Khabar Dabali २० फाल्गुन २०८२ बुधबार | 4th March, 2026 Wed
Investment bank

स्वास्थ्य मापदण्ड अपनाएर रिखार क्षेत्रमा जनैपूर्णिमा मेला

खबरडबली संवाददाता

गलेश्वर । सप्तऋषिले तपस्या गरी ज्ञान हासिल गरेको पवित्र तीर्थस्थलका रुपमा चिनिँदै आएको रिखार क्षेत्रमा जनै पूर्णिमाको दिन जनस्वास्थ्यका मापदण्ड अपनाइ विशेष पूजाआजा हुने भएको छ । 

गत वर्ष विश्वव्यापी महामारीको रुप लिएको कोभिड–१९ को सङ्क्रमणका कारण पूजा रोकिएकामा यस वर्ष क्षमा पूजासहित मेलाकोसमेत आयोजना गरिएको हो । म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ कुइँनेमङ्गलेमा अवस्थित प्रसिद्ध धार्मिक तथा प्राकृतिक सौन्दर्यले युक्त हिमाली स्थल ‘रिखार क्षेत्र’ धर्तीको स्वर्ग र हिमाली देवताको बासस्थान भनेर चिनिन्छ ।

“वैदिक समाजका आरम्भकर्ता सप्तऋषीले तपस्या गरेको यस क्षेत्रमा गत वर्ष पहिलो पटक जनैपूर्णिमाको पूजाआजा रोकिएको थियो, तर यस वर्ष भने स्वास्थ्य सावधानी अपनाएर पूजालाई निरन्तरता दिने निर्णय भएको छ”, रिखार युवा क्लबका संरक्षक अङ्कीत पुनले भने । यस वर्ष जनैपूर्णिमा भदौ ६ गते परेको छ ।

हिन्दूका विभिन्न धार्मिक ग्रन्थमा रिखार क्षेत्रका बारेमा धेरै वर्णन गरिएको भए पनि यो क्षेत्र नेपालको म्याग्दी जिल्लामा पर्छ भन्ने कुरा धेरैलाई जानकारीमा नै छैन । मत्स्य पुराणका अनुसार संसार प्रलय भई जलमय हुँदा महाराज सत्यव्रत र अरुन्धतीसहित सप्तऋषि डुङ्गामा चढी सुरक्षितस्थलको खोजीमा समुद्रमा घुम्दै गर्दा लगातार उत्तरतर्फ डुङ्गा खियाउँदै जाँदा उनीहरुले उत्तरापन्थमा धवलागिरि पर्वतलाई समुद्रका बीचमा माथि उठेको देखे र आफ्नो डुङ्गालाई त्यतैतिर अघि बढाई यहाँ आएर तपस्या गरेको उल्लेख गरिएको छ ।

पुलहाश्रमअन्तर्गतका चार धाममध्ये एक धाम मानिने ऋषिराश्रम धामको पूर्वमा गलेश्वरधाम, पश्चिममा मानसरोवरधाम, दक्षिणमा जगन्नाथ धाम र उत्तरमा मुक्तिनाथ धाम रहेका छन् । वाल्मीकि गुफा, अरुन्धती गुफा, सप्तऋषि गुफा नामका गुफा पनि यस क्षेत्रमा रहेका छन् । डुङ्गा आकारको ढुङ्गा र गुफाले मत्स्यपुराण र श्रीमद्भागवत् महापुराणका दृष्टान्तलाई सत्य प्रमाणित गरिदिएको गलेश्वर शिवालय क्षेत्रविकास कोषका उपाध्यक्ष पं भीमनाथ पराजुलीले बताए । सप्तऋषिको तपोभूमिसमेत रहेको रिखार क्षेत्र हिन्दू धर्मावलम्वीको आस्थाको धरोहरसमेत मानिन्छ ।

हरेक वर्ष जनैपूर्णिमामा यहाँ आउने भक्तजनले एकपटक पुग्नैपर्ने पर्यटकीय तथा धार्मिकस्थलका रुपमा प्रचारप्रसार गरेकै आधारमा पछिल्लो समय जिल्लाका साथै देशभरबाट धार्मिक पर्यटक आफ्नो मनोकामना पूरा हुने जनविश्वासका साथ रिखार क्षेत्रमा पुग्ने गरेको वडा अध्यक्ष गमान छन्त्यालले जानकारी दिए  ।

समुद्री सतहदेखि चार हजार ६०० मिटरको उचाइमा अवस्थित रिखारमा पुग्ने धेरैले त्यहाँको भौगोलिक तथा मन्दिर आसपासका दृश्यलाई अवलोकन गरेपछि प्रकृतिको अनुपम उपहार पाएको धर्तीको स्वर्ग भनेर भन्ने गर्छन् । रासस

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लेबनानमा इजरायली सेना प्रवेश, हिजबुल्लाहमाथि बमबारी

बेरुत । इरानसँग जारी युद्धबिच इजरायली सेना लेबनानमा प्रवेश गरेको छ । इजरायली सेनाले लेबनानका ५९ इलाकाका बासिन्दालाई तत्काल घर खाली गर्न आदेश दिएको छ ।...

गाडीमा आगजनी गर्ने प्रसाईं समूहका २ कार्यकर्ता पक्राउ

काठमाडौं । गाडीमा आगजनी गरेको आरोपमा दुर्गा प्रसाईं समूहका दुई कार्यकर्ता पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका घर भइ ...

खामेनीको हत्यापछि इरानको सर्वोच्च नेता को?

तेहरान । इरानको इस्लामिक गणतन्त्रका संस्थापक स्वर्गीय आयतोल्लाह रुहोल्लाह खोमेनीका नाति हसन खोमेनी, आयतोल्लाह अली खामेनीको उत्तराधिकारी छनोट गर्ने धर्...

हुम्लाको सदरमुकाम सिमकोट सुनसान

हुम्ला । हुम्लाको सदरमुकाम सिमकोटमा केही दिन अघिसम्म पर्याप्त राजनीतिक गतिविधि चलेका थिए ।  आजबाट भने सिमकोटको दृश्य फेरिन थालेको छ । मतदानका लागि मतद...

महोत्तरीको बर्दिवासमा शंकास्पद वस्तु फेला

काठमाडौं । महोत्तरीको बर्दिबासमा शंकास्पद वस्तु फेला परेको छ । बर्दिबासस्थित रातु पुलमा शंकास्पद वस्तु भेटिएको प्रहरीले जनाएको छ । अहिले घटनास्थलमा...

सर्लाहीमा ड्युटीमा रहेका मतदान अधिकृतको अचानक निधन

मलंगवा । सर्लाहीको पर्सा गाउँपालिका–४ जिगडवास्थित आधारभूत विद्यालय मतदान केन्द्रमा निर्वाचन ड्युटीमा खटिएका एक मतदान अधिकृतको निधन भएको छ । जिल्ला प्र...

वीर अस्पतालमा निर्वाचन लक्षित ‘र्‍यापिड रेस्पोन्स टिम’ गठन

काठमाडौं । २१ फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै वीर अस्पतालले सम्भावित स्वास्थ्य आपतकालीन अवस्थाको सामना गर्न विशेषज्ञ चिकित्स...

धनुषामा थप दुई स्थानमा शंकास्पद वस्तु फेला

जनकपुरधाम । धनुषाको मिथिला नगरपालिका–१० स्थित रातो पुलमाथि थप दुई वटा शंकास्पद वस्तु फेला परेका छन्। यसअघि मिथिला–९ बडहरी पुल क्षेत्रमा वस्तु पड्कि...

ललितपुरको दाउरा थकालीमा आगलागी

ललितपुर। ललितपुरको कुपण्डोलस्थित दाउरा थकालीमा आगलागी भएको छ।  मंगलबार दिउँसो करिब पौने ४ बजेतिरदेखि आगलागी सुरु भएको एसएसपी होबिन्द्र बोग्टीले बताए। ...

पोखराको लेकसाइडमा शंकास्पद वस्तु फेला

पोखरा  ।  पोखराको मुख्य पर्यटकीय क्षेत्र लेकसाइडमा मंगलबार दिउँसो शंकास्पद वस्तु फेला परेपछि स्थानीय त्रसित बनेका छन्। लेकसाइडस्थित लालुपाते मार्ग ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE