी बैठकको भत्ता लिन नपाउनेसमेत व्यवस्था गरिएको छ । जनप्रतिनिधिले आफूखुशी भत्ता लिएको भन्दै यहाँका नागरिक आक्रोशित छन् ।
बोगटान फुड्सिल गाउँपालिकाको बैठक भत्ताबारे उल्लेख नगरिए पनि दैनिक भ्रमण भत्ता भने सबैभन्दा बढी रु १९ लाख ६२ हजार ८२५ खर्च गरिएको प्रतिवेदनमा देखाइएको छ । यस्तै केआइसिंहले रु १७ लाख १२ हजार ५२४, सायलले रु १३ लाख ३८ हजार ५०५, आदर्शले रु १३ लाख २० हजार ७२५, शिखरले रु १२ लाख ८५ हजार, बडीकेदारले रु १२ लाख ३५ हजार ९६०, पूर्वीचौकीले रु ११ लाख ४७ हजार ४०० र जोरायलले सबैभन्दा कम रु छ लाख दुई हजार ९०७ खर्च गरेको प्रतिबेदनमा उल्लेख छ ।
दिपायल सिलगढीको दैनिक भ्रमण भत्ताका विषयमा भने केही उल्लेख गरिएको छैन । उक्त भत्ता बुझ्ने स्थानीय तहका पदाधिकारीमध्ये पूर्वीचौकीका अध्यक्ष दीर्घराज बोगटी सबैभन्दा अगाडि छन् । उनले आव २०७५/७६ मा रु तीन लाख ५३ बुझनुभएको प्रतिवेदनमा उल्लेख छ । यसैगरी बोगटान फुड्सिलका अध्यक्ष कमल गड्सिलाले पनि रु तीन लाख ३८ हजार ९००, जोरायलका अध्यक्ष दुर्गादत्त ओझाले रु तीन लाख २४ हजार ६००, सायलका अध्यक्ष तेजबहादुर डुम्रेलले रु दुई लाख ९५ हजार ७०० र केआइसिंहका अध्यक्ष लोकेन्द्र शाहीले रु दुई लाख ६५ हजार भ्रमण भत्ता बभलाएको पाइएको छ ।
आदर्शका अध्यक्ष टेकबहादुर रोकायाले रु दुई लाख ५२ हजार ७००, शिखरका प्रमुख सीताराम जोशीले रु दुई लाख २३ हजार ४२५ र बडिकेदारका कृष्णबहादुर चन्दले रु एक लाख ८३ हजार ५०० दैनिक भ्रमण भत्ता बुझनुभएको देखिएको छ ।
स्थानीय तहका उपप्रमुखमध्ये सबैभन्दा बढी दैनिक भ्रमण भत्ता बुझ्ने बोगटान फुड्सिलका उपाध्यक्ष भगवतीदेवी बम रहेका छन् । उनले एक वर्षमा रु दुई लाख ५९ हजार ३१५ बुझ्नुभएको थियो । यस्तै बडिकेदारका उपाध्यक्ष इन्द्रा बोहरा भाटले पनि रु दुई लाख ४६ हजार ६३५ भत्ता बुझनु भएको छ ।
शिखरका उपप्रमुख धौलीदेवी रावलले रु दुई लाख नौ हजार ६२५ तथा उपाध्यक्षहरू मध्ये सायलका विष्नादेवी सिंहले रु दुई लाख सात हजार ५२५, जोरायलका जमुना बोहराले रु दुई लाख ७५७, केआइसिंहका मीना विष्टले रु एक लाख ९० हजार ७७५ र आदर्शका कमलादेवी ओझाले रु एक लाख ८४ हजार ७२५ बुझनुभएको देखिएको छ । सबैभन्दा कम रकम बुझ्नेमा पूर्वीचौकीका उपाध्यक्ष निर्मला साउद छन् । उनले रु १९ हजार ५५० मात्रै दैनिक भ्रमण भत्ता बुझाएको प्रतिवेदनले उल्लेख छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...


प्रतिकृया लेख्नुहोस्: