पाल्पा । पाल्पामा ५० प्रतिशत रोपाइँ सकिएको छ । कृषकको महत्वपूर्ण पर्वजस्तै मानिने असार १५ सम्म आइपुग्दा जिल्लाका फाँट क्षेत्रका खेतमा रोपाइँको चहलपहल बढेको छ । यस वर्ष मनसुन निकै छिटो भित्रिएको, मिनिट्रिलर, पावरट्रिलर, ट्र्याक्टरलगायतका यन्त्रका कारण तथा निषेधाज्ञाको समय शहर पसेका युवा गाउँमै हुँदा रोपाइँ छिटो भएको आकलन गरिएको कृषि ज्ञान केन्द्र पाल्पाका प्रमुख शिव अर्यालले बताए ।
जिल्लाको तानसेन नगरपालिकाको माडीफाँट, रम्भाको हुँगी, अर्सेदी, निस्दीको ढुङ्गानाबेँसी, तिनाउको कचल, रैनादेवी छहरा गाउँपालिकाको सर्देवा, रिब्दीकोटको लदुवा तथा बगनासकाली, माथागढी, पूर्वखोला गाउँपालिकाका विभिन्न क्षेत्रमा रोपाइँ भएको केन्द्रले जनाएको छ । जिल्लाकै बढी धान उत्पादन हुने क्षेत्रका रूपमा पहिचान बनाएको माडीफाँटमा करिब ७० प्रतिशत धान रोपाइँ भएको ज्ञान केन्द्रले जनाएको छ ।
पाल्पाको रामपुरमा भने केही मात्रामा मात्रै रोपाइँ थालिएको छ । रामपुरमा करिब पाँच प्रतिशत रोपाइँ भए पनि अधिकांश खेतबारीमा मकै पाक्नै बाँकी भएका कारण रोपाइँ नभएको कृषि शाखा कार्यालय रामपुरका प्रमुख रामहरि पाण्डेय बताउँछन्। उनका अनुसार मकै छर्ने समयमा आकाशबाट पानी ढिलो परेको, पर्याप्त पानी नपर्दा समयमा मकै नपाकेकाले धान रोपाइँ यस वर्ष ढिलो भएको छ ।
जिल्लामा विशेषगरी असारको पहिलो सातादेखि साउनको अन्तिम सातासम्म रोपाइँ हुन्छ । विगत वर्षमा भन्दा यस वर्ष धानखेती गरिने क्षेत्रफलसमेत वृद्धि भएको छ । यस वर्ष विभिन्न पालिकाले अनुदानमा धानको बीउ अनुदानमा दिएको तथा युवा गाउँ फर्केर बाँझो जग्गामा खेती गर्न थालेका कारण पनि यस वर्ष नौ हजार ६०० हेक्टर क्षेत्रफलमा धानखेती गरिएको ज्ञान केन्द्रका प्रमुख अर्यालको भनाइ छ । यसअघि जिल्लाका करिब आठ हजार ६२० हेक्टर क्षेत्रफलमा धानखेती गरिँदै आएको थियो ।
पछिल्लो समय जिल्लामा धान उत्पादनसमेत बढ्दै गएको छ । जिल्लामा विसं २०७६ मा तीन दशमलव आठ मेट्रिक टन प्रतिहेक्टर धान उत्पादन भएकामा वृद्धि भएर २०७७ मा चार मेट्रिक टन प्रतिहेक्टर उत्पादन भएको केन्द्रको तथ्याङ्क छ । उन्नत जातका वर्णसङ्कर धान रोपाइँ, यन्त्रको प्रयोगले माटोको राम्रोसँग खनजोत तथा समयमा वर्षाका कारण पनि उत्पादन वृद्धि भएको ज्ञान केन्द्रको अनुमान छ ।
असार १५ मा कोरोना भाइरसको जोखिम कायमै रहेकाले जिल्लाका केही स्थानमा मात्रै दूरी कायम गर्दै सामान्य तरिकाले रोपाइँ महोत्सव गरिएको छ । कृषि ज्ञान केन्द्र पाल्पाको सहयोग र निस्दी कृषि शाखाको आयोजनमा ढुङ्गानाबेँसी, कृषि ज्ञान केन्द्र र तानसेन नगरपालिका कृषि शाखाको सहयोग स्थानीय महिला समूहको आयोजनामा माडीफाँटमा १८औँ धान दिवस तथा रोपाइँ महोत्सवसमेत गरिएको छ । जिल्लाको माडीफाँट, अर्गलीफाँट, रामपुरफाँट, हेक्लाङफाँट र दोभानलगायतका फाँटमा बढी धान उत्पादन हुन्छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १९ गते, २०८२ - ०९:०४
सर्लाही । सवारी दुर्घटनामा परी सर्लाहीमा चालु आर्थिक वर्षको छ महिनामा २९ जनाको मृत्यु भएको छभने १९० जना गम्भीर घाइते भएका छन् । जिल्ला ट्राफिक प्रहरी ...
माघ १९ गते, २०८२ - ०८:३०
काठमाडौँ । चुनावी अजेन्डाबारे सार्वजनिक बहसका निम्ति केही टेलिभिजन प्रस्तोताहरूले गरेको आह्वानमा दलहरूबाट भावी प्रधानमन्त्रीका रूपमा प्रस्तुत केही उम्...
माघ १९ गते, २०८२ - ०८:०९
भोजपुर । ग्रामीण भेगमा रहेका आँखारोगीको पहिचान गर्दै उनीहरूलाई सहज रुपमा उपचार सेवा उपलब्ध गराउने उद्देश्यले पौवादुङमा गाउँपालिकामा निःशुल्क आँखा जाँच...
माघ १९ गते, २०८२ - ०८:०४
काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा कुहिरो लागेको छ । कोशी, मधेस, बागमती, ...
माघ १९ गते, २०८२ - ०७:५८
सङ्खुवासभा । जिल्लाको पाँचखपन नगरपालिका–३ मा अशक्तलाई घरमै पुगेर नागरिकता प्रदान गरिएको छ । पाँचखपन–३ सिवुवाकी अशक्त ४३ वर्षीया चन्द्रकुमारी बानियाँला...
माघ १९ गते, २०८२ - ०७:५३
बागलुङ । मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ बजारदेखि बिहुँ बयलडाँडाको १३ किलोमिटर सडक नौ वर्षमा पुनः ठेक्का लगाउने तयारी गरिएको छ । दुई वर्षमा कालोप...
माघ १९ गते, २०८२ - ०७:३५
झापा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारहरूको मनोनयन दर्ता भएसँगै देशका अधिकांश सहरी तथा ग्रामीण क्षेत्रमा चुनावी च...
माघ १९ गते, २०८२ - ०७:३१
काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ । निर्वाचन आयोगका अन...
माघ १९ गते, २०८२ - ०७:२८
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज (आइतबार) देखि यही माघ २१ गतेसम्म जापानको औपचारिक भ्रमण गर्ने भएको छन् । नेपाल र जापानबिचको कूटनीतिक सम्बन्ध...
माघ १९ गते, २०८२ - ०७:२४
काठमाडौँ । माघ शुक्ल पूर्णिमाका दिन आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदै छ । पौष शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दु धर्मावलम्बीले घरघरम...



प्रतिकृया लेख्नुहोस्: