Ntc summer Offer
Khabar Dabali ६ जेष्ठ २०८१ आईतवार | 19th May, 2024 Sun
NIMB

दुई पक्षबीच सहमति भए र पार्टी एक भए म साधारण सदस्य भएर बस्न तयार छु

ज्वाला कुमारी शाह

प्रधानमन्त्रीले संसद विघटन गरेर जे गर्नु भएको छ, त्यो सबै ठिक गर्नु भएको छ । उहाँले देश र जनतालाई हेरेर सही निर्णय गर्नु भएको छ । उहाँले बाध्यात्मक परिस्थितिमा यी कदम चाल्नु भएको हो ।

एमालेका दुवै पक्ष सहमति भइ पार्टी एकता हुनु ठीकै हो । सवै पक्षलाई मिलाएर लानु पर्छ भन्ने हाम्रो पनि चाहना हो । पार्टी एक भएर देशमा भएको संकट समाधान हुनु पर्नेमा व्यक्तिगत स्वार्थमा रुमलिरहेको अवस्था छ । त्यस कारण गुटगत स्वार्थ र व्यक्तिगत स्वार्थ एक ठाउँमा राखेर देश र जनतालाई बचाउने हिसाबले अघि बढ्नु पर्छ । जुन किसिममा अहिले वार्ता चलिरहेको छ, त्यो सकारात्मक दिशामा अघि बढिरहेको छ । देशमा अहिले चुनावी माहोल पैदा भइरहेको छ । त्यो माहोललाई सफल बनाउन पार्टीभित्र गहन र सौहार्दपूर्ण तरिकाले सम्वाद चलिरहेको छ । चुनाव बाहेक अन्य कुनै विकल्प छैन । 

माधव नेपाल समूह आउँदा सौता जस्तो व्यवहार हुने विल्कुलै होइन । हामी माइनस हुने पनि होइन । हिजोको दिनमा म माओावादी पृष्ठभूमिबाट आएको हो । माओवादी पृष्ठभूमिबाट मैले एउटा इतिहास बनाएँ, त्यो कसैले मेटेर मेट्ट सक्दैन । हामी नेकपा भनेर नै बसेको हो । म कुनै अवसरका लागि एमाले भएको होइन । देशलाई बचाउने प्रधानमन्त्रीको अभियानलाई सफल बनाउन आएको हुँ । देश र जनता बचाउनका लागि म साधारण सदस्य भएर पनि बस्न सक्छु । मलाई कुनै पदको लोभ छैन । दुई–दुई जना बागी उम्मेद्वारलाई पराजित गर्ने मान्छे हुँ । मेरो लागि पद केही होइन । म सबै कुरा मायाँ मारेर  पार्टी, देश बचाउने अभियानमा लागेको मान्छे हुँ । 

प्रधानमन्त्री आफै विरामी भएको अवस्थामा समेत देश बचाउने अभियानमा लाग्नु भएको छ, त्यसमा मेरो शतप्रतिशत समर्थन छ । पार्टी पदाधीकारीले जसलाई आवश्यक ठान्नु हुन्छ, उसैलाई अगाडि बढाउनु हुन्छ । त्यसमा मेरो कुनै गुनासो छैन । देश, जनता र पार्टी बचाउन ज्वाला साह साधारण सदस्य भएर पनि बस्न तयार छ । मेरो परिवारको पृष्ठभूमि एमाले नै भएकोले मेरो रगत एमाले नै हो । भागबण्डा कस कसलाई मिलेको छैन उसैलाई दिए हुन्छ । 

प्रधानमन्त्रीले संसद विघटन गरेर जे गर्नु भएको छ, त्यो सबै ठिक गर्नु भएको छ । उहाँले देश र जनतालाई हेरेर सही निर्णय गर्नु भएको छ । उहाँले बाध्यात्मक परिस्थितिमा यी कदम चाल्नु भएको हो । उहाँले यी कदम चाल्नै पथ्र्यो । यसो नगरेको भए देश अझै मुठभेड जाने खतरा थियो । संविधान बमोजिम प्रधानमन्त्रीले संसद विघटन गर्नुभएको हो । त्यो पनि उहाँको चहना नभइ केही नेताहरुको स्वार्थको कारणले भएको हो । माओवादी पतन गराउने प्रचण्ड नै हुन् । उहाँ पार्टी, देशलाई टुक्राएर मोजमस्तिमा लाग्नुभयो । माओवादी सिद्धि सक्यो । अब मेरो बाँकी राजनीति एमालेबाट नै हुन्छ ।

(शाह नेकपा माओवादी केन्द्र छोडेर नेकपा एमालेमा प्रवेश गरेकी नेतृ हुन् )

 

 

Khabardabali Desk

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

देशैभरका ८ शहरहरुमा ‘ग्राण्ड एजुकेशन कन्क्लेभ’ आयोजना गर्दै राइटपाथ

काठमाडाैं । राइटपाथ करियर काउन्सिलिङले यहि आउदाे वैशाख २९ गतेदेखि जेठ ८ गतेसम्म देशका प्रमुख सहरहरूमा 'ग्राण्ड एजुकेशन कन्क्लेभ' आयाेजना गर्ने...

महासंघ अध्यक्ष ढकाल कर्पोरेट एक्सिलेन्सी अवार्डद्वारा सम्मानित

काठमाडौं । नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघले नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई कर्पोरेट एक्सिलेन्सी अवार्डबाट सम्मानित गरेको...

सुचना प्रविधि दिवसको अवसरमा टेलिकमले ल्यायो यस्तो अफर

काठमाडौं । ‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ भन्ने मूल नारा सहित आगामी वैशाख २० गते मनाउन लागिएको राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस ...

काभ्रेपलाञ्चोककी श्रद्धा: मेडिकल अध्ययनदेखि मिस्टर एण्ड मिस नेशनलसम्म

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका, रिठ्ठेमा जन्मिएकी श्रद्धा अधिकारी ‘मिस्टर एण्ड मिस नेशनल २०२४’ मा प्रतियोगी नम्बर २३ हुन् । गत...

दुर्गा प्रसाईमाथि कुटपिट

बागलुङ । बागलुङमा व्यवसायी दुर्गा प्रसाईंमाथि हातपात भएको छ ।  बागलुङमा आयोजित सभालाई सम्बोधन गर्न पुगेका उनलाई लोकतान्त्रिक चोकमा हातपात भएको हो ।...

भुटानी शरणार्थी प्रकरण : रायमाझि पुर्पक्ष थुनाको फैसला, खाँडका विषयमा राय बाझियो

काठमाडौं । भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोप बहादुर रायमाझीसहित ८ जनालाई पुर्पक्षका लागी थुनामा राख्ने आदेश सदर भएको छ ।  उच्च अदालत पाटनका...

एमालेको मेची–महाकाली अभियान सुरु

बैतडी । नेकपा एमालेले आजबाट मध्य पहाडी लोकमार्ग केन्द्रीत विशेष अभियान सुरु गरेको छ । एमालेका अध्यक्ष अध्यक्ष केपी शर्मा ओलीले बैतडीको झुलाघाटमा झन...

ल्यार्काल लामा आइविसिको सभापतिमा निर्बाचित

काठमाडौं। मंसिर ११ देखि भारतको नयाँ दिल्लीमा सुरुभएको विश्व बौद्ध शिखर सम्मेलनको तेस्रो महाधिवेशनबाट संविधानसभा सदस्य तथा लुम्बिनी विकास कोषका उपाध्यक...

दुर्गा प्रसाईको महंगो गाडीमा केपी ओली चढ्दै

काठमाडौं । राजतन्त्र फर्काउने अभियानका अभियान्ताका रुपमा चिनिएका दुर्गा प्रसाईले चढ्ने गरेको करिब ५ करोड रुपैँयाको ल्याण्डक्रुजर भि ८ गाडी केपी ओलीले ...

बल्खुमा फेरि तनाव : प्रहरीमाथि हातपात गरेपछि दुर्गा समथर्थकमाथि अश्रुग्याँस प्रहार

काठमाडौं । काठमाडौँको बल्खुमा प्रहरी र दुर्गा प्रसाईंको समूहबिच झडप भएको छ । प्रसाईका समर्थकले ब्यरिकेटमा बसिरहेका प्रहरीलाई हातपात गरेपछि  प्रहरीले प...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies