Khabar Dabali १९ माघ २०८२ आईतवार | 1st February, 2026 Sun
Investment bank

संसद विघटन मुद्दामा आइबार रिट निवेदक तर्फका कानून व्यवसायीको बसह सकिँदै

खबरडबली संवाददाता

काठमाडौं । प्रतिनिधिसभा विघटन विरुद्ध सर्वोच्चमा दायर मुद्दामाथि संवैधानिक इजलासमा आइतबार पनि सुनुवाइ हुँदैछ । असार ९ गते देखि  सुनुवाइ जारी रहेको मुद्दामा आज रिट निवेदक तर्फका कानून व्यवसायीको शुरुवाती बहस सकिदै छ ।  इजलासले कानून व्यवसायीलाई कुल १५ घण्टाको समय तोकिएकोमा शुरुवाती बहसका लागि अब २ घण्टा ३५ मिनेट मात्र समय बाँकी रहेको छ ।


काँग्रेस सभापति शेर बहादुर देउवा सहित १ सय ४६ जना सांसदको तर्फबाट वरिष्ठ अधिवक्ताहरू थम्भु थापा, बद्री बहादुर कार्की, गोविन्द वन्दी, रमण श्रेष्ठ, मुक्ति प्रधान, टिकराम भट्टराई, महादेव यादव, दिनमणि पोखरेल, बोर्ण बहादुर कार्की लगायतले बहस सकेका छन् । आज रिट निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता डा. भीमार्जुन आचार्य, शेर बहादुर केसी लगायतले बसह पैरवी गर्दै छन् । 

निवेदक तर्फका कानून व्यवसायीको बहस सकिएपछि सरकार पक्षका कानून ब्यवसायी र सरकारी वकिलले बहस सुरु गर्नेछन् । सभामुख अग्नि सापकोटाका कानून ब्यवसायी सहित सरकार पक्षका कानून ब्यवसायीलाई बहसका लागी संवैधानिक इजलासले १५ घण्टा समय तोकेको छ । 

सरकार पक्षको बहस सकिएपछि सर्वोच्चका सहयोगीको रुपमा गठन गरिएका एमिकसक्युरीका वरिष्ठ वकिलहरुले बहस गर्ने छन् । इजलासले उनीहरुका लागि २ घण्टाको समय निर्धारण गरिएको छ । बहसका लागि सर्वोच्च बार र नेपाल बारबाट दुई दुई जना सदस्यको नाम पठाइसकिएको छ । त्यसपछि दुवै तर्फका जवाफी बहस सकिएपछि सर्वोच्चले संसद पुर्नस्थापना गर्ने वा नगर्नेबारे अन्तिम फैसला सुनाउने छ । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सर्लाहीमा सवारी दुर्घटनाः छ महिनामा २९ जनाको मृत्यु, १९० घाइते

सर्लाही । सवारी दुर्घटनामा परी सर्लाहीमा चालु आर्थिक वर्षको छ महिनामा २९ जनाको मृत्यु भएको छभने १९० जना गम्भीर घाइते भएका छन् । जिल्ला ट्राफिक प्रहरी ...

भावी प्रधानमन्त्री भनेर अघि सारिएका उम्मेदवारबीच के साँच्चै सार्वजनिक बहस हुनुपर्छ ?

काठमाडौँ । चुनावी अजेन्डाबारे सार्वजनिक बहसका निम्ति केही टेलिभिजन प्रस्तोताहरूले गरेको आह्वानमा दलहरूबाट भावी प्रधानमन्त्रीका रूपमा प्रस्तुत केही उम्...

आँखारोगीको खोजी गर्दै पौवादुङमा

भोजपुर । ग्रामीण भेगमा रहेका आँखारोगीको पहिचान गर्दै उनीहरूलाई सहज रुपमा उपचार सेवा उपलब्ध गराउने उद्देश्यले पौवादुङमा गाउँपालिकामा निःशुल्क आँखा जाँच...

उच्च पहाडी भेगका एकदुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा कुहिरो लागेको छ । कोशी, मधेस, बागमती, ...

अशक्तलाई घरमै नागरिकता

सङ्खुवासभा । जिल्लाको पाँचखपन नगरपालिका–३ मा अशक्तलाई घरमै पुगेर नागरिकता प्रदान गरिएको छ । पाँचखपन–३ सिवुवाकी अशक्त ४३ वर्षीया चन्द्रकुमारी बानियाँला...

मध्यपहाडी लोकमार्गको बागलुङ–बिहुँ खण्डः नौ वर्षमा पाँचपटक म्याद थप, पुनः ठेक्काको तयारी

बागलुङ । मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ बजारदेखि बिहुँ बयलडाँडाको १३ किलोमिटर सडक नौ वर्षमा पुनः ठेक्का लगाउने तयारी गरिएको छ । दुई वर्षमा कालोप...

सीमावर्ती कचनकबलका मतदाता उम्मेदवारको पर्खाइमा

झापा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारहरूको मनोनयन दर्ता भएसँगै देशका अधिकांश सहरी तथा ग्रामीण क्षेत्रमा चुनावी च...

निर्वाचन ३२ दिन बाँकी: पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न

काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ । निर्वाचन आयोगका अन...

राष्ट्रपति पौडेल आज जापानको औपचारिक भ्रमणमा जाँदै

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज (आइतबार) देखि यही माघ २१ गतेसम्म जापानको औपचारिक भ्रमण गर्ने भएको छन् । नेपाल र जापानबिचको कूटनीतिक सम्बन्ध...

घरघरमा स्वस्थानी व्रत कथा समापन गरिँदै

काठमाडौँ । माघ शुक्ल पूर्णिमाका दिन आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदै छ । पौष शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दु धर्मावलम्बीले घरघरम...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE