सप्तरी । जिल्लामा छ महिनाका अवधिमा ५५ मानवाधिकार उल्लङ्घन र ज्यादतीका घटना भएका छन् । नेपाल मानवाधिकार वर्ष पुस्तक २०२२ को तयारीका लागि इन्सेकले सार्वजनिक गरेको अर्धवार्षिक प्रतिवेदनमा सन् २०२१ जनवरीदेखि जुनसम्मका अवधिमा महिला र बालबालिका हिंसाका घटना बढी अभिलेख गरिएको छ । इन्सेक प्रतिनिधि मनोहरकुमार पोखरेलले आइतबार प्रस्तुत गरेको प्रतिवेदनअनुसार बालिका बलात्कारका १२ घटनामा पाँचदेखि १८ वर्षका १३ जना पीडित छन् । आरोपितमा १५ देखि ७१ वर्षका १३ जना छन् । आरोपितमध्ये बुवासहित चार जना पुर्पक्षका लागि थुनामा, छ जना फरार, एक बालक अभिभावकको जिम्मामा र एक धरौटीमा रिहा भएका छन् । एउटा उजुरी दर्ता भएको छैन् ।
डाक्नेश्वरी नगरपालिका–३ हटेलकी नौ वर्षीया शिवानीकुमारी यादवको बलात्कार गरी हत्या गरेको आरोपमा छिमेकी १९ वर्षीय रोहितकुमार यादव असार ६ गते पक्राउ परेका छन् । पीडितको हँसियाले घाँटी काटेर हत्या गरिएको अवस्थामा असार ४ गते शव फेला परेको थियो ।
पहिलो पटक मिर्गौला बेचबिखनको एक घटना पनि बाहिर आएको छ । वैशाख २७ गते पक्राउ आरोपित सुरुङ्गा नगरपालिका–१ नैनडाबरका ३५ वर्षीय रमेश विश्वकर्मा मानसिक र शारीरिक रुपमा बिरामी रहेकाले जेठ ४ गते जमानीमा छुटेका छन् । मुख्य आरोपितको पहिचान खुलेको छैन ।
महिला बलात्कारका ६ घटनामा दुई जना फरार, दुई जना धरौटीमा र दुई जना जमानीमा रिहा भएका छन् । यो छ महिनाको अवधिमा गैरराज्यबाट दुई पुरुषको कुटपिटमा हत्या घटना भयो । जसमा आठ जना पुरुष आरोपित रहे । आरोपितमध्ये एक घटनाका चार जना पुर्पक्षका लागि थुनामा छन् भने अर्को घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सो छ महिनामा बालयौन दुव्र्यवहारको तीन घटनामा एक जना बाल सुधार गृहमा छन्, एक जना असार ८ गते पक्राउ परेका छन् भने एउटा उजुरी दर्ता भएको छैन । १४ वर्षीया बालिकालाई अपहरण गरेको आरोपमा असार १५ गतेदेखि एक जना आरोपित पुर्पक्षका लागि थुनामा छन् । ६ महिनाको अवधिमा हुनै लागेको एक बालविवाह रोकिएको छ भने अर्को एक बालविवाहमा जेठ १६ गते पाँच आरोपितविरुद्ध अदालतबाट म्यादी पुर्जी जारी भएको छ ।
महिला बलात्कार प्रयासका ६ वटा घटनामा दुई जना धरौटीमा रिहा भएका छन् भने दुई जना पक्राउ परेका छैनन् र दुई जनाले उजुरी दिएनन् । एक महिलाको आत्महत्या दुरुत्साहनमा उनका पति असार ७ गते ६० हजार धरौटी राखी रिहा भएका छन् । बहुविवाहको चार घटनामा पाँच जना आरोपितविरुद्ध म्यादी पुर्जी जारी भएको छ भने तीन जना धरौटी राखी रिहा भएका छन् ।
एक महिलाको गर्भपतन गराएको आरोपमा जिल्ला अदालतले पाँच जनालाई जनही रु ३० हजार धरौटी लिइ पुर्पक्षका लागि रिहा गरेको छ । भौतिक संरचना, सम्पत्ति क्षतिअन्तर्गत चार घटनामा दुई आरोपित धरौटीमा र एक जमानीमा रिहा भएका छन् । आरोपित एक जनालाई म्यादी पुर्जी जारी भएको छ भने पाँच जना पक्राउ परेका छैनन् । गैर राज्यबाट यातनाका एक, विप्लव समूहका पक्राउको एक, कुटपिटरदुर्व्यवहारका चार, घरेलु हिंसाका पाँच घटना अभिलेख गरिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...




प्रतिकृया लेख्नुहोस्: