Khabar Dabali १३ असार २०८३ शनिबार | 27th June, 2026 Sat
Investment bank

दूर्गा प्रसाइँले भने- कि सम्बन्धन देउ, कि आफै कलेज सञ्चालन गर

खबरडबली संवाददाता

काठमाडौँ । बिएण्ड सी मेडिकल कलेजले सम्बन्धन नदिए सरकारलाई नै कलेज बुझाउने भएको छ । कलेजका कार्यकारी निर्देशक दूर्गाप्रसाद प्रसाइँले आज यहाँ पत्रकार सम्मेलन गर्दै कलेज सञ्चालनका लागि सम्बन्धन माग गरेपनि नदिएपछि सरकारलाई सञ्चालनको जिम्मा दिने बताएका छन् । 

'कि कलेजको सञ्चालनको लागि अनुमति देउ, यदि अनुमति नदिने हो भने सरकारले कलेज आफै चलायोस' उनले भने, ' भौतिक संरचनासहित बनेको कलेजलाई त्यतिकै बेवारिसे नराखियोस् ।'

उनले  सरकारले सञ्चालन नगने हो भने आफूले सधैका लागि कलेज बन्द गर्ने समेत बताउनुभयो । झापाको अनारमनी–३ मा अवस्थित कलेजले सम्बन्धन नपाउदा कलेज सञ्चालन हुन सकेको छैन । 

गत बैशाखमा बसेको काठमाडौँ विश्वविद्यालयको ८९ औ सभाले चिकित्सा शिक्षा आयोगलाई कलेजको सम्बन्धनका सम्बन्धमा आवश्यक अध्ययन गरी प्रतिवेदन बुझाउन समेत निर्णय गरेको थियो । 

कार्यकारी निर्देशक प्रसार्इँले आयोगको टोलीले तयार पारेको प्रतिवेदन नबुझाउदा सम्बन्धनमा ढिलाई भइरहेको समेत बताए । 

सभाले सात दिनभित्र कलेज सञ्चालनका सम्बन्धमा प्रवितेदन पेश गर्ने गरी डा। प्रकाशराज पाण्डेको संयोजकत्वमा चार सदस्यीय अध्ययन तथा अनुगमन टोली गठन गरेको थियो । उनले कलेज सञ्चालनका लागि आफूले सवै प्रक्रिया पुरा गरिसकेकोले सम्बन्धन दिनुपर्ने माग राखे । 

कोरोना भाइरसको समयमा स्वास्थ्यकर्मी अभाव भइरहेकोले बेला कलेजले सम्बन्धन पाए दक्ष जनशक्ति उत्पादन हुने उनको भनाइ रहेको छ ।  एमबिबिएस सञ्चालनका लागि कलेजले करिव ८ बर्ष अघि भौतिक पूर्वाधार तयार पारेपनि सरकारले अझै सम्बन्धन दिएको छैन । उनले कलेज सञ्चालनका लागि करिव रु ७ अर्ब रुपियाँ खर्च गरिएको सकेको जानकारी दिए । रासस

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दुई राउन्ड गोलीसहित दुई जना युवा पक्राउ

सप्तरी। सप्तरीको बलानबिहुल गाउँपालिका–३ टिकुलियाबाट प्रहरीले दुई राउन्ड गोलीसहित दुई जना युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको बलानबिहुल...

कस्ताे रहला शनिबारको मौसम ? लुम्बिनी–सुदूरपश्चिमका तराईमा तातो लहरको चेतावनी

काठमाडौं । शनिबार देशका अधिकांश हिमाली र पहाडी क्षेत्रमा वर्षाको सम्भावना रहेको छ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो लहर (हिटवेभ)...

महाधिवेशनपछि नेतृत्व छाड्ने प्रचण्डको घोषणा, ‘अब नयाँ पुस्ताले पार्टी हाँक्छ’

विराटनगर । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी महाधिवेशनपछि पार्टी नेतृत्व नयाँ पुस्ताला...

बजेट छ, योजना छ, ठेकेदार छन्, तर पुल छैन ! अनि श्रमदानले केही दिनमै कसरी बन्छ पुल ?

काठमाडौं । बाजुराको बुढीगङ्गा खोलामा वर्षा लाग्नेबित्तिकै त्रिवेणी नगरपालिकाको सडक सम्पर्क प्रभावित हुन्छ। कारण एउटै हो—पुल छैन। आर्थिक वर्ष २०७८/७९ म...

रास्वपा पदाधिकारीका लागि आज मतदान हुने

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पदाधिकारीका लागि आज (शुक्रबार) मतदान हुने भएको छ ।  निर्वाचन आयोगले शुक्रबार बिहान १० बजेबाट मतदान गर्ने...

प्रविधि र अनुसन्धान जोड्दै अदुवा बेसार खेती सुधार्ने पहल

सल्यान । किसानको आयआर्जन वृद्धि र ग्रामीण अर्थतन्त्र सुदृढीकरणका लागि नार्क अन्तर्गतको अदुवाबाली अनुसन्धान कार्यक्रम कपुरकोट सल्यानले देशव्यापी रूपमा ...

एक महिनामा दुई हजार फरार व्यक्ति पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले गएको एक महिनामै देशभरबाट विभिन्न मुद्दाका दुई हजार १८२ जना फरार प्रतिवादीहरूलाई पक्राउ गरेको छ । उनीहरू पक्राउ परेसँगै ८०७ व...

पत्रकार विनोद ढकाल साइबर क्राइम मुद्दामा पक्राउ

काठमाडौं । पत्रकार विनोद ढकाललाई प्रहरीले साइबर क्राइम मुद्दामा पक्राउ गरेको छ । उनलाई प्रहरी वृत्त नयाँ बानेश्वरको टोलीले पक्राउ गरेको हो ।  उनले ...

पुल नबन्दा वर्षायाममा त्रिवेणीसँग सडक सम्पर्क टुट्छ, स्थानीयलाई सास्ती

बुढीगङ्गा खोलामा चार वर्षदेखि अलपत्र पक्की पुल, नयाँ ठेक्काको तयारी

विश्वकपकै बीच किन निलम्बित भयो एन्फा ? अब नेपाली फुटबलको भविष्य के ?

फिफाको निलम्बनसँगै राष्ट्रिय टोली, क्लब र खेलाडी सबै अन्तर्राष्ट्रिय प्रतियोगिताबाट बाहिर, आर्थिक अनुदान पनि रोकियो

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending