Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

विद्युतीय खम्बा चोरी गर्ने सात पक्राउ

खबरडबली संवाददाता

बागमती । मकवानपुको वाग्मती गाउँपालिकाबाट चोरी भएको विद्युतीय खम्बासहित सात व्यक्तिलाई प्रहरीले पक्राउ गरी कारवाही प्रक्रिया अगाडि बढाएको छ ।
 
इलाका प्रहरी कार्यालय फाफरबारीबाट खटिएको  प्रहरी टोलीले बागमती-४ झुरझुरेस्थित धरान-चतरा सडकखण्डबाट स्टिल ट्युवलर विद्युतीय खम्बासहित पक्राउ गरिएको बताइएको छ । वडा नं १  हात्तीटुगेस्थित बाटो छेउमा रहेको ग्रीड सोलार इञ्जिन इफिसेन्सी आयोजनाका स्टिल ट्युवलर विद्युतीय खम्बासहित प्रहरीको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।
 
उहाँका अनुसार  मे१ख १५०५ नम्बरको ट्रकमा सो स्टिल खम्बा लोड गरी झुरझुरेतर्फ लैजाँदै गरेको अवस्थामा प्रहरीले ट्रक र चोरीमा संलग्न सातै जनालाई पक्राउ गरी अनुसन्धान कार्य शुरु गरिएको छ । साथै उनीहरुका साथबाट नम्बर नखुलेको एक थान मोटरसाइकलसमेत फेला परेको छ । 

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको  मण्डन  देवपुर  नगरपालिका-१ का ३० वर्षीय जयराम सापकोटा, उदयपुर घर भई हाल भक्तपुरको मध्यपुरठिमी नगरपालिका-७ बस्ने २७ वर्षीय हरि नेपाल, मकवानपुरको वाग्मती-७ बस्ने ३० वर्षीय सुरेश लामा, सोही स्थान बस्ने २२ वर्षीय उमेश लामा, रौतहटको चन्द्रपुर नगरपालिका-३ बस्ने ३२ वर्षीय धनबहादुर लामा र सोही स्थान बस्ने ४० वर्षीय देव पौडेल रहेको प्रहरीले जनाएको छ । रासस

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कार्की आयोगको प्रतिवेदन खारेज गर्न एमालेको माग, ‘प्रतिशोधपूर्ण निर्णय फिर्ता गर’

काठमाडौँ। नेकपा एमालेका महासचिव शंकर पोखरेल ले कार्की आयोगको प्रतिवेदन खारेज गर्न माग गरेका छन्। सामाजिक सञ्जालमार्फत उनले “कार्की आयोगको पूर्वाग्रही ...

सबै होइन, सक्ने काममा केन्द्रित होस् बालेन सरकार

काठमाडौँ। नागरिक शक्तिको प्रभावबारे सन् २०११ मा इजिप्टको आन्दोलनका अभियन्ता वायल गोनिमले दिएको भनाइ—“जनताको शक्ति सत्तामा रहेका व्यक्तिभन्दा बलियो हुन...

प्रतिवेदन पढेपछि हर्क सामपाङले भनेः 'सिंहदरबार कसले जलाएको रैछ ? जलाउनेलाई कारबाही हुनुपर्छ'

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क सामपाङले कार्की आयोगको प्रतिवेदनमाथि प्रश्न उठाएका छन् । सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै उनले सिंहदरब...

राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले भनिन्- जेनजी आन्दोलनका माग नयाँ सरकारले पूरा गरोस्

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्दै जेनजी आन्दोलनका माग नयाँ सरकारले पूरा गर्नुपर्ने बताएकी छन्। आफू नेतृत्वको स...

कपिलवस्तु घटनामा थप चार जना पक्राउ

कपिलवस्तु । कपिलवस्तुमा पछिल्ला दिनहरूमा देखिएको तनावपूर्ण घटनासँग सम्बन्धित आरोपमा प्रहरीले थप चार जनालाई पक्राउ गरेको छ। धार्मिक तथा साम्प्रदायिक सद...

यो युग तिम्रै आर्जन हो !

निराश छौ ! भो त्यो पर्दैन ! येस्तै हो जीवन ! राजनीति !! सम्झ न त्यो कहालीलाग्दो युगलाई ! जस्लाई तिम्ले नै हो कुल्चेर , सखाप पारेक...

रौतहटमा ट्याक्टरको ठक्करबाट ८ वर्षीय बालकको मृत्यु

रौतहट। रौतहटको राजपुर नगरपालिकामा ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ। बिहीबार दिउँसो करिब २ः४५ बजे राजपुर न.पा. १ पिपरा...

प्रधानमन्त्रीले राष्ट्रको नाममा सम्बोधन गर्दै

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार केहीबेरमा कार्कीले राष्ट्रको नाममा ...

शपथको पूर्व सन्ध्यामा बालेनले सार्वजनिक गरे र्‍याप गीत ‘जय महाकाली’

काठमाडौँ । प्रधानमन्त्रीको शपथको पूर्व सन्ध्यामा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)ले ‘जय महाकाली’ गी...

कार्की आयोग प्रतिवेदनप्रति एमाले आक्रोशित, रास्वपा मौन

काठमाडौँ। भदौ २३–२४ मा देशभर फैलिएको जेनजी आन्दोलनबारे गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन सार्वजनिक भएपछि राजनीतिक प्रतिक्रिया विभाजित भएको ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending