Ntc summer Offer
Khabar Dabali १२ श्रावण २०८१ शनिबार | 27th July, 2024 Sat
NIMB

नेपाल पार्टी फुटाउने गतिविधि गरिरहनुभएको छ : अधिकारी

खगराज अधिकारी

पार्टीलाई एकतवद्ध बनाउन विवाद समाधान कार्यदलले तयार गरेको १० बुँदे सहमतिलाई सबैले इमान्दारीताका साथ पालना गर्नुपर्छ । १० बुँदे सहमति धेरै विचार, विमर्शपछि दुवै पक्षका शीर्ष नेताहरूको सहमति लिएर तयार गरेको हो । यसलाई हामीले केन्द्रीय कमिटीबाट अनुमोदन गरी सकेका छौँ । विवाद समाधानका लागि यो नै उत्तमविन्दु हो । पार्टी विभाजित भएर समग्र कम्युनिष्ट आन्दोलनलाई कमजोर पार्नु हुँदैन । एमाले जिवन्त प्रतिभाहरूको पार्टी हो । यस्ता विवाद अहिले मात्र होइन पहिल्यै पनि भएका थिए । विभिन्न कालखण्डमा टुटफुट भएर यहाँसम्म आएको हो । पछि पनि हुन्छ । अहिलेको समाधानको उत्तमविन्दु भनेको १० बुँदे हो । यसमा जो अडिदैन त्यो पार्टी र सिद्धान्तका लागि धोकेवाज हो । त्यसलाई आम कार्यकर्ता, समर्थक, शुभचिन्तकहरूले राम्रो मान्दैनन् । सबैतिर अतिवाद र दृष्टिकोणलाई फालेर पार्टीको आन्तरिक एकतालाई बलियो बनाएर जानु पर्छ ।

माधवजीहरूले पार्टी बाहिर बसेर गुनासो, विरोध र चिन्ता गर्ने होइन । उनीहरू निसर्तरुपमा पार्टीको बैठकमा आउनुपर्छ । उहाँहरू जुनजुन जिम्मेवारी रहेका छन्, त्यही जिम्मेवारी पाउनुहुन्छ । त्यसका लागि बैठकमा आउने र कमिटीलाई कन्भिन्स गर्ने बाहेक उहाँहरूको अर्को विकल्प छैन । निसर्त पार्टीको बैठकमा सहभागी भए उहाँहरूले उठाएका राम्रो कुरालाई हाम्रो साथ र समर्थन रहन्छ । बैठकमा नआउने, बाहिर छु्ट्टै भेला गर्ने,  समानन्तर गतिविधि गर्ने, पार्टीलाई कमजोर बनाएर नचल्ने अवस्था बनाउन मिल्छ ? अध्यक्षले पटक पटक बैठकमा आउन आग्रह गरिरहनुभएको छ । उहाँले १० बुँदेको कुरा उठाए, त्यो भयो । जेठ २ मा फर्कौँभन्दा त्यसमा पनि फर्कियौँ । उहाँहरूले माग गरेका विषय पार्टीले सम्बोधन गरिसकेपछि फेरि विभिन्न अत्तो थापेर बस्नुको कुनै तुक छैन ।

मुलुकमा यत्रो कोभिड महामारीको चुनौति छ । सरकारले साना साना कुरामा पनि पेलेर जान खोजेको छ । नीति तथा कार्यक्रममार्फत हामीलाई फसाउन खोजिरहेको छ । यस्तो बेलामा पार्टी दिशाहिन र प्रतिकृया रहित भएर बस्यो भने राम्रो हुँदैन । दुई शीर्ष नेताबीच वार्ता संवाद हामीले रोकेको हो ? किन वार्ता नभएको ? उनीहरूको अराजक गतिविधिबीच पनि पार्टी एक शिष्ट र सालिन तरिकाबाट अगाडि बढिरहेको छ ।
माधव नेपालले कहिल्यै पनि पार्टी एकताको पक्षमा उभिनु भएको छैन । उहाँ पार्टी एक बनाउन होइन, पार्टी फुटाउने गतिविधि गरिरहनुभएको छ । किन समानान्तर गतिविधि गर्नुहुन्छ ? बैठकमा आउनुहोस, सिंगै कमिटीलाई कन्भिस गर्नुहोस । हामी पार्टी एकतालाई कायम राख्न अझै पनि प्रयास गर्छौँ । मलाई आशा छ, माधव समूह निसर्त पार्टीको बैठकमा आउनुहुन्छ ।
(अधिकारी ओली पक्षीय नेता हुन्)

Khabardabali Desk

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

संसदमा प्रधानमन्त्री प्रचण्डको दमदार सम्बोधन : विश्वासको मत सङ्ख्याको पहल होइन, प्रतिवाद र प्रतिरोधको पहल हो

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधनजस्तो जटिल र संवेदनशील विषयमा खेलवाड नगर्न आग्रह गरेका छन् ।समावेशीतालाई खारेज गर्ने...

नैतिक प्रश्न उठ्ने गरी तदर्थ सरकार चलाउन कुनै रूचि थिएन, छैन : प्रधानमन्त्री

काठमाडौं। असार : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नैतिक प्रश्न उठ्ने गरी तदर्थ सरकार चलाउन आफूलाई कुनै रूचि नभएको प्रष्ट पार्नुभएको छ ।   प...

देशैभरका ८ शहरहरुमा ‘ग्राण्ड एजुकेशन कन्क्लेभ’ आयोजना गर्दै राइटपाथ

काठमाडाैं । राइटपाथ करियर काउन्सिलिङले यहि आउदाे वैशाख २९ गतेदेखि जेठ ८ गतेसम्म देशका प्रमुख सहरहरूमा 'ग्राण्ड एजुकेशन कन्क्लेभ' आयाेजना गर्ने...

महासंघ अध्यक्ष ढकाल कर्पोरेट एक्सिलेन्सी अवार्डद्वारा सम्मानित

काठमाडौं । नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघले नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई कर्पोरेट एक्सिलेन्सी अवार्डबाट सम्मानित गरेको...

सुचना प्रविधि दिवसको अवसरमा टेलिकमले ल्यायो यस्तो अफर

काठमाडौं । ‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ भन्ने मूल नारा सहित आगामी वैशाख २० गते मनाउन लागिएको राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस ...

काभ्रेपलाञ्चोककी श्रद्धा: मेडिकल अध्ययनदेखि मिस्टर एण्ड मिस नेशनलसम्म

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका, रिठ्ठेमा जन्मिएकी श्रद्धा अधिकारी ‘मिस्टर एण्ड मिस नेशनल २०२४’ मा प्रतियोगी नम्बर २३ हुन् । गत...

दुर्गा प्रसाईमाथि कुटपिट

बागलुङ । बागलुङमा व्यवसायी दुर्गा प्रसाईंमाथि हातपात भएको छ ।  बागलुङमा आयोजित सभालाई सम्बोधन गर्न पुगेका उनलाई लोकतान्त्रिक चोकमा हातपात भएको हो ।...

भुटानी शरणार्थी प्रकरण : रायमाझि पुर्पक्ष थुनाको फैसला, खाँडका विषयमा राय बाझियो

काठमाडौं । भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोप बहादुर रायमाझीसहित ८ जनालाई पुर्पक्षका लागी थुनामा राख्ने आदेश सदर भएको छ ।  उच्च अदालत पाटनका...

एमालेको मेची–महाकाली अभियान सुरु

बैतडी । नेकपा एमालेले आजबाट मध्य पहाडी लोकमार्ग केन्द्रीत विशेष अभियान सुरु गरेको छ । एमालेका अध्यक्ष अध्यक्ष केपी शर्मा ओलीले बैतडीको झुलाघाटमा झन...

ल्यार्काल लामा आइविसिको सभापतिमा निर्बाचित

काठमाडौं। मंसिर ११ देखि भारतको नयाँ दिल्लीमा सुरुभएको विश्व बौद्ध शिखर सम्मेलनको तेस्रो महाधिवेशनबाट संविधानसभा सदस्य तथा लुम्बिनी विकास कोषका उपाध्यक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy