Khabar Dabali १९ असार २०८३ शुक्रबार | 3rd July, 2026 Fri
Investment bank

जब १० हजार १९ को मृत्यु मात्र तथ्यांक बन्छ

खबरडबली संवाददाता

काठमाडौँ । गत वर्षको जेठ ३ मा कोरोना भाइरसका कारण नेपालमा पहिलो मृत्यु भयो। काठमाडाैँस्थित त्रिवि शिक्षण अस्पतालमा सुत्केरी भएर घर फर्केकी सिन्धुपाल्चोककी २९ वर्षीया एक महिलाको उपचारका लागि धुलिखेल अस्पताल ल्याउने क्रममा मृत्यु भएको थियो। त्यति बेला उनमा कोरोना संक्रमण पुष्टि भएको थियो। त्यसपछिका १५ महिनामा नेपालमा कोरोना भाइरस संक्रमणबाट १० हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ।  

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार जनाएअनुसार हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या १० हजार १९ पुगेको छ। चिकित्सक र जनस्वास्थ्य विज्ञ समयमै यथेष्ट तयारी हुन सकेको भए मृत्यु संख्या कम गर्न सकिने ठान्छन्। कतिपय विज्ञ मृतकको तथ्यांक देखाइएभन्दा अझ बढी रहेको दाबी गर्छन्।  

आजको नागरिकमा खबर छ- नेपालमा पहिलो पटक २०७६ माघ १० गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो। त्यसको झन्डै डेढ वर्षमा अर्थात् शुक्रबारसम्म ७ लाख १० हजार ५०९ जना संक्रमित भएका छन्। हाल नेपालमा सक्रिय संक्रमितको संख्या ३७ हजार ९४२ छ। संक्रमणदर अझै पनि २५ प्रतिशतको हाराहारीमा रहनु महामारी नियन्त्रणका हिसाबले सबैभन्दा ठूलो चिन्ताको विषय बनेको छ । महामारीको फैलावटको हिसाबले यो उच्च दर हो। दोस्रो लहरले सबैभन्दा बढी आक्रान्त रहेको छिमेकी भारतमा समेत संक्रमण दर ३ प्रतिशतभन्दा कम छ । 

स्वास्थ्य मन्त्रालयका अनुसार गत चैत १ अघिसम्म (पहिलो लहर) मा मात्र ३ हजार १४ जनाको मृत्यु भएको थियो। त्यसपछिको झण्डै ५ महिनामा थप ७ हजारको मृत्यु भएको देखिन्छ। दोस्रो लहरको उत्कर्षमा कोरोनाबाट मृत्युदर १.७२ प्रतिशत थियो। अहिले यो १.५ प्रतिशतमा झरेकोछ। तर संक्रमण दर उच्च रहिरहँदा यसले अन्ततः मृत्युदरलाई पनि बढाउँछ। दुवै लहरमा मृत्यु हुनेमा सबैभन्दा बढी निजी अस्पतालमा उपचार गराउन पुगेका व्यक्ति छन्। त्यसपछि क्रमशः संघीय, प्रादेशिक अस्पताल, होम आइसोलेसन र संस्थागत आइसोलेसनमा मृत्यु भएको मन्त्रालयको तथ्यांक छ।  

धुलिखेल अस्पतालका चिकित्सक डा. विराज कर्माचार्य महामारीलाई सम्बोधन गर्न समग्र स्वास्थ्य क्षेत्रको तयारी महत्वपूर्ण रहनेमा नेपालमा त्यसो हुन नसकेको बताउँछन्। दोस्रो लहरमा अस्पतालमा अक्सिजन र शड्ढया अभावमा धेरैको मृत्यु भयो। बेलैमा खोपको जोहो हुन सकेको भए यो संख्यामा पक्कै पनि मृत्यु नहुने उनको भनाइ छ । पहिलो लहरको तुलनामा दोस्रो लहरमा युवाको मृत्यु बढी भएको बताउँदै उनी भन्छन्, ‘मात्र दुईचार महिनाअघि खोपको जोहो हुन सकेको भए धेरैको ज्यान जाने थिएन।’ उनी भन्छन्, ‘पहिलो लहरमा सबै उमेर समूहमा सरदर मृत्युदर १.१ प्रतिशत थियो भने दोस्रो लहर (गत असार ८ सम्मको तथ्यांक) मा यो बढेर १.७२ प्रतिशत पुगेको देखिएको छ।’

त्यसो त उमेर समूहअनुसार मृत्युदर पनि फरकफरक रहेको छ। गत चैत १ गतेअघि अर्थात् महामारीको पहिलो लहरमा २५ देखि ३४ वर्ष उमेर समूहका कुल संक्रमितमध्ये ०.२ प्रतिशतको मृत्यु भएको थियो। चैत १ गतेदेखि असार ८ गतेसम्मको तथ्यांक समीक्षा गर्दा त्यो समूहमा मृत्युदर २ गुणाले बढेर ०.४ प्रतिशतमा उक्लेको देखिन्छ। यसैगरी, पहिलो लहरमा ३६ देखि ४४ वर्ष उमेर समूहमा मृत्युदर ०.४ प्रतिशत रहेकोमा दोसो लहरको असार ८ सम्म यो बढेर १.१ प्रतिशत पुगेको देखिएका छ। त्यस्तै, पहिलो लहरमा ४५ देखि ५४ वर्ष उमेर समूहमा मृत्युदर १.१ प्रतिशत रहेकोमा दोस्रो लहरमा बढेर यो दर २.१ प्रतिशत पुगेको छ। ५५ वर्ष उमेरमाथिको उमेर समूहमा मृत्युदर दुवै लहरमा त्यति धेरै फरक देखिएको छैन। ५५ वर्ष उमेरमाथिको समूहमा मृत्युदर दुवै लहरमा १५ प्रतिशतको हाराहारीमा छ। ६५ वर्ष उमेरदेखि ८४ वर्षको समूहमा पहिलो लहरमा भन्दा दोस्रोमा मृत्युदर कम छ।

दोस्रो लहरबाट २५ देखि ५४ वर्ष उमेर समूहका मानिस बढी प्रभावित भएको सन्दर्भमा डा. कर्माचार्य भन्छन्, ‘प्रष्ट छ, यो समूहलाई समयमै उपचार र खोपको व्यवस्था हुन सकेको भए, यो स्तरमा भएको मानवीय क्षतिलाई कम गर्न सकिन्थ्यो।’  

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुका अनुसन्धान संयोजक डा. शेरबहादुर पुन शड्ढया र अक्सिजन अभावले दोस्रो लहरमा मृतक संख्या बढेको ठान्छन्। अक्सिजन अभावमा ठ्याकै कतिजनाको मृत्यु भयो भनेर यकिन भन्न नसकिने भए पनि मृत्युको प्रमुख कारण अक्सिजन अभाव नै रहेको उनको बुझाइ छ। ‘अक्सिजन अभावमा अस्पतालमा भर्ना नगर्दा अन्यत्र हुने मृत्यु पनि अक्सिजनको अभावसँगै जोडिन्छ,’ उनी भन्छन्।  

नेपालले तयारीको मौका पाउँदापाउँदै चनाखो हुन नसकेको विज्ञ बताउँछन्। सन् २०१९ को डिसेम्बर अन्त्यमा चीनको बुहानबाट सुरु भएको कोरोना महामारी चीन, युरोपेली मुलुक, भारत हुँदै नेपाल आउँदा केही साता लागेको थियो । दोस्रो लहरले नेपाललाई लपेट्नुभन्दा १ महिनाअघि भारतमा दोस्रो लहर भयावह बनेको थियो। ‘हामीले दुवै लहरमा तयारी गर्ने अवसर पाउँदापाउँदै पनि गुमायौं। तर अब तेस्रो लहरको सम्भावना देखिएकाले त्यो मौका हामीले गुमाउनु हुँदैन,’ डा. पुन भन्छन्।  

मृत्यु तथ्यांकमात्र होइन

त्रिभुवन विश्वविद्यालय मानवशास्त्रका प्राध्यापक डा. विनोद पोखरेल महामारीमा हुने मृत्युलाई तथ्यांकमा हेरिने र मृतकका परिवारमा भएको पीडा, क्षति र समवेदनाको कम आकलन गरिने बताउँछन्। ‘एकजनाको मृत्यु दुखान्त घटना मानिन्छ, जब मृतक संख्या हजारौंमा पुग्छ त्यतिबेला यो तथ्यांकमा परिणत हुन्छ,’ पोखरेल भन्छन्। महामारीमा भएको मृत्युको सही कारण, यथेष्ट विवरण, जातीय तथा वर्गीय पहिचानलगायतका विषयमा आवश्यक सूचना उपलब्ध नभएको बताउँदै उनी भन्छन्, ‘महामारीमा मृत्यु अमूर्त बनेको बनेको छ, कसको कसरी मृत्यु भयो भन्ने विस्तृत जानकारी उपलब्ध छैन।  

सबैभन्दा ठूलो कुरा परिवारको सदस्यले जब आफ्नो प्रियजनलाई जोगाउन सकिने मृत्युबाट जोगाउन नसकेको महसुस गर्छ तब त्यो झन् पीडादायी हुन्छ।’

खोप, खोप, खोप

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गरेपछि सरकारको पहिलो प्राथमिकता ‘खोप खोप खोप’ हुने बताएका थिए। पछिल्ला दिनमा खोप खरिदमा केही सकारात्मक प्रगति भएका छन्। स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले असोजसम्म एकतिहाइ र चैत मसान्तसम्म सबै लक्षित समूहलाई खोप उपलब्ध गराउने तयारी भइरहेको केही दिनअघि बताएका थिए। मन्त्रालयले हालसम्म झण्डै १ करोड डोज खोप प्राप्त भैसकेको र असोजसम्म थप १ करोड डोज आउने जनाएको छ। गत माघदेखि नेपालमा खोप अभियान सुरु भए पनि हालसम्म ७ प्रतिशत जनसंख्याले मात्र खोपको दुवै डोज र १४.६९ प्रतिशतले खोपको एक डोज लगाएको छ।  

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेल आगामी चैत मसान्तसम्म ५ करोड २२ लाख डोज खोप नेपाललाई प्राप्त हुने दाबी गर्छन्। उनले सम्भावित तेस्रो लहरलाई सम्बोधन गर्न अक्सिजन कन्सट्रेटरको व्यवस्था, बालबालिकाका लागि थप उपचार व्यवस्था तथा समग्रमा अन्य अस्पतालमा शड्ढया, सघन उपचार कक्ष तथा भेन्टिलेटर थप्ने काम भएको बताए।  

महामारीको दोस्रो लहर मृत्यु र संक्रमणदरका हिसाबले बढी घातक देखिएको परिप्रेक्ष्यमा तेस्रो लहर नियन्त्रणका लागि अझै सशक्त हिसाबले काम गर्नुपर्ने देखिएको पौडेल बताउँछन्। ‘समुदायमा संक्रमण फैलिएकाले नागरिकले स्वास्थ्य मापदण्ड अवलम्बन गर्न जरुरी छ। त्यस्तै जतिसक्दो चाँडो हामी नागरिकलाई खोप दिन्छौं, त्यति नै छिटो महामारी नियन्त्रण हुन सक्छ,’ पौडेल भन्छन्। अहिले १२ जिल्लामा ५ सयभन्दा बढी संक्रमित छन्। संक्रामक र घातक मानिएको भाइरसको डेल्टा भेरियन्टको संक्रमण पनि नेपालमा भएको छ।  

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उद्घाटन–शिलान्यास बन्ददेखि डिजिटल सेवासम्म : बालेन सरकारका १०० दिन, के गर्‍यो ?

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले पहिलो १०० दिनमा परम्परागत राजनीतिक शैलीभन्दा फरक कार्यशैली अपनाएको दाबी गरेको छ...

टिकटकदेखि विवाहेत्तर सम्बन्धसम्म : नेपाली सेनाकी सुवेदार श्रीमती हत्यामा ‘नेपाली ब्रो’सहित चार जनाविरुद्ध अभियोग

काठमाडौं । काठमाडौंको तारकेश्वर–६ पैयुँटारमा नेपाली सेनाकी सुवेदार ईश्वरी भुजेलको हत्या प्रकरणमा उनका श्रीमान् कुमार थापा मगर (टिकटकमा ‘नेपाली ब्रो’का...

बर्डफ्लु संक्रमित कुखुरा बिक्री गरे कडा कारबाही, ११ जिल्लामा सात लाखभन्दा बढी पन्छी नष्ट

काठमाडौं । पशुसेवा विभागले बर्डफ्लु संक्रमण भएका कुखुरा, हाँस, बट्टाइलगायत पन्छी बिक्री–वितरण नगर्न व्यवसायीलाई कडा निर्देशन दिएको छ। संक्रमित पन्छी ब...

आजको तरकारी तथा फलफूलको मूल्यः गोलभेडा ५० रुपैयाँसम्म, स्याउ ३०० र सिताके च्याउ प्रतिकिलो १ हजार

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (असार १९) का लागि कृषि उपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ। समितिका अनुसार ठूलो ने...

कालिमाटीमा कुन फलफूलको मूल्य कति?

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको पछिल्ला तीन दिनको थोक मूल्य सूचीअनुसार बजारमा अधिकांश फलफूलको मूल्य स्थिर रहे पनि लिचीको मूल्य...

आरके मेनपावरलाई तीन लाख जरिवाना

काठमाडौँ । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगार ऐन, २०६४ को प्रावधान विपरीत कार्य गरेको भन्दै आरके म्यानपावर ग्रुपलाई कारबाही गरेको छ। विभागले उक्त म...

'प्रदेशको स्वरूप फेरिनुपर्छ, संघीयता हट्दैन' : रास्वपा नेता पराजुली

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संघीयता खारेज गर्ने पक्षमा नरहेको स्पष्ट पारेको छ। पार्टीका संसदीय दलका उपनेता तथा केन्द्रीय सदस्य ग...

भेनेजुएला भूकम्पको चमत्कार : ८ दिनपछि १४० टन भग्नावशेषबाट जीवितै उद्धार

काठमाडौं । भेनेजुएलामा गएको विनाशकारी भूकम्पपछि १४० टन भग्नावशेषमुनि आठ दिनसम्म फसेका एक व्यक्तिको जीवितै उद्धार गरिएको छ। यो उद्धारलाई हालसम्मकै सबैभ...

बोपुङको वासिङ पहिरोले बर्सेनि उठीबास हुँदै गाउँले

खोटाङ । खोटाङकाे जन्तेढुङ्गा गाउँपालिका-२ बोपुङको वासिङ पहिरोले बर्सेनि स्थानीयलाई उठीबास बनाउँदै आएको छ । एक शताब्दीभन्दा पहिलेदेखि सुरू भएको बोपुङको...

इन्जुरी समयमा गोल, क्रोएसियामाथि पोर्चुगलको रोमाञ्चक जित; अन्तिम १६ मा प्रवेश

काठमाडौं । फिफा विश्वकप २०२६ मा पोर्चुगलले रोमाञ्चक जित निकाल्दै अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ। भर्खरै सम्पन्न खेलमा पोर्चुगलले क्रोएसियालाई ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending