Khabar Dabali २७ श्रावण २०८३ बुधबार | 12th August, 2026 Wed
Investment bank

कोरोनाको त्राससँगै सुनसान छ ‘पर्यटकीय केन्द्र ठमेल’

खबरडबली संवाददाता

काठमाडौं । काठमाडौँ उपत्यकाको प्रमुख पर्यटकीय केन्द्रका रूपमा रहेको ठमेल कोरोना सङ्क्रमणका कारण सुनसान बनेको छ । विश्वका विभन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहितको दोस्रो चरणको कोरोना सङ्क्रमण देखिएपछि राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेल सुनसान बनेको हो । 

गत वर्ष आठ महिना बन्द रहेको ठमेल मङ्सिरपछि विस्तारै चहलपहल शुरु भए पनि वैशाखको पहिलो हप्तादेखि नै दोस्रो भेरियन्टसहितको कोरोना सङ्क्रमण वृद्धि भएपछि यहाँका पर्यटकीय गतिविधि सञ्चालन नहुँदा सुनसान बनेको हो । 

पहिलो चरणको कोरोना सङ्क्रमणका कारण बन्द भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान दोस्रो चरणको कोरोना सङ्क्रमणमा पनि बन्द हुँदा विदेशी पर्यटक नेपाल घुम्न आउन पाएनन् । घुम्न आएका पर्यटकलाई पनि सम्बन्धित देशले जहाज चार्टर्ड गरेर आफ्नै देशमा फर्काउँदा ठमेल क्षेत्र सुनसान बन्न पुगेको हो । सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरे पनि कोभिड–१९ का कारण उक्त कार्यक्रम स्थगित भएको थियो । गत वर्षको बन्दाबन्दी अगाडि ठमेलमा रात्रिकालीन मनोरञ्जन गर्ने प्रत्येक दिन खचाखच नै हुन्थे । अझ शुक्रबार र शनिबार थप चहलपहल हुँदै आएको थियो । 

व्यावसायिक घराना, पारिवारिक जमघटदेखि युवापुस्ताको रात्रिकालीन जीवनशैलीसँग जोडिएको ठमेलका क्लब पुन:व्यावसायिक बाटोमा आउने पर्खाइमा छन् । ठमेल क्षेत्रमा छ हजारभन्दा बढी व्यक्तिले व्यापार व्यवसाय गर्दै आएका छन् । ठमेल पर्यटन विकास परिषद्का उपाध्यक्ष भविश्वर शर्माले कोभिड–१९ का कारण स्वदेशी तथा विदेशी पर्यटक नेपाल घुम्नका लागि नआएका कारण ठमेल सुनासान बनेको बताउँछन् । “पर्यटन व्यवसायीलाई खोपको उचित प्रबन्ध गरेर स्वास्थ्य मापदण्डसहित ठमेल क्षेत्र खुलाउनका लागि राज्य गम्भीर बन्नुपर्छ”, उनी भन्छन् । 

उपाध्यक्ष शर्माले कोरोनाका कारण व्यापार व्यवसाय बन्द हुँदा मर्कामा परेका पर्यटन व्यवसायलाई विस्तारै चलायमान बनाउन खोज्दा प्रहरीले धरपकड गर्ने गरेको गुनासोसमेत गरे । पर्यटन क्षेत्र निर्वाधरुपले चल्न दिनुपर्ने उनले बताए। तत्काल विदेशी पर्यटक आउने वातावरण नभए पनि आन्तरिक पर्यटक आउने वातावरण ठमेलले निर्माण गर्नुपर्ने उहाँको भनाइ थियो । यहाँका ८० प्रतिशत व्यापार बाह्य पर्यटकबाट र २० प्रतिशत व्यापार आन्तरिक पर्यटकबाट हुन्छ । ठमेल विकास परिषद्ले यस क्षेत्रका व्यवसायीलाई यहाँबाट विस्थापित हुन नदिन गत वर्ष ठमेलका घरधनीसँग छलफल गरेर घरभाडामा ५० प्रतिशत सहुलियतको व्यवस्था मिलाएको छ । ठमेल क्षेत्रमा एक हजारभन्दा बढी होटल रहेका छन् ।

पर्यटन व्यवसायी लीलाबल्लभ दाहाल ‘काका’ ठमेल क्षेत्रलाई बचाउनका लागि पर्यटन व्यवसायीलाई व्यवसायको आधारमा सहुलियत दरमा ऋण उपलब्ध गराउनुपर्ने बताउँछन् । “गत वर्षको मौद्रिक नीतिमा पर्यटन व्यवसायीलाई सहुलियत दरमा ऋण उपलब्ध गराउने घोषणा गरे पनि सोही ऋण पहुँचवाला व्यवसायीको हातमा मात्र पुग्यो”, उनी भन्छन्, “व्यवसायको आधारमा रु ३५ लाखदेखि पाँच करोडसम्म ऋण उपलब्ध गराउनुपर्ने उहाँको भनाइ थियो ।” 

ठमेल काठमाडौँ महानगरपालिकाको वडा नं १६, १७, २६ र २७ वडामा पर्छ । ठमेलको सबैभन्दा धेरै भाग वडा नं २६ मा पर्दछ । नेपाल घुम्न आउने पर्यटकमध्ये ९० प्रतिशत पर्यटक ठमेल घुम्न आउने गरेका छन् । काठमाडौँ–२६ का वडाध्यक्ष ख्यामराज तिवारी वार्षिक अर्बौंको कारोवार हुने ठमेललाई बचाउनका लागि महानगरपालिकाले पर्यटन व्यवसायमा लाग्ने कर र घरबहाल करमा छुट दिने नीति अगाडि सारेको बताउँछन् । 

उनी लामो समयसम्म बन्द रहेको पर्यटन क्षेत्रलाई  स्वास्थ्य मापदण्ड पालना गरी सञ्चालनमा ल्याउनुपर्ने बताउँछन् । “ठमेललाई पूर्ववत् अवस्थामा फर्काउनका लागि सरकार र व्यवसायी एक भएर अगाडि बढ्नुपर्छ”, उनी भन्छन् ।  ठमेल क्षेत्रले राष्ट्रिय अर्थतन्त्रमा ठूलो योगदान पुर्‍याएको छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

थपलियालाई दलको नेताबाट हटाउन अविश्वासको प्रस्ताव दर्ता, किरणलाई नेता बनाउने तयारी

हेटौंडा । नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ (जेएन) थपलियालाई पदबाट हटाउने प्रक्रिया अघि बढाइएको छ। एमाले प्रदेश संसदीय दलको कार्यालयम...

सल्यान जिप दुर्घटना अपडेट: भेरी नदीमा बेपत्ता दुई जनाको पहिचान खुल्यो

सल्यान। भेरी नदीमा जिप खस्दा गाडीसहित बेपत्ता भएका दुई जनाको पहिचान खुलेको छ। पश्चिम सल्यानको वनगाड कुपिण्डे नगरपालिका–१ अम्रास्थित छिन्चु–जाजरकोट सडक...

स्रोत नखुलेको ५१ लाख ३४ हजार रुपैयाँसहित एक जना पक्राउ

मलङ्गवा । सर्लाही प्रहरीले स्रोत नखुलेको ५१ लाख ३४ हजार रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ। ब्रह्मपुरी गाउँपालिका–२ स्थित राजदेवी मन्दिरअगाडि भेल...

जग्गा प्राप्तिसम्बन्धी पुरानो कानून संशोधन गर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले निजी जग्गा प्राप्तिसम्बन्धी पुरानो कानून समयानुकूल संशोधन गर्न सरकारलाई निर्देशन दिएको छ। ओखलढुंगाका चोपिन्द्रबहादुर ता...

फिफाको निलम्बनपछि नेपाली फुटबल ठप्प, फुकुवा गर्न संवाद, सहकार्य र समन्वयमा जोड

काठमाडौँ। अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफाले) अखिल नेपाल फुटबल संघ (एन्फा)लाई निलम्बन गरेपछि नेपाली फुटबलको अन्तर्राष्ट्रिय गतिविधि प्रभावित भएको छ।...

एनसेलको शेयर खरिद–बिक्री छानबिन प्रतिवेदनले के देखायो ?

काठमाडौँ। सरकारले एनसेल आजियाटाको शेयर खरिद–बिक्रीसम्बन्धी अध्ययन तथा छानबिन समितिको प्रतिवेदन, २०८० सार्वजनिक गरेको छ। मन्त्रिपरिषद्को मंगलबार बसेको ...

गृहमा १२९ कर्मचारी दरबन्दी थपिँदा सहसचिवको संख्या घट्यो

काठमाडौँ । गृह मन्त्रालयले संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएण्डएम), २०८३ मार्फत मन्त्रालयअन्तर्गतका विभिन्न निकायको कर्मचारी दरबन्दी पुनरावलोकन गरेको...

कोप–३१ मा सहभागी हुन प्रधानमन्त्री बालेनलाई टर्कीका राष्ट्रपतिको निमन्त्रणा

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) लाई जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय शिखर सम्मेलन कोप–३१ मा सहभागी हुन टर्कीका राष्ट्रपतिबा...

सरकारी कार्यालयबाट सेवा लिन नागरिकले पेस गर्ने निवेदनको ढाँचामा अब एकरूपता कायम

काठमाडौँ। सरकारी कार्यालयबाट सेवा लिन नागरिकले पेस गर्ने निवेदनको ढाँचामा अब एकरूपता कायम हुने भएको छ। सरकारले निवेदन प्रक्रियालाई सरल बनाउँदै सार्वजन...

भेरी नदीमा जिप खस्दा २ जना बेपत्ता, दुई जना घाइते

सुर्खेत । छिन्चु–जाजरकोट सडकखण्डअन्तर्गत सल्यानको बाङ्गिरहनजिकै जिप भेरी नदीमा खस्दा दुई जना बेपत्ता भएका छन्। दुर्घटनामा जिपमा सवार अन्य दुई जना भने ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending