पोखरा । फुटबल रङ्गशालामा फ्लड लाइट (बत्ती) राखिने भएको छ । अन्तर्राष्ट्रिय मापदण्डको रङ्गशालामा रात्रिकालिन प्रतियोगिता सञ्चालनका लागि ‘फ्लड लाइट’ अनिवार्य रहेकाले राष्ट्रिय खेलकुद परिषद्ले यस वर्ष रु पाँच करोड बजेट विनियोजन गरेर काम सुरु गर्ने भएको हो ।
रङ्गशालाको काम तीन वर्षअघिदेखि सुरु भएकामा हाल अन्तिम चरणमा पुगेको छ । रु एक अर्ब २८ करोड लागतमा निर्माण सुरु भइरहेको रङ्गशालामा सुरुआतमा ‘फ्लड लाइट’ र ‘स्कोर बोर्ड’ राख्ने योजना थिएन । अन्तर्राष्ट्रियस्तरका फुटबल प्रतियोगिताका लागि रङ्गशालामा लाइट अनिवार्य छ । पोखराका खेलकर्मीले सुविधासम्पन्न फुटबल रङ्गशालामा बत्ती राख्ने व्यवस्था गर्न पटक पटक राखेपको ध्यानाकर्षण गराएका थिए ।
क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मण नाथ योगीले रु पाँच करोड बजेट विनियोजन भएकाले यसै वर्ष बोलपत्र आह्वान भएर ‘फ्लड लाइट’ जडानको काम सुरु हुने बताए । रङ्गशालाको चारै कुनामा बत्ती राखिने छ । उनले भने, ‘फिफाको नियमानुसार अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि लाइट अनिवार्य छ, यस वर्ष सोका लागि राखेपको रातो किताबमा बजेट विनियोजन भएर आएको छ, यसै वर्ष काम हुन्छ ।’
जिल्ला फुटबल सङ्घका अध्यक्ष मिलन गुरुङले ‘फ्लड लाइट’ जडानसँगै पोखरा रङ्गशालामा अन्तर्राष्ट्रियस्तरका प्रतियोगिताका लागि ढोका खुल्ने बताए । साँझ तथा रातिका खेलका लागि बत्ती अनिवार्य रहेको र सो नहुँदासम्म फिफाले स्वीकृति प्रदान नगर्ने भएकाले दु्रतगतिमा काम हुनुपर्ने उहाँ बताउँछन्।
उनले भने, ‘फ्लड लाइट’ भएपछि रङ्गशालामा धेरै अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल र अन्य प्रतियोगिता गर्न बाटो खुल्नेछ ।’अन्तर्राष्ट्रिय फुटबल रङ्गशालाको हालसम्म ९० प्रतिशत काम सकिएको छ । सोह« हजार ५०० दर्शक क्षमताको प्यारापिट तयारी अवस्थामा छ ।
यसैगरी अति विशिष्ट कक्षको प्यारापिटमा छानो छाउने काम सकिएको निर्माण कम्पनी भारतीय ग्रेट स्पोर्टस् एण्ड एमएम कन्स्ट्रक्सनका इञ्जिनियर पुरुषोत्तम बरालले बताए । रङ्गशालामा अहिले खेलाडी बस्ने कक्ष (प्लेयर बक्स),चेञ्जिङ रुम र प्रि इञ्जिनियरिङ भवनको फिनिसिङ तथा रङरोगनको काम भइरहेको छ । इञ्जिनियर बरालले भने, ‘आगामी अक्टोबरभित्रमा फुटबल रङ्गशालाको सम्झौताअनुसारको सबै काम सम्पन्न गरेर हस्तान्तरणको तयारीमा छौँ ।’
पोखरामा चार दशकअघि निर्माण गरिएको फुटबल रङ्गशालाको प्यारापिट वि.सं २०७२ को भूकम्पले क्षति पुगेपछि नयाँ निर्माण सुरु गरिएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ४ गते, २०८२ - ०७:४८
गुल्मी । ट्याक्टरको ठक्करबाट मदाने गाउँपालिकाका एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुका अनुसार म...
चैत्र ४ गते, २०८२ - ०७:३९
तेल र ग्यास जोगाउन अरू देशले कस्तो उपाय अवलम्बन गरेका छन्?
चैत्र ४ गते, २०८२ - ०७:२९
काठमाडौं । सरकारले सार्वजनिक सवारीसाधनको भाडादर समायोजन गर्ने तयारी थालेको छ। पेट्रोलियम पदार्थको मूल्य बढेसँगै यातायात व्यवस्था विभागले सार्वजनिक...
चैत्र ४ गते, २०८२ - ०७:२३
काठमाडौं । पूर्ववत् अभ्यास र परम्परा तोड्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले यसपटक सांसदको शपथपछि मात्रै सरकार निर्माण गर्ने तयारी गरेको छ । शपथ...
चैत्र ४ गते, २०८२ - ०७:१९
नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा जापानिज इन्सेफलाइटिसविरुद्ध सञ्चालन भइरहेको विशेष खोप अभियानअन्तर्गत हालसम्म ४६ हजार ७७८ जनाले खोप लगाएका...
चैत्र ४ गते, २०८२ - ०७:१६
भोजपुर । भोजपुरका किसानका लागि रुद्राक्ष खेती बलियो आम्दानीको स्रोत बनेको छ । विशेष गरी दिङ्ला क्षेत्रमा अधिकांशले रुद्राक्षलाई मुख्य आम्दानीको माध्यम...
चैत्र ४ गते, २०८२ - ०७:०९
दाङ । गए राति देउखुरीमा भएकाे मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । गढवा इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक डबलबहादुर बमका अनुसार ट्या...
चैत्र ४ गते, २०८२ - ०७:०७
चितवन । चितवनको बरण्डाभार जङ्गल क्षेत्रमा पर्ने टिकौलीदेखि पञ्चकन्या र चर्तुमुखी सामुदायिक वनसम्म करिब १२ किलोमिटर दुरीमा जिप सफारीसँगै हाइकिङ र सन्ध्...
चैत्र ४ गते, २०८२ - ०७:०१
काठमाडौँ । प्रि–मनसुनका कारण पछिल्लो एक साता बदली र वर्षा भइरहेको छ । नेपालमा आज केही सुधार भएको मौसम बुधबार पनि साधारणतया सफा नै रहने तर बिहीबारदेखि ...
चैत्र ४ गते, २०८२ - ०६:५७
रौतहट । केरा खेतीको बिमा नहुँदा रौतहटका किसान मारमा परेका छन् । जिल्लाका विभिन्न स्थानीय तहमा लगाइएको केरा खेतीमा बिमा नहुँदा यहाँका किसान प्रकृति प्र...


प्रतिकृया लेख्नुहोस्: