Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८२ आईतवार | 20th April, 2025 Sun
Investment bank

एसईईको नतिजा साउन २५ भित्र, कक्षा ११ को परीक्षा साउनभित्र सक्‍न निर्देशन

खबरडबली संवाददाता

काठमाडौँ । सरकारले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा साउन २५ गतेसम्म सार्वजनिक गर्ने भएको छ । विद्यार्थीको प्राप्ताङ्कको अन्तिम रुजु भइरहेकाले ढिलोमा साउन २५ भित्र नतिजा सार्वजनिक गर्ने अन्तिम गृहकार्यमा राष्ट्रिय परीक्षा बोर्ड जुटेको हो ।

बोर्ड (एसईई) हेर्ने परीक्षा नियन्त्रक रुद्र अधिकारीले परीक्षा प्रकाशनको अन्तिम चरणमा आफूहरू पुगेको र कार्यालयको सर्भर तथा प्राविधिक क्षेत्रमा समस्या भएन भने २५ गतेसम्म नतिजा सार्वजनिक गरिसक्ने जानकारी दिए । नतिजा प्रकाशनका क्रममा विद्यार्थीको प्राप्ताङ्कमा त्रुटि नहोस् भनेर नै रुजुको काम भइरहेको उनले स्पष्ट गरे ।

आजको गोरखापत्रमा खबर छ- हाल विद्यार्थीको प्राप्ताङ्क नम्बरलाई जीपीएमा परिवर्तन गर्ने काम भइरहेको छ । जिल्लास्थित सबै शिक्षा विकास तथा समन्वय एकाइबाट विद्यार्थीको प्राप्ताङ्क प्राप्त भइसकेकाले कुनै कारणले अब रोकिनुपर्ने अवस्था नरहेको उनको भनाइ छ । केही विद्यालयका विद्यार्थी परीक्षामा पूरै अनुपस्थित देखिएको, सबै विषयमा ‘ए’ प्लस ल्याएको विद्यार्थी एउटा विषयमा मात्रै अनुपस्थित देखिएका जस्ता विषयमा हाल आफूहरूले मसिनो गरी केलाइरहेको जानकारी उनले दिए । विद्यालयलाई भने असार २० भित्र विद्यार्थीको आन्तरिक मूल्याङ्कन पूरा गरी जिल्लास्थित समन्वय एकाइमा पठाउन समय दिइएको थियो ।

सरकारले कोरोना भाइरसको सङ्क्रमण बढेपछि २०७७ सालमा कक्षा १० का विद्यार्थीको एसईईको अन्तिम मूल्याङ्कन गर्ने जिम्मेवारी सम्बद्ध विद्यालयलाई नै दिने निर्णय गरिएको थियो । एसईईका विद्यार्थीको विद्यालयले मूल्याङ्कन गरेको यो दोस्रो पटक हो । यसअघि २०७६ सालका एसईईका विद्यार्थीको मूल्याङ्कन गर्ने जिम्मेवारी पनि विद्यालयलाई दिइएको थियो ।

कक्षा ११ को साउनभित्र
राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ मा अध्ययन गर्ने विद्यार्थीको अन्तिम परीक्षा साउनभित्र सक्न सम्बद्ध विद्यालयहरूलाई निर्देशन दिएको छ । कुल सय पूर्णाङ्कको परीक्षा लिन र साउनभित्र परीक्षा सक्न विद्यालयहरूलाई बोर्डले निर्देशन दिएको हो ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

शिक्षकका न्यायोचित मागहरू तत्काल पूरा गर्न जनमतको माग

काठमाडौं । जनमत पार्टीले आन्दोलनरत शिक्षकका न्यायोचित मागहरू तत्काल पूरा गर्न सरकारसँग माग गरेको छ । पार्टीका प्रवक्ता डा। शरद सिंह यादवले आइतबार एक व...

पूर्वराष्ट्रपति र उपराष्ट्रपतिलाई राजनीतिमा आउन केही कुराले रोक्दैनः अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वराष्ट्रपति र उपराष्ट्रपतिलाई राजनीतिमा आउन कुनै पनि कुराले नरोक्ने दाबी गरेका...

दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक, आठ अर्ब ४३ करोड बढीकाे कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले घटेको छ । आज परिसूचक १६ दशमलव ६८ अङ्कले घटेर दुई हजार ७०६ दशमलव ०४ को विन्दुमा कायम भएक...

लमजुङको नेपालडाँडामा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु, १५ घाइते

लमजुङ। डुम्रे–बेसीशहर सडकखण्ड अन्तर्गत भानु नगरपालिका १०, नेपालडाँडामा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । १५ जना घाइते भएका छन् । काठमाडौ...

भन्सार छलेर भित्राइएको २९ लाख बढीको मोबाइल पार्टस बरामद, किन मानेन भन्सारले बुझ्न ?

झापा । झापाको भद्रपुर नाकाबाट भन्सार छलेर भित्राइएको मोबाइलका पार्टस तथा सामग्रीसहित एउटा पिकअप गाडी प्रहरीले नियन्त्रणमा लिएको छ।  भद्रपुर–५ स्थित...

तपाईंको मुड हरेक क्षण बदलिरहन्छ? यसरी गर्नुहोस् नियन्त्रण

काठमाडौं। आजकल, तनाव र मुड स्विङको समस्या धेरै सामान्य भएको छ। यद्यपि, मौसम परिवर्तनले मुड स्विङहरू पनि निम्त्याउन सक्छ, जसले गर्दा चिडचिडापन, उदासी र...

एमालेले बैशाख ११ को युवा भेला बिशेष हुने

काठमाडौं । नेकपा एमालेले बैशाख ११ लोकतन्त्र दिवसको अवसरमा काठमाडौंमा आयोजना गर्ने विशेष कार्यक्रमको तयारीलाई तीव्र बनाएको छ ।  जनताले जितेको दिन यु...

राप्रपाले रवीन्द्र र धवल नछुटेसम्म प्रदर्शन जारी राख्ने

काठमाडौं । राप्रपाले पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणा रिहा नभएसम्म प्रदर्शन जारी राख्ने भएको छ । आजको प्रदर्शन ४...

परिवारसहित थाइल्याण्ड उडे देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा परिवारसहित थाइल्याण्ड प्रस्थान गरेका छन् । उनी आइतबार दिउँसो १ बजेर ४६ मिनेटमा थाइल्याण्ड प्रस्थान...

माइतीघर देखी बानेश्वरसम्म तीन समुहको प्रदर्शन जारी

काठमाडौं । माइतीघर देखी नयाँ बानेश्वरसम्म तीनवटा समुहका प्रदर्शन र धर्ना जारी रहेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीको नेतृत्वमा बानेश्वरमा, शिक्षक ...

अरु धेरै
raksirang palika
ribdikot palika
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

chisankhugadi palika tripura sundari palika thakre palika temal palika sunapati palika shivapuri palika shailung palika roshi palika marin palika manhari palika mahabharat lishankhu palika lakhan palika khotehang palika khaniyabas palika khanikhola palika kakani palika Kailash palika jugal palika jantedhunga palika ghyangkhola palika gandaki palika NIBL RIGHT SIDE Salt Trending