Ntc summer Offer
Khabar Dabali १२ श्रावण २०८१ शनिबार | 27th July, 2024 Sat
NIMB

माओवादी लेगेसी प्रचण्डसँग छैन्, हामीसँग छ : रायमाझी

टोप बहादुर रायमाझी

पार्टीभित्र व्यक्तिलाई कति कर्म्फटेबल हुन्छ, त्यो मुख्य कुरा होइन । मुख्य कुरा पार्टीको योजना, विचार, राजनीति र कार्यक्रमलाई कसरी हामीले विधि र विचार संगत ढंगले लैजान्छौँ भन्ने कुरा महत्वपूर्ण कुरा हो । त्यसमा हामी काफि मात्रामा प्रयत्न गरिरहेका छौँ । विचार र बहसलाई लिपिबद्ध र लयबद्ध बनाउन पार्टीले विधान सम्मेलन आयोजना गरेको छ । त्यसमा हामी सम्पूर्ण तयारीमा जुटिरहेका छौँ ।

हामी पार्टीभित्र चुनौतिसित सामना गरेर जाने पक्षमा छौँ । राजनीतिक जीवन वा कम्युनिस्ट आन्दोलनमा यो सधैंभरी रहिरहने कुरा हो । हामी एमालेको मात्र एकता होइन, छरिएर रहेका नेपालका सबै कम्युनिष्टहरूसँग एकता गरी शक्तिशाली कम्युनिष्ट पार्टी बनाउन चाहिरहेका छौँ ।  त्यसलाई एकताबद्ध बनाउन हामी कोशिस गर्छौँ ।

अहिले एमालेभित्र जुनखालको विवाद र दरार उत्पन्न भएको छ । हामी त्यसको अन्त्य चाहन्छौँ । माधव समूह पनि एकतामा आउनुपर्छ । पूर्व एमाले एकताबद्ध हुनु जरुरी छ । त्यसपछि पूर्व एमालेमात्र नभइ सम्पूर्ण वामपन्थी शक्तिहरू एकजुट र एकताबद्ध भएर लाग्नुपर्छ । विभाजित कम्युनिष्टहरूलाई एकीकृत र ध्रुबिकृत गरेर एउटा शक्तिशाली कम्युनिस्ट पार्टी निर्माण गर्ने अभियानमा छौँ । यसलाई तत्कालिन पार्टी एकतालाई मात्र नभइ काम कारबाहीमा पनि चुस्त दुरुस्त बनाउनुपर्छ । पार्टी एकतालाई वैचारिक ढंगले एकताबद्ध बनाइ, कम्युनिस्ट आन्दोलनलाई ध्रुबिकृत बनाउँदै लैजाने हाम्रो निरन्तर प्रयास हुन्छ ।

आफ्नो लागि चुनौति हुन्छ कि खतरा हुन्छ कि भन्ने कुरामा हामीलाई कुनै प्रवाह छैन । यी सबै कुरा राष्ट्र, जनता, पार्टी, विचार र सिद्धान्तका अगाडि गौण कुरा हुन् । देश र जनतालाई केन्द्रविन्दुमा राखिसकेपछि, त्यो आफै सुरक्षित हुन्छ । एमालेभित्र हामी पूर्वमाओवादी नेताहरू सुरक्षित छैनौँ भन्ने बाहिर जुन किसिमको भ्रम छ । त्यो हामीलाई होइन बाहिरकाहरूको अड्कलवाजी मात्र हो । पार्टीभित्र हामीले कही कतै पश्चाताप 'फिल' भएको छैन ।

हामी मावोवादी पृष्ठभूमिबाट आन्दोलनको नेतृत्व गरेर आएका हौँ । हामीले माओवादी र एमालेबीच एकता गरेर नेकपा बनाइसक्यौँ । त्यसबाट हामी  पछि हट्न नचाहेको मात्रै हो । हामीले हाम्रो लेगेसीलाई लिएर पार्टीभित्र सँगसँगै अगाडि बढिरहेका छौँ । हाम्रो लेगेसी छाड्ने कुरा आउँदैन । राजनीतिक आन्दोलनबाट प्राप्त उपलब्धि अधिकतम मात्रामा हामीले संविधानमा संस्थागत गर्‍यौँ । त्यस उपलक्धिलाई रक्षा गर्न फेरि हामी अगाडि बढ्छौँ । माओवादी लेगेसी हामीसँग छ, जुन अरुसँग छैन । त्यो प्रचण्डसँग छैन । माओवादी पार्टी खोलेर मात्रै हुँदैन । दोकानमा पार्टी खोलेर माओवादी लेखेसी कायम हुने भए नेपालमा कति वटा पार्टी खोलेका छन् ? त्यो खोल्दैमा हुने कुरा होइन । वास्तवमा भन्ने हो भने त्यसले उठाएका मुद्दाहरूलाई हामीले रक्षा र विकास गर्न सक्छौँ कि सक्दैनौँ ?

जहाँसम्म पार्टी अध्यक्षले ल्याएको राजनीतिक प्रतिवेदनमा समाहित भएर जाने कि फरक धार निर्माण गर्ने सवाल छ त्यसमा प्रतिवेदन हेरेर बहस गरौँला ।  मेरो विचारमा  जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलनका सबै विचारहरूको प्रतिनिधित्व भइसकेपछि छुट्टै विचारमा लानु जरुरत छैन । विचार, राजनीति, योजना र कार्यक्रमलाई समेटेर सबैलाई 'वीन वीन' हुने हिसाबले राजनीतिक प्रतिवेदन, संगठात्मक संरचना, विचार र सकार्यक्रमा झल्किने अवस्था आए छुट्टै प्रतिवेदन लैजानु आवश्यक छैन ।

हामी भोलि महाधिवेशनको समयमा राजनीतिक प्रतिवेदन, योजना, सिद्धान्तमा हाम्रो विचार र एजेण्डालाई लिपिबद्ध गर्न लागि परेका छौँ । सबैले जितेको हिसाबले प्रतिवेदन आउनुपर्छ । राजनीतिमा धेरै उतारचढाव हुन्छन् । राजनीति त्यति सजिलो विषय होइन । संकट र सम्भावनाकोबीचबाट गुज्रिएर हामी निर्धक्कसँग इच्छाशक्तिका साथ विचारमा अडिग रहेर हामीले ती विचारलाई पार्टी एकताको पक्ष, विचारको समायोजन, विचारको प्रतिबिम्बको पक्षमा हामी निरन्तर संघर्ष गर्छौँ । त्यसमा हामी सफल हुन्छौँ । विधान सम्मेलनमा पार्टी अध्यक्षलगायत पदाधिकारीले ल्याएको प्रतिवेदनमा गम्भीर छलफल गर्छौँ । हाम्रो विचारलाई हामी मर्न दिदैनौँ । त्यसमा हामी सफल हुन्छौं ।
(रायमाझी माओवादीबाट एमाले प्रवेश गरेका नेता हुन्)
 

Khabardabali Desk

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

संसदमा प्रधानमन्त्री प्रचण्डको दमदार सम्बोधन : विश्वासको मत सङ्ख्याको पहल होइन, प्रतिवाद र प्रतिरोधको पहल हो

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधनजस्तो जटिल र संवेदनशील विषयमा खेलवाड नगर्न आग्रह गरेका छन् ।समावेशीतालाई खारेज गर्ने...

नैतिक प्रश्न उठ्ने गरी तदर्थ सरकार चलाउन कुनै रूचि थिएन, छैन : प्रधानमन्त्री

काठमाडौं। असार : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नैतिक प्रश्न उठ्ने गरी तदर्थ सरकार चलाउन आफूलाई कुनै रूचि नभएको प्रष्ट पार्नुभएको छ ।   प...

देशैभरका ८ शहरहरुमा ‘ग्राण्ड एजुकेशन कन्क्लेभ’ आयोजना गर्दै राइटपाथ

काठमाडाैं । राइटपाथ करियर काउन्सिलिङले यहि आउदाे वैशाख २९ गतेदेखि जेठ ८ गतेसम्म देशका प्रमुख सहरहरूमा 'ग्राण्ड एजुकेशन कन्क्लेभ' आयाेजना गर्ने...

महासंघ अध्यक्ष ढकाल कर्पोरेट एक्सिलेन्सी अवार्डद्वारा सम्मानित

काठमाडौं । नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघले नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई कर्पोरेट एक्सिलेन्सी अवार्डबाट सम्मानित गरेको...

सुचना प्रविधि दिवसको अवसरमा टेलिकमले ल्यायो यस्तो अफर

काठमाडौं । ‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ भन्ने मूल नारा सहित आगामी वैशाख २० गते मनाउन लागिएको राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस ...

काभ्रेपलाञ्चोककी श्रद्धा: मेडिकल अध्ययनदेखि मिस्टर एण्ड मिस नेशनलसम्म

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका, रिठ्ठेमा जन्मिएकी श्रद्धा अधिकारी ‘मिस्टर एण्ड मिस नेशनल २०२४’ मा प्रतियोगी नम्बर २३ हुन् । गत...

दुर्गा प्रसाईमाथि कुटपिट

बागलुङ । बागलुङमा व्यवसायी दुर्गा प्रसाईंमाथि हातपात भएको छ ।  बागलुङमा आयोजित सभालाई सम्बोधन गर्न पुगेका उनलाई लोकतान्त्रिक चोकमा हातपात भएको हो ।...

भुटानी शरणार्थी प्रकरण : रायमाझि पुर्पक्ष थुनाको फैसला, खाँडका विषयमा राय बाझियो

काठमाडौं । भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोप बहादुर रायमाझीसहित ८ जनालाई पुर्पक्षका लागी थुनामा राख्ने आदेश सदर भएको छ ।  उच्च अदालत पाटनका...

एमालेको मेची–महाकाली अभियान सुरु

बैतडी । नेकपा एमालेले आजबाट मध्य पहाडी लोकमार्ग केन्द्रीत विशेष अभियान सुरु गरेको छ । एमालेका अध्यक्ष अध्यक्ष केपी शर्मा ओलीले बैतडीको झुलाघाटमा झन...

ल्यार्काल लामा आइविसिको सभापतिमा निर्बाचित

काठमाडौं। मंसिर ११ देखि भारतको नयाँ दिल्लीमा सुरुभएको विश्व बौद्ध शिखर सम्मेलनको तेस्रो महाधिवेशनबाट संविधानसभा सदस्य तथा लुम्बिनी विकास कोषका उपाध्यक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy