Khabar Dabali २१ मंसिर २०८२ शनिबार | 6th December, 2025 Sat
Investment bank

भन्सार छलिको दुईवटा गाडी र नक्कली सवारी दर्ता किताब लगायत किर्ते कागजात बनाउने ४ जना पक्राउ

खबरडबली संवाददाता

काठमाडौं । भन्सार छलिको दुईवटा गाडी र नक्कली सवारी दर्ता किताब लगायतका किर्ते कागजात बनाएको अभियोगमा ४ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा लमजुङ शुन्दरबजार नगरपालिका–३ बस्ने कमल बाबु पुरी भन्ने ३३ वर्षीय कमल बाबु भट्ट, भक्तपुर चाँगुनारायण नगरपालिका–२ बस्ने ४१ वर्षीय मधु सिलवाल, भक्तपुर सूर्यबिनायक नगरपालिका–८ बस्ने २४ वर्षीय अरूण खडका र काठमाडौं शान्तिनगर बस्ने मोरङ कानेपोखरी गाउँपालिका–७ वतन भएका ४१ वर्षीय रेवती रमण निरौला रहेका छन् ।

भन्सार छलि काठमाडौं भित्र्याईएका चार पाङ्ग्रे सवारी साधनहरूको बिक्री भइरहेको भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका–७ गोपीकृष्ण हल नजिकबाट ग.३ च १४६२ नम्बर प्लेट भएको हुण्डाई कम्पनीको क्रेटा कार सहित कमल बाबुलाई पक्राउ गरेको थियो । थप अनुसन्धानको क्रममा अर्को क्रेटा गाडी समेत अरुण र मधुको समूहले बिक्री गर्न राखेको खुल्न आएपछि प्रदेश ३(०१० २४ च ०२५३ नम्बर प्लेटको क्रेटा कारसहित सूर्यबिनायक नगरपालिका–६ गणेश मन्दिर नजिकबाट उनीहरूलाई फेला पारी पक्राउ गरेको हो । 

बरामद भएका दुईवटै सवारी साधनको दर्ता किताब कमल बाबुको नाममा रहेको पाइएपछि सोधपुछ गर्नेक्रममा रेवतीले ब्लूबुक बनाईदिने गरेको भन्ने खुल्न आएपछि उनलाई पशुपती मन्दिर परिसर काठमाडौंबाट प्रहरीले पक्राउ गरेको हो । प्रहरीले रेवतीको काठमाडौं शान्तिनगरस्थित कोठाबाट बिभिन्न सरकारी कार्यालयका छाप, विश्वविद्यालयका छाप, यातायात व्यवस्था कार्यालयका १ सय ९१ वटा छाप सहित विभिन्न शैक्षिक संस्थाका प्रमाणपत्रहरू, सवारी चालक अनुमतिपत्र लगायतका कागजातहरू बरामद गरेको छ । उक्त गाडीहरूको प्रचलित बजार मूल्य प्रति कार ७० लाखका दरले १ करोड ४० लाख पर्नेमा उनीहरूले ४५ लाखका दरले जम्मा ९० लाखमा बिक्री गर्न लागेको अनुसन्धानबाट खुल्न आएको छ ।

उनीहरूलाई थप अनुसन्धानको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको उक्त महाशाखाले जनाएको छ ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending