मार्तडी । जिल्लामा पछिल्लो समयमा बालबालिकामा विभिन्न रोगको सङ्क्रमण बढ्न थालेको छ । बुधबार जिल्ला अस्पताल बाजुराले पत्रकारसँगको अन्तक्र्रियामा पछिल्लो चार वर्षयता बालबालिकामा निमोनिया, झाडापखालालगायतका रोगको सङ्क्रमण बढेको अस्पतालका प्रमुख डा प्रकाशराज जोशीले बताएका छन् ।
उनले पछिल्लो दुई सातामा ३७ बालबालिकालाई कोरोनासँग मिल्ने रोगको सङ्क्रमणले बढी प्रभावित बनाएको र अस्पतालमा उपचारमा गराउनेको सङ्ख्या बढेको बताउनुभयो । यही साउन १५ गतेयता अस्पतालमा ३७ बालबालिका निमोनियालगायतका रोगले ग्रस्त भई उपचारमा आएको तथ्याङ्क पत्रकारसँगको अन्तक्र्रियामा सार्वजनिक गरिएको हो ।
अस्पतालका सूचना अधिकारी नृपराज गिरीले बालबालिकामा श्वासप्रश्वासमा समस्या आउने, झाडापखाला लाग्ने, ज्वरो आउनेलगायतका लक्षण देखा परेको भन्दै नयाँ भेरियन्टको डेल्टा नामक कोरोना भाइरस सङ्क्रमणसँग मिल्दोजुल्दो भएकाले बालबालिका बढी प्रभावित बनेको बताए।
एकाएक सबै पाँच वर्षमुनिका बालबालिकामा सङ्क्रमण देखिएको अस्पतालले जनाएको छ । जिल्लामा विगत चार वर्षको तुलनामा यो वर्ष सबैभन्दा डरलाग्दो सङ्क्रमण पहिलोपटक देखिएको कार्यालय प्रमुख डा जोशीको भनाइ छ ।
भर्ना भएकामध्ये ३० जना निको भएर घर फर्किएका छन् भने छ जनाको अझै उपचार भइरहेको छ । एक जनालाई थप उपचारका लागि रिफर गरिएको छ । भर्ना भएकामध्ये दुई बालबालिकाको अवस्था गम्भीर रहेको अस्पतालका कार्यालय प्रमुख डा जोशीले बताए । उपचारका लागि भर्ना भएकामध्ये अधिकांशमा ज्वरो, निमोनिया, श्वासप्रश्वास र पखालाको सङ्क्रमण देखिएको छ । तीमध्ये केहीलाई अक्सिजनको सहारामा उपचार गर्नुपरेको छ ।
मौसमी सङ्क्रमण हो वा भाइरल ज्वरो हो भन्ने यकिनका लागि परीक्षण गर्न केन्द्रीय प्रयोगशाला पठाइएको कोभिड–१९ सूचना अधिकारी चूडामणि पन्तले बताए। कोरोना लक्षणसँग मिल्ने हुँदा एन्टिजेन जाँच गर्दा नेगेटिभ देखाए पनि ज्वरोको सङ्क्रमण मात्र हो भन्ने अवस्था नरहेको अस्पतालका कोभिड–१९ सूचना अधिकारी पन्तले बताए । स्वास्थ्यकर्मीले कोरोनाको तेस्रो लहर हुनसक्ने अनुमानसहित थप जाँचको आवश्यकता देखिएको बताएका छन् ।
पाँच वर्षभन्दा कम उमेर समूहका अधिकांशका एकाएक एकै प्रकारको सङ्क्रमण र लक्षणको समस्या देखिनु सामान्य नहुने भएकाले घर परिवारले ख्याल गर्नुपर्ने अस्पतालले जनाएको छ । सामान्य लक्षण देखिनेलगत्तै उपचारका लागि ल्याउनुपर्ने र खानपान, सुरक्षा र सरसफाइमा विशेष ध्यान दिनुपर्ने चिकित्सकको सुझाव छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १७ गते, २०८३ - २०:१३
ललितपुर । अध्यागमन विभागले ललितपुरबाट शंकास्पद् गतिविधिमा संलग्न ९ जना चिनियाँ नागरिक पक्राउ गरेको छ । ललितपुरको धोबीघाटमा ठूलो संख्यामा चिनियाँ न...
आषाढ़ १७ गते, २०८३ - १७:५५
काठमाडौं। सरकारले त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा पूर्वसचिव तथा पूर्वाधार विज्ञ किशोर थापालाई नियुक्त गरेको छ। प्रधानमन्त्री ...
आषाढ़ १७ गते, २०८३ - १७:४४
काठमाडौं। नेपाल सरकारका पूर्वसचिव भीमप्रसाद उपाध्यायविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दर्ता भएको छ। नेपाल मेडिकल काउन्सिलले निमित्त रजिष्...
आषाढ़ १७ गते, २०८३ - १७:३९
फिदिम। सरकारले पुष्पलाल (मध्यपहाडी) राजमार्गअन्तर्गत पाँचथर खण्डको निर्माण कार्य अलपत्र पार्ने निर्माण व्यवसायीसँगको ठेक्का सम्झौता रद्द गरेको छ। म...
आषाढ़ १७ गते, २०८३ - १७:१८
काठमाडौँ। वर्तमान सरकार गठन भएयता परीक्षा प्रणालीमा सुधार, विश्वविद्यालयहरूमा शासकीय सुधार, डिजिटल सेवा विस्तार तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउने द...
आषाढ़ १७ गते, २०८३ - १७:०१
काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेनजीआन्दोलनपछि नारायणहिटी दरबार सफा गर्न लगाइएको सूचना आफूहरूले पाएको ...
आषाढ़ १७ गते, २०८३ - १६:५३
काठमाडौं। राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले संविधान संशोधन गर्नुअघि त्यसको उद्देश्य र नियत स्पष्ट रूपमा पहिचान गर्नुपर्ने बताएका छन्। बु...
आषाढ़ १७ गते, २०८३ - १६:४५
काठमाडौं। सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग नेपालका लागि साउदी अरेबियाका राजदूत फाहद मोहम्मद मनिखले शिष्टाचार भेटवार्ता गरेका छन्। सिंहदरबारस्थित स...
आषाढ़ १७ गते, २०८३ - १६:०७
काठमाडौं। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटेसँगै निगमले पेट्रोल, डिजेल र एलपी ग्यासको मूल्य...
आषाढ़ १७ गते, २०८३ - १५:४९
काठमाडौं। परराष्ट्रमन्त्री शिशिर खनालले मुस्ताङ जिल्लामा युरेनियम धातु उत्खननका लागि नेपाली सेना र अमेरिकी सेनाबीच सम्झौता भएको भन्ने चर्चामा कुनै सत्...



प्रतिकृया लेख्नुहोस्: