काठमाडौं । कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिले किसान र पशुपक्षी फार्ममा काम गर्ने मजदूरलाई पहिलो प्राथमिकतामा राखेर कोभिड–१९ सङ्क्रमणविरुद्धको खोपको व्यवस्थापन गर्न सरकारलाई निर्देशन गरेको छ ।
समितिको आजको बैठकले किसान र मजदूरलाई कोभिड–१९ विरुद्धको खोप तत्काल लगाउने व्यवस्था गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई निर्देशन दिएको सभापति पूर्णकुमारी सुवेदीले जानकारी दिए ।
समितिले अविरल वर्षाका कारण मुलुकका विभिन्न भागमा बाढीपहिराका घटनाबाट पशुपक्षी र बालीनालीमा क्षति पुगेका किसानलाई सहयोगस्वरुप यथाशक्य राहत उपलब्ध गराउन सुझाव दिएको छ ।
किसानले यस वर्ष पनि धानका लागि सहजरूपमा आवश्यक मल खाद्य प्राप्त गर्न नसकेको जनाउँदै समितिले कृषि तथा पशुपक्षी मन्त्रालयलाई रसायनिक मल अभावको समस्या तत्काल र दीर्घकालका लागि व्यवस्थापन गर्न गम्भीर ध्यानाकर्षण गराएको छ ।
समितिले भनेको छ, ‘मल खाद्य खरीदका लागि बजेट व्यवस्था गरी किसानका मागबमोजिम सरकारले समयमै किसानका मुद्दालाई सम्बोधन गर्नुपर्छ ।’ नेपाल कृषि अनुसन्धान परिषद्को भैरहवास्थित राष्ट्रिय गहुँबाली अध्ययन केन्द्रको जग्गा विभिन्न नाममा हुन लागेको अतिक्रमणका सम्बन्धमा समितिको गम्भीर ध्यानाकर्षण भएको पनि सभापति सुवेदीले जानकारी दिनुभयो । अतिक्रमको घटनाकाबारे जानकारी उपलब्ध गराउन समितिले मन्त्रालयलाई निर्देशन दिएको छ ।
यसैबीच कृषि अनुसन्धान परिषद्ले लुम्बिनी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालबाट राष्ट्रिय गहुँबाली कार्यक्रम रुपन्देहीको तीन बिघा जग्गा १०० श्यया क्षमताको बहुउपयोगी संरचना निर्माण गर्न उपलब्ध गराउन माग भई आएको पुष्टि गर्र्दै गहुँको अनुसन्धान र परीक्षणमा प्रतिकूल प्रभाव पर्ने भएकाले उपलब्ध गराउन नसकिने जानकारी गराएको छ ।
यसअघि बैठकमा समिति सदस्यले किसानलाई सरल, सुलभ र सहजरूपमा मलखाद्य उपलब्ध गराउन, कृषि ऋण र अनुदान टाठाबाठाको पोल्टामा गएकाले बास्तविक किसानमा पुर्याउन तथा प्राकृतिक प्रकोपका घटनाका पीडितलाई पुनर्वास र राहतका कार्यक्रम ल्याउन समितिमार्फत सरकारको ध्यानाकर्षण गराए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १७ गते, २०८२ - १३:०६
बाँके। लुम्विनी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको सडक पूर्वाधार कार्यालयले किरण नालामा पक्की पुल निर्माण सम्पन्न गरेपछि बाँकेको खजुरा ...
पौष १७ गते, २०८२ - १२:४८
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको खोला किनार मापदण्ड कार्यान्वयनको निर्णयको विरोधमा सरोकारवालाले माइतीघरमा पुन: प्रदर्शन गरेका छन्। सर्वोच्च अदालत...
पौष १७ गते, २०८२ - १२:३०
कञ्चनपुर। शुक्लाफाँटा नगरपालिका-६ करौलमा भू-क्षय नियन्त्रणका लागि स्याली नदीमा तटबन्ध निर्माणका तीनवटा आयोजना अघि बढाइएका छन् । योसँगै नदीका विभिन्न ख...
पौष १७ गते, २०८२ - १२:२१
रसुवा । नेपालको उत्तरी रसुवागढी अन्तरराष्ट्रिय नाका आजदेखि पूर्ण रूपमा सञ्चालनमा आएको छ । रसुवाका प्रमुख जिल्ला अधिकारी राजेश पन्थीका अनुसार गत असार २...
पौष १७ गते, २०८२ - १२:१५
काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगमा बुझाएको समानुपातिक बन्दसूचीमा झापा जिल्लाबाट ९ जना परेका छन्। झापा ठेगाना भएक...
पौष १७ गते, २०८२ - १२:०६
जुम्ला। जिल्ला प्रशासन कार्यालय जुम्लाले कार्यालयमै राष्ट्रिय परिचयपत्रको फाराम नि:शुल्क भर्ने व्यवस्था सुरु गरेको छ । प्रमुख जिल्ला अधिकारी दीपक पौडे...
पौष १७ गते, २०८२ - ११:५१
विराटनगर । सुनसरीको कोशी गाउँपालिका–१ मा सशस्त्र प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएपछि आक्रोशित स्थानीयले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरे...
पौष १७ गते, २०८२ - ११:२७
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक उम्मेदवार सूचीमा परेका पर्वतारोही टासी लाक्पा शेर्पाले आफ्नो नाम फिर्ता लिन चाहेको बताएक...
पौष १७ गते, २०८२ - ११:०७
कञ्चनपुर। कञ्चनपुरमा जङ्गली हात्तीको आक्रमणबाट एक जना गम्भीर घाइते भएको छन् । घाइते हुनेमा जिल्लाको भीमदत्त नगरपालिका वडा नम्बर १९ बागफाटास्थित शुक्रर...
पौष १७ गते, २०८२ - ११:०१
काठमाडौँ। पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेकोमा आज पनि सुनको मूल्य घटेको छ । आज छापावाल सुनको मूल्य प्रतितोला रु द...




प्रतिकृया लेख्नुहोस्: