Khabar Dabali १९ बैशाख २०८३ शनिबार | 2nd May, 2026 Sat

अमेरिकी गुप्तचरको चेतावनी : एक हप्ताभित्र काबुल तालिबानको कब्जामा, ९० दिनभित्र अफगान सरकार पतन हुनेछ

खबरडबली संवाददाता

एजेन्सी । तालिबान लडाकुहरू अफगानस्थानको राजधानी काबुलतर्फ रफ्तारले अघि बढिरहँदा काबुलबासीहरु भय र त्रासले बाँचिरहेका छन् ।

बीस वर्षदेखि अफगानको सुरक्षमा खटिएका अमेरिकी र उसको नेतृत्वको नेटो गठबन्धनका फौजले दैनिक हजारौँ मानिसहरूलाई काबुलबाट उद्धार गर्न सक्ने बताए पनि राजधानीवासीहरु विश्वस्थ हुन सकेका छैनन्।

तालिबानले अफगानिस्तानमा नयाँ क्षेत्रहरुमाथि  तिव्र गतिको रफ्तारमा कब्जा  जमाइरहेका दृष्य धेरैले अचम्मको साथ हेरिरहेका छन्। तालिबान लडाकुहरुका अगाडि प्रान्तहरुका राजधानीहरु कार्डको प्याक जस्तै टुक्रिएका छन्। 

काबुलबाट ८० किलोमिटर दक्षिणमा रहेको पुल–ए–आलम सहित १८ वटा प्रान्तीय राजधानी तालिबानहरूले कब्जा गरिसकेका छन्।

त्यहाँ कुनै संदेह छैन सबै चिज तालिबान को पक्ष मा छ, जबकि अर्को तिर अफगान सरकार सत्ता मा आफ्नो पकड कायम राख्न संघर्ष गरिरहेको देखिन्छ।

यसै हप्ता लीक भएको अमेरिकी गुप्तचर रिपोर्टले भविष्यवाणी गरेको छ कि राजधानी काबुल आउँदो हप्ताहरुमा तालिबानको आक्रमणको शिकार बन्नेछ र अमेरिकी समर्थन प्राप्त वर्तमान सरकार ९० दिन भित्र पतन हुन सक्छ।

अफगानस्थानको लडाईंमा असफलता हात पारेको अमेरिकी नेतृत्वको गठबन्धनका सेनाहरु धमाधम आफ्ना देश फर्किरहेका छन् । कुटनीतिक नियोगका कर्मचारी भारीमात्रामा कटौति गरी फिर्ता लगिसकेका छन् । 

अफगानस्थानको सुरक्षा स्थिति भयाभय  देखिदा प्रश्न उठ्छ कि अफगान सुरक्षा बलको यो वास्तविकता यति छिटो कसरी उजागर भयो ? अमेरिका, ब्रिटेन र नाटोका उसका सहयोगीहरुले पछिल्ला २० बर्षहरुमा अफगान सुरक्षा बलहरुलाई प्रशिक्षण दिन धेरै समय बिताएका छन्।

अमेरिका र ब्रिटेनका थुप्रै सेनाका जनरलहरूले दाबी गरे कि उनीहरुले एउटा बलियो र शक्तिशाली अफगान सेना तयार पारेका छन्। यी प्रतिज्ञाहरु र दावीहरु अब खोक्रो देखिन्छन्।

संयुक्त राष्ट्रसङ्घका महासचिवले गैर सैनिकहरूका लागि विस्मयकारी परिस्थिति निर्माण गर्ने गरी अवस्था नियन्त्रण बाहिर गइरहेको चेतावनी दिइसकेका छन् । हजारौं नागरिकहरु डर र त्रासले सीमापर तर्फ भागीरहेका छन् । 

 

 

 

 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending