Khabar Dabali १९ माघ २०८२ आईतवार | 1st February, 2026 Sun
Investment bank

गाईले नब्याउँदै दूध दिन थालेपछि सबै दङ्ग

रासस

गण्डकी । पोखरा महानगरपालिका—२१ फेदीपाटनका मुक्ति पौडेल कात्तिकको अन्तिममा व्याउनुपर्ने गाईले छ महिनाअघि नब्याउँदै दूध दिन थालेपछि दङ्ग छन् ।

वि.सं. २०७७ माघ २ गते परम्परागत तवरले बहर लगाएर प्रजनन् गराइएको गाई आगामी कात्तिकमा व्याउने भन्दै ढुक्क बनेका पौडेललाई जेठको २६ गते राति एकाएक गाईको थुनबाट दूध गोठमा आफै झरेको  देख्दा अचम्भित बने।
साढे दुई वर्षको मिनिजर्सी सो बाच्छीले त्यसयता प्रत्येक दिन बिहान बेलुका दुई/ दुई लिटरका दरले दूध दिन थालेपछि यतिखेर उनको घरमा गाई हेर्न छिमेकीहरु पुग्न थालेका छन् । उनले भने, ’दूध भने कहिल्यै पनि फाटेन । अहिले खाएर बाँकी रहेको दूध दही बनाएर मोत्था घ्यू पनि राम्रो लाग्ने गरेको छ ।’


गाई नव्याउँदै दूध दिने विषय बिरलै हुने गरेको बताउने पशु चिकित्सक डा. मधु तिमिल्सिना हर्मनको कारणबाट यस्ता दुर्लभ घटना हुने धारणा राखे । उनले, ’नब्याउँदै गाईले दिएको दूध खाँदा भने कुनै समस्या हुँदैन । उन्नत जातका गाईका बाच्छीले पहिलो बेतमै प्रोगेस्टोन हर्मन वृद्धिले दूध उत्पादन गर्ने भएको कारण नव्याउँदै दूध दिन थालेको हो,’ उनले, ’यस अवस्थाका गाईमा थुनेलो हुने समस्या आउने भएकाले कल्चौडा सफा राख्ने, थुनमा बेटाडिन लगाउने गर्नु पर्दछ ।’


नब्याउँदै गाईले दूध दिन थालेपछि दङ्ग परेका निर्मलपोखरी गाविसका पूर्व उपाध्यक्ष समेत रहनु भएका पौडेल र उनका श्रीमती सीतालाई यतिखेर गाई हेर्न आउने छिमेकीलाई गाईका बारे बताउन भ्याइनभ्याइ छ । गोठमा दुई वटा ब्याउने भैंसी भएर पनि गाई पाल्ने इच्छा जागेको कारण आफूले बाच्छीको खोजीमा रहेको बेला स्थानीय दलित समुदायका एक व्यक्तिमार्फत २०७६ पुस १७ गते ल्याएर गोठमा बाँधिएको हो । वेवारिसे अवस्थाको गाईको बाच्छी ल्याइदिने उनलाई पौडेलले एक हजार रुपैयाँ पारिश्रमिक समेत दिएका थिए ।
शुरुमा राम्रो आहारा एवं पानी समेत पर्याप्त नखाएको आवस्थामा फेला परेको बाच्छी गोठमा ल्याएपछि भने राम्रै स्याहारसुसार पाएको सीताले जानकारी दिए । दुब्लो, हिंड्डुल गर्न समेत खासै नसक्ने कमजोर अवस्थाको बाच्छीले शुरुको दिनमा  पानी समेत नखाएकै कारण बाख्राको जुत्तो जस्तै गोट्टा दिसा गरेको बताउँदै उनले आफूहरुले स्याहारसुसार गर्न थालेपछि दिन प्रतिदिन राम्रो हुँदै गएको अनुभव सुनाए ।


छिमेकमै जन्मेको सो बाच्छी माया नपाएपछि व्यवारिसे बनेको प्रत्यक्ष देख्ने स्थानीयवासी अहिले भने नब्याउँदै दूध दिन थालेपछि दङ्ग परेका छन् । त्यसअघि सो बाच्छी करीब ४५ दिनसम्म पोखरा १७ स्थित विरुवा फाँटमा खुल्ला आकाशमुनि बस्न बाध्य थियो । पशुहरु आफू हेलित भएपनि स्याहारसुसार पाएमा बहुगुणी हुन्छन् भन्ने तथ्यलाई यसले पुष्टि गरेको स्थानीयवासी पण्डित कृष्णप्रसाद पौडेलले बताए ।


बाच्छाबाच्छी हुर्काउनभन्दा दूधलाई महत्व दिने हाम्रो समाजमा जीवन मरणको अन्तिम अवस्थामा पुगेको वेवारिसे बाच्छीले ब्याउनुभन्दा छ महिना अघि दूध दिएर समाजलाई गम्भीर भएर सोच्नु पर्ने अवस्था सिर्जना गरेको छ । ‘आप्mनो ६६ वर्षीय जीवनमा यस्तो पहिलो बेतै बाच्छीले नब्याउँदै दूध दिएको यसअघि नदेखेको र सुनेको पनि थिइन आज त दूध नै खाने अवसर मिल्यो’, उनले भने, ‘गाईको दूधमा अरुको भन्दा नमीठो भने छैन, पशुले हामीले गर्ने व्यवहारकै आधारमा सेवा दिने गर्दछन् ।’
गाई र त्यसले दिएको दूध हेर्न पौडेलको घरमा पुग्नु भएका स्थानीय वासिन्दा रामचन्द्र पौडेल, भोलानाथ पौडेल, शिव पौडेललगायतले नब्याउँदै बाच्छीले दूध दिएको देख्दा अचम्भित भएको भन्दै यस्ता घटना सञ्चारमाध्यममा यदाकदा सुन्ने गरेको भएपनि आँखाले देख्ने अवसर पहिलोपटक मिलेको सामूहिक धारणा राखे। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सर्लाहीमा सवारी दुर्घटनाः छ महिनामा २९ जनाको मृत्यु, १९० घाइते

सर्लाही । सवारी दुर्घटनामा परी सर्लाहीमा चालु आर्थिक वर्षको छ महिनामा २९ जनाको मृत्यु भएको छभने १९० जना गम्भीर घाइते भएका छन् । जिल्ला ट्राफिक प्रहरी ...

भावी प्रधानमन्त्री भनेर अघि सारिएका उम्मेदवारबीच के साँच्चै सार्वजनिक बहस हुनुपर्छ ?

काठमाडौँ । चुनावी अजेन्डाबारे सार्वजनिक बहसका निम्ति केही टेलिभिजन प्रस्तोताहरूले गरेको आह्वानमा दलहरूबाट भावी प्रधानमन्त्रीका रूपमा प्रस्तुत केही उम्...

आँखारोगीको खोजी गर्दै पौवादुङमा

भोजपुर । ग्रामीण भेगमा रहेका आँखारोगीको पहिचान गर्दै उनीहरूलाई सहज रुपमा उपचार सेवा उपलब्ध गराउने उद्देश्यले पौवादुङमा गाउँपालिकामा निःशुल्क आँखा जाँच...

उच्च पहाडी भेगका एकदुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा कुहिरो लागेको छ । कोशी, मधेस, बागमती, ...

अशक्तलाई घरमै नागरिकता

सङ्खुवासभा । जिल्लाको पाँचखपन नगरपालिका–३ मा अशक्तलाई घरमै पुगेर नागरिकता प्रदान गरिएको छ । पाँचखपन–३ सिवुवाकी अशक्त ४३ वर्षीया चन्द्रकुमारी बानियाँला...

मध्यपहाडी लोकमार्गको बागलुङ–बिहुँ खण्डः नौ वर्षमा पाँचपटक म्याद थप, पुनः ठेक्काको तयारी

बागलुङ । मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ बजारदेखि बिहुँ बयलडाँडाको १३ किलोमिटर सडक नौ वर्षमा पुनः ठेक्का लगाउने तयारी गरिएको छ । दुई वर्षमा कालोप...

सीमावर्ती कचनकबलका मतदाता उम्मेदवारको पर्खाइमा

झापा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारहरूको मनोनयन दर्ता भएसँगै देशका अधिकांश सहरी तथा ग्रामीण क्षेत्रमा चुनावी च...

निर्वाचन ३२ दिन बाँकी: पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न

काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ । निर्वाचन आयोगका अन...

राष्ट्रपति पौडेल आज जापानको औपचारिक भ्रमणमा जाँदै

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज (आइतबार) देखि यही माघ २१ गतेसम्म जापानको औपचारिक भ्रमण गर्ने भएको छन् । नेपाल र जापानबिचको कूटनीतिक सम्बन्ध...

घरघरमा स्वस्थानी व्रत कथा समापन गरिँदै

काठमाडौँ । माघ शुक्ल पूर्णिमाका दिन आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदै छ । पौष शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दु धर्मावलम्बीले घरघरम...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE