काठमाडौं । पछिल्लो समय प्रधानमन्त्री केपी शार्मा ओली एक पछि अर्को गर्दै कानुनी र राजनीतिक झमेलामा फस्दै गएका छन् ।
उनीसंग अहिले दुई तिहाइको सरकार पनि छैन । आफैले निर्माण गरेको नेकपा समेत खारेज भएको छ । सर्वोच्चको आदेशले पूर्वअवस्थामा फर्किएको एमाले पनि विभाजनको संघारम पुगेको छ ।
गत वर्ष पुस ५ गते संविधान विपरित संसद विघटन गरी चौतर्फी आलोचनाको शिकार भएका ओली सत्ता र शक्तिमा टिकिराख्न पुनः संसद विघट गरेपछि उनीमाथि संवैधानिक र राजनीतिक निर्णय क्षमता तथा इमान्दारिकताको गम्भिर प्रश्नचिन्ह खडा भएको छ ।
ओली नेतृत्वको सरकारले गरेको निर्णय सर्वोच्चले एक पछि अर्को गरी उल्टाउन थालेपछि कानूनीरुपमा समेत उनी निकै अप्ठ्यारोमा परेका छन् ।
सर्वोच्चको सम्भावित फैसला र विपक्षी दलहरुको मोर्चावन्दीले अप्ठ्यारोमा परेका ओली सोमबार मदन भण्डारीको ७० औं जन्मजयन्तीको अवसरमा बालुृवाटारमा आयोजित कार्यक्रममा निकै आक्रोसपूर्ण अभिव्यक्ति दिएका थिए ।
करिब डेढ घण्टाको समय खिर्चिएका उनले आफ्नै पार्टीका माधव नेपाल, प्रचण्ड, शेरबहादु र सार्वोच्चका न्यायधीशमाथि नै निकै निम्नस्तरको गालिगलोचमा उत्रिए । प्रधानमन्त्रीको कुर्शीमा बसेर पूर्वप्रधानमन्त्री तथा न्यायलयप्रति गरिएको अशिष्ट टिप्पणी प्रति अहिले सर्वत्र आलोचना भएको छ ।
ओलीको अशिष्ट अभिव्यक्तिको सम्भावित मनोदशाबारे नेकपा एमालेका नेता एवं पूर्वउपप्रधानमन्त्री भीम रावलले सामाजिक सञ्जाल मार्फत आफ्ना भनाइ सार्वजनिक गरेका छन् ।
यस्ता छन् ओलीबारे रावलको बुँदागत टिप्पणी :
–अति हतास उत्तेजनापूर्ण मनोदशा तथा पद खतरामा परेको अनुभूतिजन्य आक्रोश
–संविधान, लोकतान्त्रिका मान्यता, राजनीतिक दल र न्यायपालिकाको सामान्य मूल्यविपरित आफुलाई पाउँदाको अनुभूतिजन्य पीडाको छटपटी
–राजनीतिक र संवैधानिकरुपमा एक्लिदै गएको महशुसबाट उत्तन्न आवेक
–आक्रोस, रिस र उत्तेजनाबाट बशिभूँत हुँदा सामाजिक र पदिय मर्यादाको विस्मृति
–पदमोह, व्यक्तिगत प्रतिष्ठा निर्लिप्त मानसिकताको परिणामस्वरुप सिर्जित उत्तेजनाले बिर्साएको पदीय, सामाजिक जिम्मेवारी र मर्यादा
–पार्टी एकता भइहाले सिर्जना हुनसक्ने उत्तरदायीत्वको निर्वाह र अपनाउनुपर्ने लचकता तथा संयमको संभावित परिदृष्यबाट क्रसित मनस्थिति
–सरकारको असफलता र सर्वोच्चबाट एकपछि अर्को गरी भएका प्रतिकुल निर्णयहरु तथा प्रतिनिधिसभा विघटनसम्बन्धि मुद्दामा सम्भावित पराजयको भय
–सामान्य विवेक, संयम र शिष्टचारको भावनाशून्य मनस्थिति
–गल्ति, कमिकमजोरीहरुलाई अरुमाथिको कडा आक्रोसपूर्ण प्रहारद्वारा ढाकछोप गर्न सकिने सोच
–पराजित मानसिकता
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १९ गते, २०८२ - ०९:०४
सर्लाही । सवारी दुर्घटनामा परी सर्लाहीमा चालु आर्थिक वर्षको छ महिनामा २९ जनाको मृत्यु भएको छभने १९० जना गम्भीर घाइते भएका छन् । जिल्ला ट्राफिक प्रहरी ...
माघ १९ गते, २०८२ - ०८:३०
काठमाडौँ । चुनावी अजेन्डाबारे सार्वजनिक बहसका निम्ति केही टेलिभिजन प्रस्तोताहरूले गरेको आह्वानमा दलहरूबाट भावी प्रधानमन्त्रीका रूपमा प्रस्तुत केही उम्...
माघ १९ गते, २०८२ - ०८:०९
भोजपुर । ग्रामीण भेगमा रहेका आँखारोगीको पहिचान गर्दै उनीहरूलाई सहज रुपमा उपचार सेवा उपलब्ध गराउने उद्देश्यले पौवादुङमा गाउँपालिकामा निःशुल्क आँखा जाँच...
माघ १९ गते, २०८२ - ०८:०४
काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा कुहिरो लागेको छ । कोशी, मधेस, बागमती, ...
माघ १९ गते, २०८२ - ०७:५८
सङ्खुवासभा । जिल्लाको पाँचखपन नगरपालिका–३ मा अशक्तलाई घरमै पुगेर नागरिकता प्रदान गरिएको छ । पाँचखपन–३ सिवुवाकी अशक्त ४३ वर्षीया चन्द्रकुमारी बानियाँला...
माघ १९ गते, २०८२ - ०७:५३
बागलुङ । मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ बजारदेखि बिहुँ बयलडाँडाको १३ किलोमिटर सडक नौ वर्षमा पुनः ठेक्का लगाउने तयारी गरिएको छ । दुई वर्षमा कालोप...
माघ १९ गते, २०८२ - ०७:३५
झापा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारहरूको मनोनयन दर्ता भएसँगै देशका अधिकांश सहरी तथा ग्रामीण क्षेत्रमा चुनावी च...
माघ १९ गते, २०८२ - ०७:३१
काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ । निर्वाचन आयोगका अन...
माघ १९ गते, २०८२ - ०७:२८
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज (आइतबार) देखि यही माघ २१ गतेसम्म जापानको औपचारिक भ्रमण गर्ने भएको छन् । नेपाल र जापानबिचको कूटनीतिक सम्बन्ध...
माघ १९ गते, २०८२ - ०७:२४
काठमाडौँ । माघ शुक्ल पूर्णिमाका दिन आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदै छ । पौष शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दु धर्मावलम्बीले घरघरम...



प्रतिकृया लेख्नुहोस्: