Khabar Dabali २७ मंसिर २०८२ शुक्रबार | 12th December, 2025 Fri
Investment bank

कृषि कार्यक्रमअन्तर्गत विभिन्न ११ शीर्षकमा झापाका कृषकलाई २ करोड अनुदान

खबरडबली संवाददाता

झाप । कृषि ज्ञान केन्द्र झापाले आर्थिक वर्ष २०७७/७८ मा जिल्लाका कृषकलाई करिब रु दुई करोड अनुदान उपलब्ध गराएको छ । केन्द्रले कृषि कार्यक्रमअन्तर्गत विभिन्न ११ शीर्षकमा १५९ व्यक्ति, कृषि समूह, कृषि सहकारी, फार्मलगायतलाई रु एक करोड ९९ लाख ५४ हजार ९०० अनुदान उपलब्ध गराएको कृषि ज्ञान केन्द्र झापाका कृषि अर्थविज्ञ शालिकराम भट्टराईले जानकारी दिए ।

मागमा आधारित कार्यक्रमअन्तर्गत पाँच पालिकाका किसानलाई रु दुई लाख ५० हजार, कागती खेतीमा सात पालिकाका १२ फार्मलाई रु २१ लाख २३ हजार ३००, व्यावसायिक फलफूल बगैँचा स्थापनार्थ चार पालिकाका पाँच फार्मलाई रु नौ लाख एक हजार १०० अनुदान उपलब्ध गराइएको छ ।

त्यस्तै बीउबिजन आत्मनिर्भर कार्यक्रमअन्तर्गत तीन पालिकाका चार फार्मलाई रु तीन लाख ९६ हजार ८००, बगरखेती प्रवद्र्धनका लागि छ पालिकाका १० फार्मलाई १० लाख एक हजार, जैविक तथा वानस्पतिक विषादी प्रयोग विस्तार कार्यक्रमअन्तर्गत छ पालिकाका फार्मलाई रु छ लाख, महिला, दलित, विपन्न तथा पिछडिएको समुदाय लक्षित कार्यक्रमअन्तर्गत आठ पालिकाका १० फार्मलाई रु १० लाख अनुदान दिइएको कृषि अर्थविज्ञ भट्टराईले बताए ।

कृषि हाटबजार तथा सङ्कलन केन्द्र निर्माण गर्न तीन पालिका र एक सहकारी संस्थालाई रु ४० लाख अनुदान उपलब्ध गराइएको छ । गौरादह नगरपालिका, गौरीगञ्ज गाउँपालिका, बुद्धशान्ति गाउँपालिका र टागनडुब्बा सामुदायिक साना किसान कृषि सहकारी संस्थालाई रु १०/१० लाखका दरले दिइएको कार्यालयले जनाएको छ ।

रैथाने बाली उत्पादन प्रवद्र्धन कार्यक्रमअन्तर्गत मेचीनगर–१० की रुपा पौडेललाई रु एक लाख दिइएको छ । नमूना कृषि फार्म स्थापनाका लागि आठ पालिकाका १० फार्मलाई रु २६ लाख ६९ लाख ३०० र कृषि यान्त्रिकीकरण, औजार खरिदका लागि ८२ व्यक्ति/समूहलाई रु ७० लाख १३ हजार ४०० अनुदान सहयोग उपलब्ध गराइएको कार्यालयले जनाएको छ । कार्यालयले न्यूनतम रु १८ हजार ७०० देखि अधिकतम रु एक लाख २७ हजार ७०० अनुदान दिइएको बताएको छ ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending