भक्तपुर । नेकपा (एमाले) का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टी बनाउने कि भत्काउने भन्ने जिम्मेवारी नेतृत्वको हुने बताएका छन् ।
नेता नेपाल पक्षको युवा सङ्घ नेपाल केन्द्रीय कमिटीले आज भक्तपुरको सूर्यविनायकमा आयोजना गरेको ४३ औँ पुष्पलाल स्मृति दिवस तथा पिपुल्स भोलियन्टर घोषणा कार्यक्रममा बोल्दै उहाँले कम्युनिष्ट आन्दोलनमा अहिले कालो बादल मडारिएको बताए ।
नेता नेपालले भने, “अहिले कालो बादल मडारिएको छ, त्यो बादललाई हटाएर अगाडि बढ्नुपर्छ ।”
असल उत्तराधिकारी युवाबाटै जन्मनुपर्छ भन्दै उहाँले जस्तोसुकै परिस्थितिमा पनि मैदान छाडेर भाग्न हुँदैन भन्ने पढेको र सिकेको बताए । पार्टीभित्र भएका गल्ति कमीकमजोरीलाई समीक्षा गर्दै आत्मालोचना गर्दै लागेको धुलो टकटक्याउँदै फेरि उठेर जनताको माझ जानुपर्छ भन्दै उहाँले जनताले फेरि कम्युनिष्टलाई सत्ताको नेतृत्वमा पुर्याउने दाबी गरे ।
नेता नेपालले शिव श्रेष्ठको नेतृत्वमा एक हजार एक पिपुल्स भोलियन्टर घोषणा गर्दै जनताको मन जित्ने गरी काम गर्न, इमान्दारी, समर्पण, निष्ठा, संकल्प र देश तथा जनताको लागि काम गर्न निर्देशन दिए । एमाले स्थायी कमिटी सदस्य रघुजी पन्तले पार्टीमा सम्मानजनक एकता चाहिने बताए ।
उनले नेतृत्वले एकताको वातावरण बनाउनुपर्नेमा जोड दिए । दुई तिहाई नजिकको सरकार र यति ठूलो पार्टी अहिले कहाँ पुग्यो फर्केर हेरे हुन्छ भन्दै नेता पन्तले भने, “लोकतन्त्र, गणतन्त्र र संविधान जोगाउन बाध्य भएर शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णय गरेका हौँ, हामीले नै माधव नेपाललाई त्यसो गर्न भनेका हौँ, त्यसको जिम्मा हाम्रो टिमले लिन्छ ।” सो अवसरमा विभिन्न भ्रातृ सङ्गठनका नेताले पिपुल्स भोलियन्टरको आवश्यकता र औचित्य माथि प्रकाश पारे । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन १९ गते, २०८२ - १६:११
काठमाडौं । २१ फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै वीर अस्पतालले सम्भावित स्वास्थ्य आपतकालीन अवस्थाको सामना गर्न विशेषज्ञ चिकित्स...
फाल्गुन १९ गते, २०८२ - १६:०८
जनकपुरधाम । धनुषाको मिथिला नगरपालिका–१० स्थित रातो पुलमाथि थप दुई वटा शंकास्पद वस्तु फेला परेका छन्। यसअघि मिथिला–९ बडहरी पुल क्षेत्रमा वस्तु पड्कि...
फाल्गुन १९ गते, २०८२ - १५:५९
ललितपुर। ललितपुरको कुपण्डोलस्थित दाउरा थकालीमा आगलागी भएको छ। मंगलबार दिउँसो करिब पौने ४ बजेतिरदेखि आगलागी सुरु भएको एसएसपी होबिन्द्र बोग्टीले बताए। ...
फाल्गुन १९ गते, २०८२ - १५:५३
पोखरा । पोखराको मुख्य पर्यटकीय क्षेत्र लेकसाइडमा मंगलबार दिउँसो शंकास्पद वस्तु फेला परेपछि स्थानीय त्रसित बनेका छन्। लेकसाइडस्थित लालुपाते मार्ग ...
फाल्गुन १९ गते, २०८२ - १५:१८
काठमाडौं । खाडी क्षेत्रमा चर्किएको युद्धका कारण बन्द दुबई र आबुधावीका विमानस्थल आंशिक खुलेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । बेलायती सञ...
फाल्गुन १९ गते, २०८२ - १४:२४
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका एक जना प्रत्यक्ष उम्मेदवारको उम्मेदवारी खारेज भएको छ । धनुषा १ मा रास्वपाका उम्मेदवार रहेका किशोरी शाहको उम्मे...
फाल्गुन १९ गते, २०८२ - १४:२३
विराटनगर । निर्वाचनको मौन अवधिमा विराटनगर र ताप्लेजुङमा फेला परेका शङ्कास्पद वस्तुहरूलाई नेपाली सेनाले सुरक्षित रूपमा निष्क्रिय पारेको छ। विराटनग...
फाल्गुन १९ गते, २०८२ - १४:१९
भक्तपुर । सशस्त्र प्रहरीले सूर्यविनायक नगरपालिका ८ भुम्डोलबाट इन्सास राईफलसहित एक जनालाई नियन्त्रणमा लिएको छ । सशस्त्रको विशेष टोलीले गोरखा जिल्ला पा...
फाल्गुन १९ गते, २०८२ - १२:२३
काठमाडौं । मनमोहन अस्पताल स्वयम्भूमा उपचाररत एकजनाको मृत्यु भएपछि मृतकका अफन्तले विरोध प्रदर्शन गरेका छन् । प्रदर्शनका कारण अस्पताल परिसरभित्र तनावको ...
फाल्गुन १९ गते, २०८२ - १२:१७
सुर्खेत । सुर्खेतको भेरीगंगा नगरपालिका-–१० राताचौरस्थित छिन्चु–जाजरकोट सडकखण्डमा मंगलबार बिहान शंकास्पद वस्तु फेला परेको छ। जिल्ला प्रहरी कार्यालय ...



प्रतिकृया लेख्नुहोस्: