कञ्चनपुर । कोरोनाको तेस्रो लहर रोकथामका लागि जिल्लामा पूर्वतयारी थालिएको छ । मास्क अनिवार्य गराउन जनचेतना फैलाउने कार्यसँगै सर्वसाधारणलाई सचेत पार्ने कार्य पनि तीव्रताका साथ अगाडि बढाइएको छ ।
प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेयका अनुसार जिल्लाभर मास्क लगाउन र स्वास्थ्यका मापदण्ड पूर्णरूपमा पालना गराउनका लागि अभियान सञ्चालन गरिएको हो । “सीमा नाका भएर आउने व्यक्तिलाई हेल्थ डेस्कमा लगी जाँच गरेर मात्रै पठाउने गरेका छौँ”, उनले भने, “स्थानीय तह र अन्य सङ्घसंस्थासँगको समन्वयमा एम्बुलेन्सको व्यवस्थासमेत गरिएको छ ।”
त्रिनगर र गड्डाचौकी सीमा नाकामा एक/एक हजार अट्ने होल्डिङ सेन्टर केही दिनभित्रै पूरा हुने तयारीमा रहेको उनको भनाइ थियो । “महाकाली अस्पतालमा बालबालिकालाई लक्षित ५० श्यया थप्न लागिएको छ, यो दुई महिनाभित्र तयार हुन्छ”, प्रजिअ पाण्डेयले भने, “अस्पतालमै अक्सिजन प्लान्ट जडानका लागि प्रक्रिया शुरु भइसकेको छ ।”
खोप जारी
जिल्लामा कोरोनाविरुद्धको खोप लगाउने कार्य जारी छ । स्वास्थ्य कार्यालयका खोप शाखा प्रमुख जनक कुँवरका अनुसार हालसम्म योे खोप ३५ प्रतिशतले लगाइसकेका छन् । पहिलो मात्राको खोप एक लाख १२ हजारले लगाएका छन् । “भदौ पहिलो साताभित्रै पहिलो खोपको मात्रा लगाएकालाई दोस्रो मात्रा लगाइसक्छौँ”, उनले भने । हालसम्म खोपको दोस्रो मात्रा लगाउने ७४ हजार छन् ।
‘जोन्सन एण्ड जोन्सन’ खोप २७ हजार चार सयलाई लगाइएको छ । स्वास्थ्य कार्यालयसँग १० हजार खोप भण्डारण गर्ने क्षमता छ । खोपको दोस्रो मात्रा लगाइसकेपछि बचेको सुदूरपश्चिम विश्वविद्यालयका विद्यार्थी, प्राध्यापक र कर्मचारीलाई लगाउने कार्यालयको योजना छ ।
सक्रिय बिरामी
जिल्लामा सक्रिय सङ्क्रमित १२५ छन् । सङ्क्रमण देखिएका मध्ये १२२ होम आइसोलेशन र तीनको आइसोलेशनमा उपचार भइरहेको छ । स्वास्थ्य कार्यालयको तथ्याङ्कअनुसार जिल्लामा दैनिक १० देखि १५ जनासम्ममा कोरोना सङ्क्रमण देखिन थालेको छ । वैशाखदेखि हालसम्म जिल्लाका सात हजार ६१ जनाको पिसिआर जाँच गरिएकामा तीन हजार ८४२ मा सङ्क्रमण देखिएको थियो । तीमध्ये तीन हजार ६०६ सङ्क्रमणमुक्त भएका छन् ।
यसैगरी ३० हजार ३५९ जनाको एन्टिजेन परीक्षण गरिएकामा दुई हजार ४६९ को नतिजा पोजेटिभ आएको थियो । कोरोनाको पहिलो र दोस्रो लहरमा गरी हालसम्म आठ हजार २३९ जनामा सङ्क्रमण देखापरेकामा सात हजार ९०८ सङ्क्रमणमुक्त भएका र १८८ को मृत्यु भएको छ ।
मास्क अभियान
समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत जिल्लामा प्रहरी र स्थानीय तहका समन्वयमा कोरोना रोकथामका लागि नेपाल मास्क अभियान सञ्चालन गरिएको छ । जिल्लाका नौ वटै स्थानीय तहमा अभियान सञ्चालन भइरहेको छ । कोभिड– १९ सङ्क्रमणबाट उत्पन्न हुन सक्ने जोखिमलाई ध्यानमा राखी तोकिएको स्वास्थ्य मापदण्डको पूर्णपालना नगरी मास्क नलगाई हिँडडुल गर्ने सर्वसाधारण, सवारी चालक, सहचालक र यात्रुलाई सतर्क पार्न थालिएको छ ।
विभिन्न नारासहितका प्लेकार्ड प्रदर्शन गरी र नि:शुल्क रुपमा मास्क वितरण अगाडि बढाइएको छ । आफू पनि बचांँै र अरुलाई पनि बचाआंैँ भन्ने हेतुले अभियान प्रभावकारीरूपमा अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सिद्धराज न्यौपानेले बताए ।
प्रहरी नायब उपरीक्षक न्यौपानेका अनुसार आइतबार मास्क नलगाई सार्वजनिक स्थानमा आवतजावत गरी लापरवाही गर्ने व्यापारी र उपभोक्ता गरी ५६ जनालाई कोभिड– १९ सङ्कट व्यवस्थापन अध्यादेश २०७८ बमोजिम कारवाही गरी सचेत गराइएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...


प्रतिकृया लेख्नुहोस्: