कर्णाली । कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्माले प्रतिपक्षी दलको निरन्तर सदन अवरोध गरेका कारण अध्यादेशबाट बजेट ल्याउनुपरेको बताएका ।
आर्थिक मामिला मन्त्रालयमा आज पत्रकार भेटघाटमा मन्त्री शर्माले बजेट जस्तो संवेदनशील र अत्यावश्यक विषयमा प्रमुख प्रतिपक्षी दलले कार्यसूचीमै प्रवेश गर्न नदिएर सदन बन्धक बनाएपछि बजेट पारित हुन नसकेको बताए । बजेट पारित हुन नसकेका कारण बजेट ल्याउन प्रदेश सरकारले अध्यादेशको विकल्प रोज्नुपरेको उनले स्पष्ट पारे ।
“सदनको अवरोध हटाउन सरकारका तर्फबाट प्रतिपक्षी दलसँग औपचारिक तथा अनौपचारिक छलफल तथा पहल भयो”, मन्त्री शर्माले भने, “बिडम्बना असार मसान्तसम्म पुग्दा पनि बजेट माथिको छलफलको विषय प्रदेशसभाको कार्यसूचीमा समावेश हुन सकेन र ११ वटा बैठक निरर्थक भए ।” प्रतिपक्षी दलको आन्तरिक विवादका कारण सदन बन्धक भएकाले प्रदेश सरकार अध्यादेशमार्फत बजेट ल्याउन बाध्यात्मक कदम चाल्नुपरेको उहाँले जिकिर गरे ।
संवैधानिक र कानूनी व्यवस्थाअनुसार बजेटले असार मसान्तभित्र वैधता प्राप्त गरी साउन १ गतेदेखि कार्यान्वयनको अवस्थामा जानु अतिआवश्यक हुन्थ्यो तर प्रदेशसभाबाट बजेट पारित नभएपछि असार ३१ को कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकको निर्णयले आव २०७८/०७९ को बजेट कार्यान्वयन गर्न आवश्यकपर्ने विनियोजन अध्यादेश, २०७८ र आर्थिक अध्यादेश, २०७८ जारी गर्नका लागि प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीसमक्ष सिफारिस गरेको उनले बताए ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट प्रदेश प्रमुख कलौनीसमक्ष सिफारिस गरेका दुवै अध्यादेश नेपालको संविधान २०७२ को धारा २०२ को उपधारा १ बमोजिम जारी भई सकेको बताउँदै मन्त्री शर्माले विकास निर्माणका कार्यलाई अगाडि बढाउने उद्देश्यका साथ प्रदेशसभामा पेश्की खर्च विधेयकको प्रस्ताव नगरी अध्यादेशमार्फत बजेट ल्याइएको प्रष्टीकरण दिए ।
कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्ष २०७८/०७९ का लागि रु ३६ अर्ब ५४ करोड ६६ लाख २६ हजारको बजेट असार १ गते प्रस्तुत गरेको थियो । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख १५ गते, २०८३ - २२:१६
रुकुम पश्चिम । रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन्। आठबिसकोट नगरपालिका–९ राडी बजारबाट मैडाँडा जाँदै गरेको ...
बैशाख १५ गते, २०८३ - २२:१०
काठमाडौं । नेकपाले संसद् अधिवेशन अन्त्य गरेर अध्यादेश ल्याउने सरकारको निर्णयप्रति कडा असन्तुष्टि जनाएको छ । पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा बस...
बैशाख १५ गते, २०८३ - २२:०७
काठमाडाैं । सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ । अधिवक्ता डा प्रेमराज सिलवालले मंगलबार दायर गर...
बैशाख १५ गते, २०८३ - २२:००
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मुलुकको सङ्घीय संरचनालाई दीर्घकालीन रूपमा सबल पार्न जनताको चाहना र भूगोललाई मध्यनजर राख...
बैशाख १५ गते, २०८३ - २१:५५
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको निर्देशनपछि धादिङ र नुवाकोटसम्म सञ्चालन हुने सार्वजनिक यातायात बसपार्कबाटै सञ्चालन हुन थालेका छन् । काठमाडौँ महा...
बैशाख १५ गते, २०८३ - २१:४६
झापा । झापामा अवैध रूपमा भारत लैजान लागिएको ठूलो परिमाणको चाइनिज फुजि स्याउ बरामद गरिएको छ। आज दिउँसो करिब साढे १२ बजेको समयमा झापा गाउँपालिका–१ सालमा...
बैशाख १५ गते, २०८३ - २१:०६
काठमाडौँ । काठमाडौंको थापाथली, मनोहरा र गैह्रीगाउँको सुकुमबासी बस्ती हटाएसँगै अन्य जिल्लामा पनि सुकुमबासीको विवरण संकलन गर्न थालिएको छ । सुकुमबासीक...
बैशाख १५ गते, २०८३ - २१:०१
काठमाडौं । पटक–पटक कानुनको फन्दामा परिरहेका सन्तोष रानाभाट फेरि चोरी आरोपमा पक्राउ परेका छन्। प्रहरीले लामो आपराधिक पृष्ठभूमि भएका उनलाई नियन्त्रणमा ल...
बैशाख १५ गते, २०८३ - २०:५३
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले बुधबार साँझदेखि देशका विभिन्न क्षेत्रमा तीव्र गतिको हावाहुरीसहित मेघगर्जन, चट्याङ, असिना र वर्षाको सम्भावना रहे...
बैशाख १५ गते, २०८३ - २०:४६
काठमाडाैँ । युद्ध अन्त्य र हर्मुज जलघाँटी पुनः सञ्चालन गर्ने प्रस्ताव अघि सारे पनि इरानले आफ्नो आणविक कार्यक्रमबारे छलफल स्थगित गर्न खोजेपछि अमेरिकाले...


प्रतिकृया लेख्नुहोस्: