Khabar Dabali १५ श्रावण २०८३ शुक्रबार | 31st July, 2026 Fri
Investment bank

अधिकांश जलविद्युत् कम्पनीको शेयर मूल्यमा गिरावट

खबरडबली संवाददाता

काठमाडौँ । तीन दिनको सार्वजनिक बिदापछि खुलेको धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकमा आज उच्च अङ्कको गिरावट आएको छ । 

विशेष गरी विकास बैंक र जलविद्युत् उपसमूहको शेयर मूल्यमा उच्च अङ्कको गिरावट देखिएको हो । पछिल्ला दिनमा जलविद्युत् उपसमूहको शेयरमा अस्वभाविक चलखेल भएको भन्दै गुनासो बढेको थियो । विद्युत् नियमन आयोगले समेत सो सम्बन्धमा चासो व्यक्त गरेको थियो । नेपाल स्टक एक्सचेञ्जका अनुसार मङ्गलबार नेप्से ५६.०३ बिन्दुले घटेर तीन हजार १२४.८७ मा ओर्लेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ परिसूचक १२.८१ बिन्दुले घटेर ५७७.६६ मा ओर्लेको छ । 

कूल २२५ कम्पनीको दुई करोड ५३ लाख १६ हजार ८०५ कित्ता शेयर रु १६ अर्ब १२ करोड ४४ लाख ६८ हजार ६० मा कारोबार भयो । मङ्गलबारको कारोबारपछि बजार पूँजीकरण रु ४३ खर्ब ६६ अर्ब छ करोड १९ लाख १० हजार बराबरमा सीमित भएको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये दुई उपसमूहको शेयर मूल्य उकालो लागेको छ भने ११ उपसमूहको शेयर ओरालो लागेको छ । वित्त ४५.७९ र निर्जीवन बीमा ११२.८ बिन्दुले बढेको छ ।  

यस्तै, बैंकिङ १९.८२, व्यापार ६२.५३, होटल तथा पर्यटन १७.०२, विकास बैंक २४३.८९, जलविद्युत् १३२.७७, उत्पादन १५७.४, अन्य ३०.०२, लघुवित्त ३१.४५, जीवन बीमा १४३, सामूहिक लगानी कोष ०.०१ र लगानी ५.२५ बिन्दुले घटेको छ । कारोबारका आधारमा अरुण भ्याली हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ७५ करोड ४३ लाख ३३ हजार ७२३ बराबरको कारोबार भयो । अरुण काबेली पावर रु ७१ करोड ९१ लाख ६१ हजार ७९२, नेशनल हाइड्रोपावर रु ५८ करोड ५३ लाख ८६ हजार २३४, रिडी हाइड्रोपावर रु ४७ करोड २० लाख एक हजार ९१९ र नेपाल बैंक रु ४१ करोड ७६ लाख ८९ हजार बराबरको कारोबार भई शीर्ष स्थानमा रहे । 

नेप्सेका अनुसार गुर्खाज फाइनान्स र जीवन विकास लघुवित्तको शेयर मूल्य १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो । सेन्ट्रल फाइनान्स ७.४७, नेको इन्स्योरेन्स ५.०६ र जनरल इन्स्योरेन्सका शेयरधनीले ४.४९ प्रतिशतले कमाए । 

१६ कम्पनीको शेयरमा नकारात्मक सर्किट 
नेप्सेका अनुसार आज अधिकांश जलविद्युत् कम्पनीको शेयरमा नकारात्मक सर्किट लागेको छ । विवरणअनुसार १६ कम्पनीको शेयर मूल्य १० प्रतिशतले ओरालो लागेपछि नकारात्मक सर्किट लागेको हो । सबैभन्दा बढी नेशनल हाइड्रोपावरको शेयर रु ४८ ले घटेको छ ।  एचआइडिसीएल, खानीखोला हाइड्रोपावर, दिव्यश्वरी हाइड्रोपावर, सिनर्जी पावर, नेपालहाइड्रो डेभलपर, कालिका पावर कम्पनी, आँखुखोला जलविद्युत् कम्पनी, जोशी हाइड्रोपावर, घलेम्दी हाइड्रोपावर, युनिभर्सल पावर कम्पनी, युनियन हाइड्रोपावर, शिवश्री हाइड्रोपावर, रुरु जलविद्युत् परियोजनाको शेयर मूल्य १० प्रतिशतले घटेको छ । 

यस्तै, पञ्चकन्या माई हाइड्रोपावर, ९.९९, हिमालयन पावर पार्टनर ९.९९, लिवर्टी इनर्जी ९.९२, र माउण्टेन हाइड्रो नेपालका लगानीकर्ताले ९.८६ प्रतिशतले गुमाएका छन् । अधिकांश जलविद्युत् कम्पनीको शेयर मूल्य ओरालो लाग्दा नेप्सेले पनि आरोलोको यात्रा तय गरेको हो । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

फैसलापछि बाँकी रहेको सन्नाटा (काल्पनिक कथा)

रमेशको विवाह २०५९ सालको जेठ महिनामा भएको थियो। विवाहका सुरुवाती दिनहरू सामान्य थिए। नयाँ घर, नयाँ जिम्मेवारी र भविष्यका अनेक सपना लिएर उसले वैवाहिक जी...

राष्ट्रलाई सम्बोधनपछि राष्ट्रपति भेट्न पुगे प्रधानमन्त्री बालेन

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ताका लागि बिहीबार शीतल निवास पुगेका छन्। प्रधानमन्त्री नियुक्त भएको करि...

हिंसा भड्काउनेमाथि कडा कारबाही हुने प्रधानमन्त्री बालेनको घोषणा

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरीको देवानगञ्ज, सिरहालगायत क्षेत्रमा भएका हिंसात्मक घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सामाजिक सद्भाव, ...

दिनभर सडकमा प्रदर्शनपछि गणेश यादवको शव धरान लगियो

सिरहा । सिरहाको गोलबजारमा बिहीबार भएको प्रदर्शनका क्रममा ज्यान गुमाएका गणेश यादवको शव पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रत...

तीजमा नाच्न बाध्य बनाउने ‘अक्षरा’को गीत ‘नाचौँ बरिलै’ सार्वजनिक

काठमाडौँ । आगामी भदौ २६ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘अक्षरा’ को तीज विशेष गीत ‘नाचौँ बरिलै’ सार्वजनिक गरिएको छ। निर्माण टिमले काठमाडौंमा पत्...

कर्फ्युपछि सुनसान जनकपुर, सडकमा प्रहरीको कडा निगरानी

धनुषा । सुनसरीमा दुई समुदायबीच भएको हिंसात्मक झडपपछि मधेस प्रदेशका विभिन्न जिल्लामा तनाव बढ्दै जाँदा जनकपुरधाममा पनि कर्फ्यु लागू गरिएको छ। कर्फ्यु...

ग्यास अभाव होइन, सिलिन्डर साट्ने चाप बढेको हो: ग्यास उद्योग संघ

काठमाडौँ । नेपाल एलपी ग्यास उद्योग संघले बजारमा खाना पकाउने ग्यासको वास्तविक अभाव नरहेको दाबी गरेको छ। संघका अध्यक्ष दिवानबहादुर चन्दले ग्यासको आयात न...

ग्यास छैन कि वितरण बिग्रियो ? बजारमा हाहाकारबीच निगमको यस्तो दाबी

काठमाडौँ । राजधानीसहित देशका विभिन्न स्थानमा खाना पकाउने एलपीजी ग्यास पाउन उपभोक्ताले सास्ती व्यहोर्नुपरेको छ। ग्यास लिन हप्तौँसम्म कुर्नुपर्ने, खाली ...

चिठी बोक्ने हुलाक अब स्मार्ट बन्दै, राहदानीदेखि प्रमाणपत्रसम्म घरमै पुग्ने

काठमाडौँ । कुनै समय चिठीपत्र आदानप्रदानको माध्यमका रूपमा परिचित हुलाक सेवा अब नयाँ स्वरूपमा परिवर्तन हुँदैछ । मोबाइल र इन्टरनेटको व्यापक प्रयोगसँगै पर...

दूधको लाखौँ भुक्तानी रोकिँदा किसानको चुलोदेखि गोठसम्म समस्या

झापा । दूध बिक्री गरेको रकम लामो समयसम्म नपाएपछि दमकका करिब दुई सय दुग्ध किसान आर्थिक समस्यामा परेका छन् । दमक–३ स्थित हंसे दुम्से दुग्ध डेरी तथा पशु ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending