Ntc summer Offer
Khabar Dabali १२ श्रावण २०८१ शनिबार | 27th July, 2024 Sat
NIMB

ओलीको एकलौटी निर्णयले एकता गम्भीर संकटमा : गैरे

ठाकुर गैरे

अझै पनि पार्टी एक भएको घोषणा नहुनुले हामी आश्चर्यचकित भएका छौँ । १० बुँदेको आधारमा पार्टी एकताबद्ध बनाउनुपर्छ भनेर हामीले माग गर्दै आएको हो । अहिले पनि हामीले भनिरहेका छौँ । पार्टी एकतालाई बचाइराख्न हामीले धेरै लचकता अपनाएका छौँ । केही दिन अगाडि सम्पन्न भएको हाम्रो केन्द्रीय कमिटी बैठकले १० बुँदे सहमति पारित गरेको छ । बैठकमा सर्वसम्वतरुपमा पार्टी एकताको पक्षमा लचिलो हुने निर्णय गर्यो तर अध्यक्ष ओलीले हाम्रो मागप्रति वेवास्था गर्दै सोमबार एकलौटी ढंगले अगाडि बढ्ने निर्णय गर्‍यो, त्यसले पार्टी एकतामा ठेस पुर्‍याएको छ । अध्यक्ष ओलीले एकपक्षीय गतिविधि तत्काल रोकेर वार्ता र संवादबाट समस्याको समाधान खोजिनुपर्छ । नेताहरूले जुन जुन पोजिसन बनाएर बस्नु भएको छ, त्यसमा ब्याक भएर उम्भिनु पर्ने आवश्यकता हो तर किन भइरहेका छैनन् ? पार्टी एकतालाई बिथोल्न किन र कसले रोकेको छ भन्ने कुरा हामीले बुझ्नु आवश्यक छ ।  एमालेको एकता हुन नदिन पार्टी भित्र र बाहिर विभिन्न देशी, विदेशी शक्तिहरू लागि परेका छन् । यी कुरालाई मध्यनजर गर्दै पार्टी एकता अनिवार्य आवश्यकता हो । सबैले आफ्ना हठ र अडानहरू त्याग्नु पर्छ र एकताको पक्षमा उभिनुपर्छ ।

पार्टीभित्र कसको पोजिसन के हुन्छ त्यो महत्वको विषय भएन । हामीले लामो संघर्ष पछि शान्ति, संविधान र गणतन्त्र प्राप्त गरेका छौँ । यसलाई रक्षा र कार्यान्वय गर्ने उदेश्यका लागि आज पार्टी एकताबद्ध हुनु जरुरी छ । पार्टी अध्यक्षको हिसाबले ओली अझै बढी जिम्मेवार र उदार हुनु आवश्यक छ । दम्भ र रिसको राजनीतिले कतै पुगिँदैन । यस्ता गतिविधिले पार्टीलाई बर्बादिको दिशामा लैजान्छ । तत्काल पार्टीका गतिविधिहरू रोकेर दुवै पक्ष सहभागी हुने वातावरण बनाउनुपर्छ ।

सबैको त्याग र तपश्याबाट एमाले बनेको हो ।  व्यक्तिगत अहम र इगोको राजनीतिले हामी कतै पुग्दैनौँ । अहिलेका सबै चुनौति सामना गर्न पनि पार्टी एकताको आवश्यक छ । पार्टीभित्र विधि, पद्धति, कम्युनिस्ट सिद्धान्त र सर्वहारा वर्गीय चिन्तनबाट अघि बढ्नुपर्ने हो तर त्यसो हुन नसक्नु बिडम्बना हो । पार्टीमा सिद्धान्तभन्दा पनि व्यक्ति प्रधान भयो । त्यसकारले संविधान, लोकतन्त्र र गणतन्त्र फेरि संकटमा पर्दै गएको छ । प्रतिक्रियावादी, अराजकतावादी, दक्षिणपन्थी शक्ति र विदेशी शक्तिहरू हाबी हुँदै गइरहेका छन् । त्यो शक्तिसँग जुद्धनका लागि नेपालमा एउटा बलियो कम्युनिष्ट पार्टी आवश्यक छ । सबै कम्युनिष्टहरूलाई एकताबद्ध बनाउन पनि एमालेको एकता आवश्यक छ । एकता भनेको केवल नेताहरूमात्र मिल्ने होइन, विधि, विधान र पद्धति आत्मसाथ गरी रुपान्तरण र सुदृढिकरणको आवश्यकता छ । पार्टी एकतालाई निष्कर्षमा पुर्याउन पार्टीभित्र हामी थप संघर्ष गर्छौँ ।
(गैरे माधव पक्षीय नेता हुन्)

Khabardabali Desk

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

संसदमा प्रधानमन्त्री प्रचण्डको दमदार सम्बोधन : विश्वासको मत सङ्ख्याको पहल होइन, प्रतिवाद र प्रतिरोधको पहल हो

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधनजस्तो जटिल र संवेदनशील विषयमा खेलवाड नगर्न आग्रह गरेका छन् ।समावेशीतालाई खारेज गर्ने...

नैतिक प्रश्न उठ्ने गरी तदर्थ सरकार चलाउन कुनै रूचि थिएन, छैन : प्रधानमन्त्री

काठमाडौं। असार : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नैतिक प्रश्न उठ्ने गरी तदर्थ सरकार चलाउन आफूलाई कुनै रूचि नभएको प्रष्ट पार्नुभएको छ ।   प...

देशैभरका ८ शहरहरुमा ‘ग्राण्ड एजुकेशन कन्क्लेभ’ आयोजना गर्दै राइटपाथ

काठमाडाैं । राइटपाथ करियर काउन्सिलिङले यहि आउदाे वैशाख २९ गतेदेखि जेठ ८ गतेसम्म देशका प्रमुख सहरहरूमा 'ग्राण्ड एजुकेशन कन्क्लेभ' आयाेजना गर्ने...

महासंघ अध्यक्ष ढकाल कर्पोरेट एक्सिलेन्सी अवार्डद्वारा सम्मानित

काठमाडौं । नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघले नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई कर्पोरेट एक्सिलेन्सी अवार्डबाट सम्मानित गरेको...

सुचना प्रविधि दिवसको अवसरमा टेलिकमले ल्यायो यस्तो अफर

काठमाडौं । ‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ भन्ने मूल नारा सहित आगामी वैशाख २० गते मनाउन लागिएको राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस ...

काभ्रेपलाञ्चोककी श्रद्धा: मेडिकल अध्ययनदेखि मिस्टर एण्ड मिस नेशनलसम्म

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका, रिठ्ठेमा जन्मिएकी श्रद्धा अधिकारी ‘मिस्टर एण्ड मिस नेशनल २०२४’ मा प्रतियोगी नम्बर २३ हुन् । गत...

दुर्गा प्रसाईमाथि कुटपिट

बागलुङ । बागलुङमा व्यवसायी दुर्गा प्रसाईंमाथि हातपात भएको छ ।  बागलुङमा आयोजित सभालाई सम्बोधन गर्न पुगेका उनलाई लोकतान्त्रिक चोकमा हातपात भएको हो ।...

भुटानी शरणार्थी प्रकरण : रायमाझि पुर्पक्ष थुनाको फैसला, खाँडका विषयमा राय बाझियो

काठमाडौं । भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोप बहादुर रायमाझीसहित ८ जनालाई पुर्पक्षका लागी थुनामा राख्ने आदेश सदर भएको छ ।  उच्च अदालत पाटनका...

एमालेको मेची–महाकाली अभियान सुरु

बैतडी । नेकपा एमालेले आजबाट मध्य पहाडी लोकमार्ग केन्द्रीत विशेष अभियान सुरु गरेको छ । एमालेका अध्यक्ष अध्यक्ष केपी शर्मा ओलीले बैतडीको झुलाघाटमा झन...

ल्यार्काल लामा आइविसिको सभापतिमा निर्बाचित

काठमाडौं। मंसिर ११ देखि भारतको नयाँ दिल्लीमा सुरुभएको विश्व बौद्ध शिखर सम्मेलनको तेस्रो महाधिवेशनबाट संविधानसभा सदस्य तथा लुम्बिनी विकास कोषका उपाध्यक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy