Ntc summer Offer
Khabar Dabali ३० बैशाख २०८१ आईतवार | 12th May, 2024 Sun
NIMB

कांग्रेसद्वारा अध्यादेश अस्वीकारका लागि सूचना पेश

खबरडबली संवाददाता

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले राष्ट्रियसभा बैठकमा पेश गरेका अध्यादेश अस्वीकारका लागि सूचना पेश गरेको छ । कांग्रेसले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन), शपथ सम्बन्धी, नेपाल नागरिकता (पहिलो संशोधन), नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय) (पहिलो संशोधन), सामाजिक सुरक्षा (पहिलो संशोधन), आर्थिक, विनियोजन, रेल्वे अध्यादेश, बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) अध्यादेश सम्बन्धमा अस्वीकारका लागि सूचना पेश गरेको हो । राष्ट्रिय सभाको बिहिबारदेखि प्रारम्भ आठौँ अधिवेशनको पहिलो बैठकमा सरकारले विभिन्न १६ अध्यादेश पेश गरेको थियो ।

सो पार्टीले अध्यादेशहरु संविधानको मर्म र भावना विपरीत, शक्ति पृथकीकरणको सिद्धान्त विपरीत, संसदीय मान्यता र भावना विपरीत रहेका, संसद् छलेर ल्याइएका, असमसामयिक एवं असान्दर्भिक रहेका, सर्वोच्च अदालतले अन्तरिम आदेशमार्फत कामकारवाही रोकेको विषयका भएकाले हुने भन्दै अस्वीकारका लागि सूचना पेश गरेको जनाएको छ ।

साथै कर निर्धारणलगायत आर्थिकसम्बन्धी विषय र विनियोजनसम्बन्धी विषय जनप्रतिनिधिको थलो संसद्मा छलफल गरेर अघि बढाउनुपर्नेमा प्रतिनिधिसभा विघटन गरी ल्याइएको अध्यादेश भएकाले तथा कतिपय विधेयकहरु संसद्मा विचाराधीन हुँदाहुँदै अध्यादेशमार्फत ल्याउँदा संसदीय अभ्यास र मर्यादा विपरीत भएको कांग्रसको तर्क छ । सांसदहरु राधेश्याम अधिकारी, अनिता देवकोटा, प्रकाश पन्थ र खिमलाल देबकोटाले आज सङ्घीय संसद् सचिवालयमा अध्यादेश अस्वीकार गर्ने सूचना पेश गरेका हुन् । रासस

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

‘रोप फिक्सिङ’ भएसँगै सगरमाथा आरोहण सुरु

काठमाडौं ।  यो वसन्त ऋतुको सगरमाथा आरोहण सुरु भएको छ । दक्ष कामदार (आइसफल डाक्टर)ले शुक्रबार बेलुका  सगरमाथाको चुचुरोसम्म ‘रोप फिक्सिङ’ (डोरी टाँगेपछि...

दशजना शेर्पाको टोली एकैसाथ सगरमाथा चुचुरोमा

सोलुखुम्बु ।  यो वसन्तमा सगरमाथा आरोहणका निम्ति मार्ग बनाउँदै हिँडेका  १० जना शेर्पाको टोली शिखरको चुचुरोमा पुगेका छन् ।    आरोहणमार्ग तयार भएसँगै ...

सर्वसाधारणको स्वास्थ्य उपचारमा मनपरी नगर्न काठमाडौं महानगरपालिकाको चेतावनी

काठमाडौं ।  नियमानुसार अस्पताल तथा सामुदायिक विद्यालयहरुमा बसेर स्वास्थ्य सेवा नदिने स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कारबाही गर्ने चेतावनी काठमाडौँ महा...

भारतको सहयोगमा बैतडीमा विद्यालय भवन बन्दै

बैतडी ।  भारत सरकारको सहयोगमा बैतडीमा विद्यालय भवन निर्माण हुने भएको छ । ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत तीन करोड रुपैयाँको आर्थिक सहयोगमा पाटन नग...

धरानमा बन्यो कृषि तथा खाद्य प्रविधि अनुसन्धान केन्द्र

सुनसरी ।  नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले यहाँ कोशी प्रदेशस्तरीय कृषि तथा खाद्य प्रविधि विशिष्टीकृत अनुसन्धान केन्द्र स्थापना ग...

नीति तथा कार्यक्रम प्रस्तुत गर्न नदिने कांग्रसको तयारी

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको विषयमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग राख्दै आएको नेपाली कांग्रेका कारण श्ुक्रबार प्रतिनिधिस...

बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान

मकवानपुर । बागमती प्रदेशसभाको बजेट अधिवेशन यही वैशाख ३१ गते दिउँसो १ बजेका लागि आह्वान गरिएको छ ।  प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपालको संविधान...

श्रीमतीको फेक अकाउन्ट बनाएर अश्लील तस्बिर पोष्ट गरेको आरोपमा श्रीमान पक्राउ

काठमाडौं। आफ्नै श्रीमतीको अश्लील तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरेको आरोपमा श्रीमान् पक्राउ परेका छन् । पक्राउ पर्नेमा मकवानपुरको छतिवन ७ चुलुङ्गा स्थ...

कोरिया रोजगारीः सिपतर्फको परीक्षामा छ हजार ३२१ मध्ये ५ हजार ७५३ जना उत्तीर्ण

काठमाडौं ।  रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत पहिलो चरणमा लिइएको भाषा परीक्षा र सिप परीक्षामा पाँच हजार ७५३ परीक्षार्थी उत्तीर्ण भएका छन् । सन् २...

नसिर्ङ सुन्दरीले देखाए ट्यालेन्ट

काठमाडौं । नसिर्ङ सुन्दरीहरुको सहभागीता रहने एकमात्र सौन्दर्य प्रतियोगीता एनक्लेक्स नेपाल ‘मिस नेपाल पिस २०२४’को विजेता आगामी जेठ ५ गते एकभब्य कार्यक्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies