तनहुँ । व्यास नगरपालिकाभित्रका चौध वटा स्लेट ढुङ्गा उद्योगलाई उत्खनन गर्ने अनुमति दिइएको छ । नगरपालिकाले स्लेट ढुङ्गा उत्खननसम्बन्धी कार्यविधि बमोजिम कानूनीरुपमा ढुङ्गा उद्योगलाई अनुमति दिएको हो ।
व्यास नगरपालिकाका नगरप्रमुख वैकुण्ठ न्यौपानेले कार्यविधिबमोजिम प्रक्रिया पुगेका १४ वटा उद्योगका सञ्चालकलाई अनुमति प्रमाणपत्र हस्तान्तरण गरे । उत्खनन अनुुुमति हस्तान्तरण कार्यक्रममा नगर प्रमुख न्यौपानेले स्लेट ढुङ्गा उद्योगलाई व्यवस्थापन गर्न कार्यविधिअनुसार व्यवस्थित गर्न लागिएको बताए ।
नगरपालिकाभित्र उद्योगमैत्री वातावरण बनाउनको लागि प्रयास गरिरहेको र उद्योगले वातावरणीय पक्षलाई जोगाउँदै प्राकृतिक स्रोतको व्यवस्थित तरिकाले उत्खनन गर्नुपर्नेमा उनले जोड दिए । जिल्लामा दर्ता भएका १९ मध्ये पहिलो चरणामा १४ उद्योगलाई अनुमति प्रदान गरिएको नगरपालिकाका नगरप्रमुख न्यौपानेले जानकारी दिए ।
नगरपालिकाले आफ्नो पालिकाभित्र सञ्चालनमा रहेका उद्योगले नगरपालिकाबाट अनुमति लिएर मात्रै सञ्चालन गर्न यसअघि नै आग्रह गरेको थियो । व्यास नगरपालिका–१० र ११ मा सञ्चालनमा रहेका उद्योगले दिएको निवेदनअनुसार कानूनी प्रक्रिया पूरा गरेका उद्योगलाई उत्खनन अनुमति प्रदान गरिएको व्यास नगरपालिकाका वरिष्ठ अधिकृत राजेन्द्र कार्कीले जानकारी दिए ।
नगरपालिकाको कार्यविधिअनुसार स्लेट ढुङ्गा उद्योगलाई एक वर्षको लागि अनुमति दिइएको हो । वातावरणलाई जोगाउँदै अस्वस्थ प्रतिस्पर्धा नभई स्वस्थ प्रतिस्पर्धाबाट आफ्नो व्यवसायलाई मर्यादित बनाएर सञ्चालन गर्न प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले आग्रह गरे । नगरपालिकाले कार्यविधिअनुसार करको दायरामा ल्याएर स्लेट तथा ढुङ्गा उद्योगलाई व्यवस्थित गर्नु राम्रो पक्ष भएको तनहुँ स्लेट ढुङ्गा उत्खनन व्यावसायी समितिका अध्यक्ष ईश्वर पौडेलले बताए ।
नगरपालिकाले कार्यविधिअनुसार स्लेट ढुङ्गा उद्योग सञ्चालनको लागि कम्तीमा पाँच रोपनी आवश्यक पर्ने र प्रतिरोपनी वार्षिक रु दुई हजारका दरले कर बुझाउनुपर्ने व्यवस्था रहेको व्यास नगरपालिकाका शाखा अधिकृत विमल गिरीले जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख ३० गते, २०८१ - १७:२५
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले काठमाडौँ उपत्यकामा सञ्चालित उद्योगलाई अन्यत्र सार्नुपर्ने धारणा व्यक्त गरेको छन् । ग...
बैशाख ३० गते, २०८१ - १७:०७
बुटवल । लुम्बिनी प्रदेश सभाका दुई सांसद नवगठित जनता समाजवादी पार्टीमा खुलेका छन् । प्रदेशसभा सदस्यहरू आदेश कुमार अग्रवाल र भण्डारीलाल अहिर यादवले ...
बैशाख ३० गते, २०८१ - १७:०१
काठमाडौँ । उपेन्द्र यादव नेतृत्वको जसपा नेपालले सरकारबाट बाहिरने तयारी गरेको छ । माओवादी केन्द्रले मधेश सरकार छोडेपछि जसपा नेपालले केन्द्रमा सरकार छोड...
बैशाख ३० गते, २०८१ - १६:५२
काठमाडौँ । चैत्र महिनामा महंगी घटेको छ । नेपाल राष्ट्र बैंकले सार्बजनिक गरेको पछिल्लो ९ महिना वित्तीय विवरणमा चैत्र महिनामा मुद्र स्फिती घटेको देखिएको...
बैशाख ३० गते, २०८१ - १६:४२
जनकपुरधाम । नेकपा माओवादी केन्द्रले मधेश प्रदेशको सरकार छोडेको छ । माओवादी केन्द्रका दुई मन्त्रीले मधेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई राजीनामा बुझा...
बैशाख ३० गते, २०८१ - १६:३४
काठमाडौं, सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलसहित ६ जनाविरूद्भ भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्ध...
बैशाख ३० गते, २०८१ - १६:२९
काठमाडौं । सभामुख देवराज घिमिरेले बोलाएको प्रमुख दलका प्रमुख सचेतक, सचेतकहरूबीचको छलफल बिनानिष्कर्ष सकिएको छ । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा ...
बैशाख ३० गते, २०८१ - १४:३७
चितवन । पूर्वपश्चिम राजमार्गको नारायणगढस्थित नारायणी नदीमा बन्न लागेको पुलको सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिलान्यास गर्ने भएको छ । ...
बैशाख ३० गते, २०८१ - १४:२८
सरकारको नीति तथा कार्यक्रम अवरोध गर्ने या नगर्ने भन्ने विषयमा निर्णय गर्ने
बैशाख ३० गते, २०८१ - १४:११
काठमाडौँ । चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा मुलुकको अधिकांश आर्थिक तथा वित्तीय सूचकहरु सकारात्मक देखिएका छन् । यो अवधिसम्ममा मुद्रास्फीति वाञ्छित स...
प्रतिकृया लेख्नुहोस्: